प्रेरितहरूको काम 10:1

अनलक शाब्दिक बाइबल

¶ कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्‍तान थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 8:40 : 40 तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।
  • प्रेरि 27:1 : 1 ¶ जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।
  • प्रेरि 27:31 : 31 तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”
  • प्रेरि 27:43 : 43 तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।
  • प्रेरि 21:8 : 8 अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।
  • प्रेरि 22:25 : 25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?”
  • प्रेरि 23:23 : 23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।”
  • प्रेरि 23:33 : 33 जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए ।
  • प्रेरि 25:1 : 1 ¶ अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।
  • प्रेरि 25:13 : 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।
  • मत्त 8:5-9 : 5 जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे, 6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।” 7 येशूले तिनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु ।” 8 कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ । 9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र ऊ जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र उसले त्‍यो गर्छ ।” 10 जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, इस्राएलमा पनि मैले यस्तो विश्‍वास भएको कोही पाएको थिइनँ । 11 म तिमीहरूलाई भन्‍छु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् । 12 तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।” 13 येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।
  • मत्त 27:27 : 27 अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए ।
  • मत्त 27:54 : 54 अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”
  • मर 15:16 : 16 सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।
  • लू 7:2 : 2 एउटा कप्‍तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।
  • यूह 18:3 : 3 अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
  • यूह 18:12 : 12 त्यसैले, सिपाहीहरूको समूह, कप्‍तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 10:2-9
    8 पदहरू
    85%

    2तिनी ईश्‍वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे ।

    3दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ”

    4कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्‍नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन् ।

    5पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।

    6तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”

    7आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्‍वरलाई पुज्‍ने एक जना सिपाहीलाई बोलाए ।

    8कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।

    9भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।

  • प्रेरि 10:16-35
    20 पदहरू
    82%

    16तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो ।

    17आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए ।

    18पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।

    19पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।

    20उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”

    21त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”

    22तिनीहरूले भने, “परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।”

    23त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।

    24अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए ।

    25पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।

    26तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।”

    27पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।

    28पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ ।

    29त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको?”

    30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।

    31तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।

    32त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’

    33त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”

    34तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्‍चै म जान्दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न ।

    35बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।

  • 5जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,

  • 72%

    11हेर्नुहोस्, हामी बसको घर अगाडि तिन जना मानिस उभिरहेका थिए । उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो ।

    12पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ ।

    13उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।

  • 2एउटा कप्‍तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।

  • 1¶ अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।

  • 26जब कप्‍तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।”

  • 68%

    11तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो ।

    12त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।

  • 1¶ जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।

  • 67%

    45पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।

    46किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,

  • 7यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे ।

  • 6त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।

  • 23त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।”

  • 6त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।

  • 9किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र ऊ जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र उसले त्‍यो गर्छ ।”

  • 10फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू,

  • प्रेरि 11:4-5
    2 पदहरू
    66%

    4तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः

    5‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो ।

  • 10तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि ।

  • 24बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्‍वासमा परिपक्‍व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।