२ थेस्सलोनिकीहरू 1:6
तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो,
तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
5यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।
7र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
8जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
6अहिले तिमीहरूले विभिन्न किसिमका धेरै कष्टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।
5तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
6परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः
13तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ?
14तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।
17परमेश्वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्नुभन्दा असल काम गरेर दुःख भोग्नु असल हुन्छ ।
19किनकि कोही व्यक्तिको विवेक परमेश्वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय कुरो हो ।
20यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्वरमा प्रशंसनीय हुनेछ ।
19प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ ।
8तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ ।
9परमेश्वरले दुष्ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि ।
6तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ ।
9त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्टहरू भोगिरहेका छन् ।
10तिमीहरूको केही समयको कष्टपछि तिमीहरूलाई ख्रीष्टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।
4परमेश्वरले हाम्रा सारा दुःख कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।
6त्यो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्त छ ।
14किनभने भाइहरू हो, तिमीहरू ख्रीष्ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्वरको मण्डलीको नक्कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
12प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ ।
13तर जति तिमीहरू ख्रीष्टको दुःख भोग्छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्नेछौँ ।
6तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ ।
10धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
11तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन् ।
12आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई मानिसहरूले सताएका थिए ।
12ख्रीष्ट येशूको भक्तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
10प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
14तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; श्राप नदेओ ।
6तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ ।
4बरु, हामी आफैँलाई परमेश्वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्टमा, विपत्तिमा, कठिनाइमा,
5तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौ र? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
6तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
25किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
9खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।
29किनकि ख्रीष्टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्ट भोग्न पनि ।
3यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्टले सहनशीलता उत्पन्न गराउँछ ।
7वास्तवमा ख्रीष्टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्याय नसहनु? बरु, किन आफैँलाई ठगिन नदिनु?
33तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ ।
3यी कष्टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ ।
4साँच्चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।
11हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
6जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,
12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष् दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।
14या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् ।
8किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।
9त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भन्ने उहाँ जान्नुहुन्छ ।
28तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
17खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।