प्रेरितहरूको काम 11:29

अनलक शाब्दिक बाइबल

त्यसैले सक्‍ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 2:69 : 69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।
  • नहे 5:8 : 8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।
  • उप 11:1-2 : 1 ¶ तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् । 2 त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।
  • लू 12:29-33 : 29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर । 30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ । 31 तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् । 32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ । 33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।
  • प्रेरि 2:44-45 : 44 विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए । 45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।
  • प्रेरि 4:34 : 34 तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे
  • प्रेरि 11:1 : 1 ¶ अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।
  • प्रेरि 11:26 : 26 जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पुरै वर्षभरी नै मण्डलीमा सँगसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्‍टियान भनियो ।
  • रोमी 15:25-27 : 25 तर अहिले म विश्‍वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु । 26 किनकि यरूशलेमका विश्‍वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो । 27 हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
  • १ कोरि 13:5 : 5 वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ ।
  • १ कोरि 16:1-2 : 1 ¶ अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू । 2 हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
  • २ कोरि 8:2-4 : 2 कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो । 3 म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्‍नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए । 4 तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।
  • २ कोरि 8:12-14 : 12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन । 13 किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ । 14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।
  • २ कोरि 9:1-2 : 1 ¶ विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ । 2 तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ ।
  • गलाती 2:10 : 10 हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे । म पनि त्यो कुरा गर्न इच्छुक थिएँ ।
  • इब्रा 13:5-6 : 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।” 6 हामी सन्तुष्‍ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”
  • १ पत्रु 4:9-9 : 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर, 10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर । 11 यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 30तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।

  • 77%

    34तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे

    35र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्‍वसीलाई वितरण गरिन्थ्यो ।

  • रोमी 15:26-27
    2 पदहरू
    75%

    26किनकि यरूशलेमका विश्‍वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो ।

    27हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।

  • 28तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो । क्लाउडियसका दिनहरूमा यस्तो भयो ।

  • २ कोरि 9:5-8
    4 पदहरू
    73%

    5त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।

    6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।

    7हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ ।

    8र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।

  • २ कोरि 8:12-15
    4 पदहरू
    72%

    12किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।

    13किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।

    14तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।

    15यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”

  • १ कोरि 16:1-3
    3 पदहरू
    72%

    1¶ अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।

    2हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।

    3र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।

  • 45र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।

  • 71%

    22तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।

    23जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।

  • २ कोरि 8:2-4
    3 पदहरू
    71%

    2कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।

    3म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्‍नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए ।

    4तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।

  • 17बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक ।

  • 37उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

  • 70%

    25त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।

    26यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।

  • 9तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।

  • 27जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।

  • 10हामीले गरिबहरूको सम्झना गरेको पनि उनीहरू चाहन्थे । म पनि त्यो कुरा गर्न इच्छुक थिएँ ।

  • 22त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।

  • प्रेरि 6:1-2
    2 पदहरू
    69%

    1¶ ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।

    2बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्‍वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन ।

  • 29केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे ।

  • 16म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ ।

  • 68%

    34तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।

    35सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।ʼ”

  • 13सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ ।

  • 36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”

  • 1¶ अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।

  • 7किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए ।

  • २ कोरि 8:19-20
    2 पदहरू
    68%

    19त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो ।

    20हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।

  • 16“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो ।

  • 13तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।

  • 67%

    19त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्‍ट भोगिरहेका विश्‍वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्‍वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए ।

    20तर तिनीहरूमध्ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रिकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे ।

  • 33चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौँ?”

  • 15विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।

  • 2जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।