३ यूहन्ना 1:10

अनलक शाब्दिक बाइबल

यसकारण यदि म आएँ भने त्यसले गर्ने कामहरू अर्थात् त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ म सम्झनेछु । यी कुराहरूले मात्र सन्तुष्‍ट नभएर, त्यो आफैँले भाइहरूलाई स्वीकार गर्दैन । यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ र तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 10:8 : 8 संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।
  • नीति 10:10 : 10 द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।
  • यशा 66:5 : 5 परमप्रभुको वचनमा काम्‍नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्‍नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।
  • लू 6:22 : 22 जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् ।
  • यूह 9:22 : 22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । यदि कसैले येशूलाई ख्रीष्‍ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
  • यूह 9:34-35 : 34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए । 35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?”
  • १ कोरि 5:1-5 : 1 ¶ तिमीहरूका बिचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ । 2 तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ । 3 किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्यस्तो काम गर्नेलाई म त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु । 4 जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्छौ, येशू प्रभुको शक्‍तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ; त्यस मानिसलाई मैले अगि नै न्याय गरेको छु । 5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्‍पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् ।
  • २ कोरि 10:1-9 : 1 ¶ म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु । 2 म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ । 3 हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ । 4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् । 5 हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं । 6 तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ । 7 जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् । 8 किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन । 9 मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ । 10 तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्‍न योग्यका छैनन् ।” 11 त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।
  • २ कोरि 13:2 : 2 म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन ।
  • ३ यूह 1:5 : 5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • ३ यूह 1:5-9
    5 पदहरू
    89%

    5प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,

    6जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,

    7किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए ।

    8त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।

    9मैले मण्डलीको निम्ति केही लेखेँ, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउछन् तिनले हामीलाई स्वीकार गर्दैन ।

  • २ यूह 1:7-12
    6 पदहरू
    76%

    7किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो ।

    8आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।

    9जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।

    10यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिम्रो घरमा स्वागत नगर र त्यसलाई अभिवादन पनि नगर ।

    11किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।

    12मैले तिमीलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् ।

  • ३ यूह 1:11-12
    2 पदहरू
    73%

    11प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुरण गर । जसले असल गर्दछ त्यो परमेश्‍वरको हो; जसले दुष्‍ट कर्म गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन ।

    12डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।

  • २ थेस 3:14-15
    2 पदहरू
    71%

    14यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।

    15उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।

  • २ कोरि 12:20-21
    2 पदहरू
    71%

    20किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु ।

    21म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।

  • 10यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।

  • यहू 1:15-17
    3 पदहरू
    69%

    15उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्‍वरको भय नमान्‍नेहरूले ईश्‍वरहीन रूपमा गरेका सबै काम, र परमेश्‍वरको भय नमान्‍ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”

    16यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।

    17तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।

  • १ कोरि 11:17-18
    2 पदहरू
    69%

    17यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।

    18पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र म केही हदसम्म विश्‍वास पनि गर्छु ।

  • 10म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।

  • 4किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!

  • 4किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए । यी परमेश्‍वरको भय नमान्‍ने मानिसहरू हुन् जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन् ।

  • तीत 3:10-11
    2 पदहरू
    68%

    10एक या दुई पटकको चेतावनी पश्‍चात तिमीहरूका बिचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर,

    11र जान, कि यस्तो मनिस सही मार्गबाट भड्केको छ, पाप गर्दै छ र आफैँलाई दोष्याउँछ ।

  • १ तिमो 6:3-4
    2 पदहरू
    68%

    3मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन् ।

    4त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,

  • 9जतिसक्दो छिटो मकहाँ आऊ ।

  • 7तिनी बाहिरको मानिसहरूको दृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्दछ । ताकि तिनी शर्ममा र दुष्‍टको पासोमा नपरून् ।

  • 6अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।

  • 2म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन ।

  • 17अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।

  • 10यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति हो । तिनीहरू हठी र स्वेच्छाचारी थिए । तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।

  • 10प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।

  • 10अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्‍वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।

  • 11किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् ।

  • 20किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।

  • 11कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।

  • 3मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।

  • 12कयिनजस्तो होइन जो दुष्‍टको थियो र त्यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए ।

  • 11त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।

  • 14म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु ।

  • 1¶ प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु ।

  • 11तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।

  • 18म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।

  • 3किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।

  • 9मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ ।