प्रेरितहरूको काम 10:19

अनलक शाब्दिक बाइबल

पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 8:29 : 29 पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”
  • प्रेरि 11:12 : 12 पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ ।
  • प्रेरि 13:2 : 2 जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
  • प्रेरि 16:6-7 : 6 एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे । 7 जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्‍नुभयो ।
  • प्रेरि 21:4 : 4 हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।
  • १ कोरि 12:11 : 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
  • १ तिमो 4:1 : 1 ¶ अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।
  • यूह 16:13 : 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 10:3-18
    16 पदहरू
    85%

    3दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ”

    4कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्‍नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन् ।

    5पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।

    6तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”

    7आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्‍वरलाई पुज्‍ने एक जना सिपाहीलाई बोलाए ।

    8कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।

    9भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।

    10तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।

    11तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो ।

    12त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।

    13त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।”

    14तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”

    15तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।”

    16तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो ।

    17आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए ।

    18पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।

  • 80%

    9तर स्वर्गबाट फेरि उत्तर आयो, “परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, अशुद्ध नभन ।’’

    10यो तिन पल्टसम्म भयो, त्यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो ।

    11हेर्नुहोस्, हामी बसको घर अगाडि तिन जना मानिस उभिरहेका थिए । उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो ।

    12पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ ।

    13उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।

    14उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”

  • 79%

    20उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”

    21त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”

    22तिनीहरूले भने, “परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।”

    23त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।

    24अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए ।

    25पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।

  • 78%

    29त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको?”

    30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।

    31तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।

    32त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’

    33त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”

  • प्रेरि 11:3-7
    5 पदहरू
    75%

    3तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्‍नुभयो र तिनीहरूसँग खानुभयो ।”

    4तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः

    5‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो ।

    6मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ।

    7त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, “पत्रुस उठ अनि तिनीहरूलाई मारे र खाऊ ।”

  • 27पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।

  • 73%

    44पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।

    45पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।

    46किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,

  • 16तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।

  • 38लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।”

  • 14तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस् ।

  • 9त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे।

  • 9तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।

  • 11जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।”

  • 7शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे ।

  • 7धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् र विश्‍वास गरून् ।