प्रेरितहरूको काम 12:24

अनलक शाब्दिक बाइबल

तर परमेश्‍वरको वचन वृद्धि र गुणात्मक हुँदै गयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 6:7 : 7 यसरी परमेश्‍वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्‍वासलाई स्वीकार गरे ।
  • प्रेरि 19:20 : 20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
  • कलस्सी 1:6 : 6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
  • २ थेस 3:1 : 1 ¶ अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो ।
  • प्रेरि 11:21 : 21 र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्‍वास गरे र प्रभुतिर फर्के ।
  • नीति 28:28 : 28 दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्‍ट हुँदा धर्मीहरूको वृद्धि हुन्छ ।
  • यशा 41:10-13 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु । 11 हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् । 12 तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् । 13 किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'
  • यशा 54:14-17 : 14 धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन । 15 हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ । 16 हेर्, मैले कारीगरलाई सृष्‍टि गरेको छु, जसले भुङ्‍ग्रो फुक्‍छ र आफ्‍नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु । 17 तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”
  • यशा 55:10 : 10 किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन्,
  • दानी 2:24 : 24 त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”
  • दानी 2:44 : 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
  • मत्त 16:18 : 18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।
  • प्रेरि 5:39 : 39 तर यदि यो परमेश्‍वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्‍नुहुन्‍न र तपाईंहरूले आफैँलाई परमेश्‍वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।

  • 25शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्‍नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।

  • प्रेरि 6:7-8
    2 पदहरू
    74%

    7यसरी परमेश्‍वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्‍वासलाई स्वीकार गरे ।

    8अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्‍चर्य र चिन्हहरू देखाउँदै थिए ।

  • 23तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।

  • 5यसरी मण्डलीहरू विश्‍वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे ।

  • 49त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।

  • 71%

    21र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्‍वास गरे र प्रभुतिर फर्के ।

    22तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।

    23जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।

    24बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्‍वासमा परिपक्‍व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।

  • 3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।

  • 4तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।

  • 31यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।

  • 20चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो ।

  • 44अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेलाभएको थियो ।

  • 12उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।

  • 21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।

  • 68%

    35तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे ।

    36केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।

    37बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।

  • 24मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए ।

  • 67%

    12प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।

    13तिनीहरूलाई मानिसहरूद्वारा उच्‍च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् ।

    14अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य स्‍त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए ।

  • 12तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिह्न र आश्‍चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्‍यो ।

  • 66%

    10यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।

    11पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।

  • 6मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो ।

  • 66%

    24त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।

    25पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।

    26त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।

    27तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।

    28तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।

  • 1¶ अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।

  • 47तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।

  • 2यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।

  • 2जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”

  • 13यही कारणको निम्ति हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्‍वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्‍चै परमेश्‍वरको वचनको रूपमा नै ग्रहण गर्‍यौ

  • 5सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।

  • 25तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।

  • 14सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए ।

  • 25पत्रुस र यूहन्‍नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।

  • 6तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।

  • 4तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।

  • 7उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।

  • 12यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।

  • 11अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

  • 14र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।

  • 12तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।