२ शमूएल 3:33
राजाले अबनेरको निम्ति विलाप गरे र गित गाए, “के अबनेरले मूर्खले झैं मर्नुपर्छ?
राजाले अबनेरको निम्ति विलाप गरे र गित गाए, “के अबनेरले मूर्खले झैं मर्नुपर्छ?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
30यसरी योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे, किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए ।
31दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर ।” दाऊद राजा मृत्यु संस्कारको लस्करमा लासको पछि-पछि हिंडे ।
32तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे । अबनेरको चिहानमा राजा ठुलो धुरु-धुरु रोए र सबै मानिसहरू पनि रोए ।
34तिम्रा हातहरू बाँधिएका थिएनन् । तिम्रा खुट्टाहरू साङ्लाले बाँधिएका थिएनन् । एक जना मानिस अन्यायीको छोराको सामु ढलेझैं, तिमी पनि ढल्यौ ।” फेरि एक पल्ट सबै मानिस तिनको निम्ति रोए ।
36सबै मानिसले दाऊदको विलापलाई ख्याल गरे र यसले तिनीहरूलाई प्रशन्न तुल्यायो । दाऊदले जे गरे त्यसले तिनीहरूलाई खुसी तुल्यायो ।
37त्यसैले नेरका छोरा अबनेरलाई मार्ने इच्छा राजाको थिएन भन्ने सारा मानिस र सारा इस्राएलले बुझे ।
38राजाले आफ्ना सेवकहरूलाई भने, “आजको दिन इस्राएलमा एक जना शासक र महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन?
21अबनेरले दाऊदलाई सविस्तार बताए, “हे मेरो मालिक राजा, म उठेर सबै इस्राएललाई तपाईंकहाँ ल्याउने छु, ताकि तिनीहरूले तपाईंसँग करार बाँधुन् र सबैमाथि तपाईंले इच्छा गर्नुभएबमोजिम तपाईंले शासन गर्न सक्नुभएको होस् ।” यसैले दाऊदले अबनेरलाई पठाइदिए र अबनेर शान्तिसित विदा भए ।
22त्यसपछि दाऊदका सिपाहीहरू र योआब लुटपिट गरेर आए र आफ्नो साथमा धेरै लुटका मालहरू ल्याए । तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् । दाऊदले तिनलाई पठाइसकेका थिए र अबनेर शान्तिसँग विदा भएका थिए ।
23जब योआब र तिनीसँग भएका सबै फौज आइपुगे, तब तिनीहरूले योआबलाई भने, “नेरका छोरा अबनेर राजाकहाँ आए र राजाले तिनलाई शान्तिसँग पठाउनुभएको छ र अबनेर शान्तिसँग विदा भए ।”
24तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
25नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?”
26जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
27जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्नो भाइ असाहेलको रगतको बदला लिए ।
28जब दाऊदले यस कुराको बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको रगतको सम्बन्धमा म र मेरो राज्य सदासर्वदा परमप्रभुको सामु निर्दोष छौं ।
1¶ योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”
2त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो, किनकि फौजले सुने कि, “राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् ।”
8त्यसपछि ईश्बोशेतको कुराले अबनेर रिसले आगो भए र भने, “के म यहूदाको कुकुर हुँ? आज म तपाईंलाई दाऊदको हातमा नसुम्पेर तपाईंको बुबा शाऊको घराना, तिनका भाइहरू र तिनका मित्रहरूप्रति बफदारीता देखाइरहेको छु । तर अहिले तपाईंले मलाई यो स्त्रीको बारेको अपराधको दोष लगानुहुन्छ?
9पमरप्रभुले गर्छु भनी दऊदसित शपथ खानुभएझैं मैले तिनलाई गरिनँ भने, परमेश्वरले म अबनेरलाई यो वा योभन्दा बढी गर्नुभएको होस्,
33अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
1¶ जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्यो ।
14दाऊदले मानिसहरू र नेरका छोरा अबनेरलाई कराए । तिनले भने, “ए अबनेर के तिमीले जवाफ दिंदैनौ?” तब अबनेरले जवाफ दिए र भने, “राजामाथि कराउने तिमी को हौ?”
15दाऊदले अबनेरलाई भने, “के तिमी साहसी मानिस होइनौ? इस्राएलमा तिमी जस्तो को छ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो ।
16तिमीले गरेको यो कुरा ठीक छैन । जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर!”
16तिनको पति रुँदै-रुँदै तिनसँगै गए र बहूरीमसम्म तिनलाई पछ्याए । तब अबनेरले तिनलाई भने, “अब घर फर्क ।” त्यसैले तिनी फर्के ।
17अबनेरले इस्राएलका धर्म-गरुहरूसित यसो भनेर कुरा गरे, “विगतमा तपाईंहरूले दाऊदलाई आफ्ना राजा बनाउने प्रयास गर्दै हुनुहुन्थ्यो ।
36अनि यस्तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।
37तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्नो छोराको निम्ति हरेक दिन विलाप गरे ।
17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्युमा यो विलापको गित गाए ।
31तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
22त्यसैले अबनेरले असाहेललाई फेरि भने, “मलाई खेद्न छोडिदेऊ । मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु?”
23तर असाहेलले तर्केर जान इन्कार गरे, र त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे, र भाला अर्कोपट्टि निस्क्यो । असाहेल ढले र त्यहीँ नै मरे । त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्यो, त्यो रोकिन्थ्यो र खडा हुन्थ्यो ।
24तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।
4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्नीहरूका जीवन र तपाईंका उपपत्नीहरूका पत्नीहरूको जीवन बचाए,
39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्छा गर्यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।
31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।
32तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।
10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”
9त्यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने, “यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्ने? कृपया, पारि गएर त्यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् ।”
16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्चय नै मर्नेछौ ।”
11ईश्बोशेतले अबनेरलाई अर्को शब्द केही पनि भन्न सकेन, किनभने तिनीसँग उनी डराए ।
19अबनेर आफैले पनि बेन्यामीनका मानिसहरूसँग व्यक्तिगत रूपले कुरा गरे । त्यसपछि इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले गर्न इच्छा गरेका सबै कुरा बताउन अबनेर दाऊदसँग कुरा गर्न हेब्रोनमा गए ।
57जब त्यो पलिश्तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
12तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।
4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”
5दाऊदले ती जवान मानिसलाई भने, “शाऊल र उनका छोरा जोनाथन मरेका छन् भनेर तिमीलाई कसरी थाहा भयो?”
30तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!”
26त्यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्ना दाजुभाइलाई खेद्न छोड भन्नुभन्दा पहिले कति लामो समय हुने छ?”