२ शमूएल 9:6

अनलक शाब्दिक बाइबल

त्यसैले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेत दाऊदकहाँ आए र दाऊदलाई आदर गर्न आफ्‍नो अनुहार भुईंमा घोप्टो पारे । दाऊदले भने, “ए मपपीबोशेत ।” तिनले जवाफ दिए, “हेर्नुहोस्, म तपाईंको सेवक हुँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 16:4 : 4 तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु । मैले हजुरको दृष्‍टिमा निगाह पाउन सकौं ।”
  • १ इति 8:34 : 34 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
  • १ इति 9:40 : 40 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
  • २ शमू 19:24-30 : 24 त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए । तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए । 25 त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?” 26 तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।' 27 म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् । 28 किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र?” 29 तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्‍तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्‍नुपर्छ भनी मैले निर्णय गरेको छु ।” 30 मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।”
  • १ शमू 25:23 : 23 जब अबीगेलले दाऊदलाई देखिन्, तिनी हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन् र दाऊदको सामु तिनले शिर तल गरिन् र जमिनमा घोप्टो परिन् ।
  • उत्प 18:2 : 2 तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।
  • उत्प 33:3 : 3 तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्‍जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्‍याउँदै गए ।
  • १ शमू 20:41 : 41 त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 9:7-13
    7 पदहरू
    83%

    7दाऊदले तिनलाई भने, “नडराऊ, किनकि तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई निश्‍चय नै दया देखाउने छु र तिम्रो हजुरबुबा शाऊलका सबै जमिन म तिमीलाई फिर्ता दिने छु र तिमी सधैं मेरो टेबलमा खाने छौ ।”

    8मपीबोशेतले शिर झुकाएर भने, “तपाईंको दास के हो र, हजूरले मजस्तो मरेको कुकुरजस्तोलाई निगाह गर्नुहुन्छ?”

    9त्यसपछि राजाले शाऊलका सेवक सीबालाई बोलाएर तिनलाई भने, “शाऊल र तिनका परिवारका सबै थोक मैले तिम्रो मालिकको नातिलाई दिएको छु ।

    10तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्‍नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ । किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए ।

    11सीबाले राजालाई भने, “मेरा मालिक, हजूरले आफ्‍नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ ।” राजाले थपे, “मपीबोशेतको बारेमा, राजाका छोरामध्ये एक जनाझैं तिनले मेरो टेबलबाट खाने छन् ।”

    12मपीबोशेतको एक जना जवान छोरा थिए, जसको नाउँ मीका थियो । सीबाका घरमा बस्‍ने सबै मपीबोशेतका सेवकहरू थिए ।

    13त्यसैले मपीबोशेत यरूशलेममा बसे र तिनले सधैं राजाको टेबलमा खाए, यद्यपि तिनको दुवै खुट्टा लङ्गडा थिए ।

  • २ शमू 16:3-5
    3 पदहरू
    80%

    3राजले भने, “त्‍यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”

    4तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु । मैले हजुरको दृष्‍टिमा निगाह पाउन सकौं ।”

    5जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्‍दै गर्दा उसले सराप्‍दै गयो ।

  • २ शमू 9:1-5
    5 पदहरू
    79%

    1¶ दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्‍छु?”

    2शाऊलको परिवारमा त्यहाँ सीबा नाम गरेका एक जना सेवक थिए, र उनीहरूले तिनलाई दाऊदकहाँ बोलाए । राजाले तिनलाई सोधे, “के तिमी सीबा हौ?” तिनले जवाफ दिए, “हो हजूर, म तपाईंको सेवक ।”

    3त्यसैले राजाले भने, “के शाऊलको परिवारमा कुनै व्‍यक्‍ति बाँकी छैन जसलाई मैले परमेश्‍वरको दया देखाउन सक्‍छु?” सीबाले राजालाई जवाफ दिए, “जोनाथनको अझै एउटा छोरा छन्, जो आफ्‍नो खुट्टाको लङ्गडा छन् ।”

    4राजाले तिनलाई भने, “तिनी कहाँ छन्?” सीबाले राजालाई जवाफ दिए, “हे्र्नुहोस्, तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन् ।”

    5त्यसपछि राजा दाऊदले मानिसहरू पठाए र तिनलाई लो-देबारमा अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन लगाए ।

  • २ शमू 19:24-26
    3 पदहरू
    79%

    24त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए । तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए ।

    25त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?”

    26तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।'

  • २ शमू 19:28-30
    3 पदहरू
    78%

    28किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र?”

    29तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्‍तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्‍नुपर्छ भनी मैले निर्णय गरेको छु ।”

    30मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।”

  • २ शमू 1:2-3
    2 पदहरू
    78%

    2तेस्रो दिनमा, शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्यातेर र शिरमा धुलो छरेर आए । जब तिनी दाऊदकहाँ आए, तब तिनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारे र आफूलाई लमतन्‍न पारे ।

    3दाऊदले तिनलाई सोधे, “तिमी कहाँबाट आएको हौ?” तिनले जवाफ दिए, “म इस्राएलको छाउनीबाट उम्केर भएको ।”

  • 7तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए ।

  • 4शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।

  • 8पछि दाऊद पनि उठे, गुफा बाहिर गए र शाऊललाई कराएर भनेः “हे मेरो मालिक महाराजा ।” जब शाऊलले पछाडी फर्केर हेरे, दाऊद भुइँमा घोप्टो परे र उनलाई आदर गरे ।

  • १ शमू 19:6-7
    2 पदहरू
    71%

    6शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”

    7तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।

  • 58शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।”

  • 20अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे ।

  • 7शाऊलले वरिपरि हेरे र मलाई देखे र मलाई बोलाए । मैले जवाफ दिएँ, 'म यहाँ छु ।'

  • 14तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।

  • 22त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।”

  • 21शाऊलले भने, “तिमीहरूलाई परमप्रभुले आशिष् देऊन् । किनकि तिमीहरूले ममाथि दया गरेका छौ ।

  • 4तकोकी ती स्‍त्रीले राजासँग कुरा गर्दा, उनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारिन् र भनिन्, “हे महाराजा, मलाई सहायता गर्नुहोस् ।”

  • 20किनकि हजुरको दासले पाप गरेको छ भनी जानेको छ । हेर्नुहोस्, म आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा म पहिलो भएको छु ।”

  • 23सेवकहरूले राजालाई भने, “नातान अगवमक्ता आएका छन् ।” तिनी भित्र प्रवेश गरेपछि तिनले भुइँसम्मे निहुरेर राजालाई दण्डवत् गरे ।

  • 17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”

  • 31तब बतशेबाले भुइँमा शिर झुकाई राजाको सामु घुँडा टेकेर भनिन्, “मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन्!”

  • 21दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके ।

  • २ शमू 2:5-6
    2 पदहरू
    69%

    5त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ

    6अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता र विश्‍वासनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ ।

  • 8तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको छ ।”

  • 41त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।

  • 22दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् ।

  • 16जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए ।

  • 20त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।”

  • 17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • 16बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”

  • 16तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ?