२ शमूएल 6:10
त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।
त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्जाहले सन्दूक समात्नलाई आफ्नो हात बढाए, किनभने गोरुहरूलाई ठेस लाग्यो ।
10तब परमप्रभुको क्रोध उज्जाहको विरुद्ध दन्कियो, र परमेश्वरले तिनलाई मार्नुभयो, किनकि उज्जाहले आफ्नो हात बढाएर सन्दूक छोएका थिए । तिनी परमेश्वरको सामु त्यहीं मरे ।
11परमप्रभुले उज्जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्जाह भनिन्छ ।
12त्यो दिन दाऊद परमेश्वरसँग डराए । तिनले भने, “परमेश्वरको सन्दूकलाई कसरी मकहाँ घरमा ल्याउन म सक्छु?”
13यसैले दाऊदले उक्त सन्दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।
14यसरी सन्दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्म रह्यो । यसैले परमप्रभुले तिनको घर र तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभयो ।
11पमरप्रभुको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो । त्यसैले परमप्रभुले तिनलाई र तिनका सबै घरानालाई आशिष् दिनुभयो ।
12अब दाऊद राजालाई भनियो, “परमेश्वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।
13जब परमप्रभुको सन्दुक बोक्नेहरू छ कदम अगि बढ्थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे ।
14पमरप्रभुको सामु आफ्नो सारा शक्ति लगाएर दाऊद नाचे । तिनले सूतीको एपोद मात्र लगाएका थिए ।
15यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।
9दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”
25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई रमाउँदै गए ।
1¶ दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरे र त्यसको लागि एउटा पाल टाँगे ।
2तब दाऊदले भने, “परमेश्वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्दूक बोक्न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्नुभएको थियो ।”
3त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।
2दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।
3तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्जाह र अहियोले त्यो नयाँ गाडालाई ठेल्दै थिए ।
4तिनीहरूले परमेश्वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए । अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए ।
4तर दाऊदले परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्याएका थिए,किनकि त्यसको निम्ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।
5यसैले किर्यत-यारीमबाट परमेश्वरको सन्दूक ल्याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्मका सारा इस्राएललाई दाऊदले भेला गराए ।
6तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्वरको सन्दूक ल्याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात् किर्यत-यारीममा उक्लेर गए ।
7त्यसैले तिनीहरूले परमेश्वरको सन्दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्जाह र अहियोले उक्त गाडा धकेल्दै थिए ।
17तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्यसको निम्ति दाऊदले तयार पारेका बिचको पालमा त्यसको आफ्नै ठाउँमा त्यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।
6जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले परमेश्वरको सन्दुक समात्नलाई आफ्नो हात पसारे र तिनले त्यो समाते ।
7जे भइरहेको थियो त्यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”
8त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए ।
29त्यसैले सादोक र अबियाथारले परमेश्वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।
1¶ अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्यो ।
1¶ तिनीहरूले परमेश्वरको सन्दूक ल्याए, अनि त्यसको निम्ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्वरको सामु होमबलि र मेलबलि चढाए ।
1¶ यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।
2पलिश्तीहरूले परमेश्वरको सन्दुक लगे, दागोनको मन्दिरमा त्यो ल्याए र दागोनको नजिकै राखे ।
30तापनि परमप्रभुको अगुवाइ माग्न दाऊद त्यहाँ जान सकेनन्, किनकि ती स्वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए ।
1¶ किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्यो ल्याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।
8तब परमप्रभुको सन्दुक लिनुहोस् र त्यसलाई गाडामा राख्नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्यसको छेउमा एउटा बाकसमा राख्नुहोस् । अनि त्यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।
9त्यसपछि हेर्नुहोस्, त्यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्यसो भएको रहेछ भनी हामी जान्नेछौं ।
10मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने ।
54दाऊदले त्यो पलिश्तीको शिर लिए र त्यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।
3हाम्रा परमेश्वरको सन्दूकलाई हामी आफूकहाँ फर्काएर ल्याऔं, किनकि शाऊलको राज्यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”
24परमेश्वरको करारको सन्दुक बोक्ने सबै लेवीसहित सादोक पनि थिए । तिनीहरूले परमेश्वरको सन्दुकलाई भुईंमा राखे र त्यसपछि अबियाथार तिनीहरूसँगै सहभागी भए । सबै मानिस सहरबाट बाहिर नआएसम्म तिनीहरूले पर्खे ।
25राजाले सादोकलाई भने, “परमेश्वरको सन्दुकलाई सहरमा नै फर्काएर लेजाऊ । मैले परमप्रभुको दृष्टिमा निगाह पाएँ भने, उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुने छ र सन्दुक र उहाँ बस्नुहुने ठाउँ मलाई फेरि देखाउनुहुने छ ।
10त्यसैले तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।”
1¶ राजा आफ्नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्दैछु, तर परमप्रभुको करारको सन्दूकचाहिं पालमुनि राखिएको छ ।”
18शाऊलले अहियाहलाई भने, “परमेश्वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।
7तब दाऊद त्यही किल्लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्यसलाई दाऊदको सहर नामाकरण गरे ।
15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्वरको सन्दूकलाई आ-आफ्ना काँधमा डन्डाले बोकेर ल्याए ।
21किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्यो आफ्नो साथमा लानुहोस् ।”
15लेवीहरूले परमप्रभुको सन्दुक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्यो ठुलो ढुङ्गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि र बलिदानहरू चढाए ।
10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।
13यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्दित भए ।