प्रेरितहरूको काम 16:37

अनलक शाब्दिक बाइबल

तर पावलले तिनीहरूलाई भने, “हामी निर्दोष रोमी नागरिक भए तापनि तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटेका छन् र हामीलाई झ्यालखानामा हालेका छन्; र अहिले हामीलाई सुटुक्‍क पठाउन खोज्दैछन्? वास्तवमा त्यसो होइन, तिनीहरू आफैँ आएर र हामीलाई छुटाएर लैजाउन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 22:25-29 : 25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?” 26 जब कप्‍तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।” 27 सेनापति आए, र उनलाई भने, “मलाई भन कि, के तिमी रोमी नागरिक हौ?” अनि पावलले भने, “हजुर, हुँ ।” 28 सेनापतिले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएको थिएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।” 29 त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।
  • भजन 58:1-2 : 1 ¶ ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठिक किसमले न्याय गर्छौ? 2 गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ ।
  • भजन 82:1-2 : 1 ¶ परमेश्‍वर ईश्‍वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ । 2 कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला
  • भजन 94:20 : 20 के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
  • नीति 28:1 : 1 ¶ कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।
  • दानी 3:25-26 : 25 तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।” 26 अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्‍नगो, अति उच्‍च, परमेश्‍वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्‍नगो आगोबाट बाहिर आए ।
  • दानी 6:18-19 : 18 त्‍यसपछि राजा आफ्नो महलमा गए र रातभरि उपवास बसे । तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन, र उनलाई कत्ति पनि निद्रा लागेन । 19 अनि राजा बिहान सबेरै उठे र उनी झट्टै सिंहको खोरतर्फ गए ।
  • मत्त 10:16 : 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।
  • प्रेरि 16:20-24 : 20 तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् । 21 यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।” 22 त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । 23 तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए । 24 आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 81%

    38तब झ्यालखानाका सिपाहीहरूले गएर न्यायाधीशहरूलाई यी कुरा सुनाए; अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए ।

    39न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।

    40अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।

  • 81%

    35भोलिपल्ट बिहान न्यायाधीशहरूले झ्यालखानाका सिपाहीहरूलाई यसो भन्दै सन्देश पठाए, “ती मानिसहरूलाई छाडिदेओ ।”

    36यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस् ।”

  • प्रेरि 16:19-28
    10 पदहरू
    79%

    19जब त्यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।

    20तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।

    21यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”

    22त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।

    23तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए ।

    24आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।

    25मध्यरातमा पावल र सिलास परमेश्‍वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए ।

    26अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।

    27झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्‍ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।

    28तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”

  • 76%

    23तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, हावामा धुलो उडाउँदै गर्दा,

    24सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।

    25जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?”

  • 75%

    32तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।

    33त्यसपछि प्रमुख कप्‍तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।

  • 73%

    16जब हामी रोममा प्रवेश गर्‍यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो ।

    17तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।

    18तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।

  • 10जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए ।

  • 9तिनीहरूले यासोन र अरू भाइहरूबाट जरिवानाको रकम लिइसकेपछि उनीहरूलाई जान दिए ।

  • 7तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।

  • 72%

    21जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए ।

    22तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए ।

    23“हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ ।”

  • 30अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”

  • 71%

    29त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।

    30भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।

  • 40तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए ।

  • 15त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।”

  • 30सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।

  • 26त्यसैले, कप्‍तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए ।

  • 70%

    18त्यसैले, उनले जवान केटोलाई मुख्य कप्‍तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्‍ने केही कुरा छ ।”

    19मुख्य कप्‍तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्‍नु छ?”

  • 70%

    16यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”

    17यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।

  • 1¶ जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।

  • 40किनभने आजको यस खैलाबैलाको दोष हामीलाई लाग्‍ने खतरा छ । यो बिनाकारणको हो र यसको व्याख्या गर्न हामी सक्दैनौँ ।”

  • 19तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने,

  • 23त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए ।

  • 19तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।

  • 6तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।”

  • 36मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “तिनीबाट अलग बस!”

  • 31यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए ।

  • 31तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”

  • 17तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।