प्रेरितहरूको काम 2:31

अनलक शाब्दिक बाइबल

तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 16:10 : 10 किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न ।
  • प्रेरि 2:27 : 27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।
  • प्रेरि 13:35 : 35 यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’
  • १ पत्रु 1:11-12 : 11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो । 12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 83%

    33परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’

    34उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्‍चित आशिष् दिनेछु ।’

    35यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’

    36किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो ।

    37तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।

  • 82%

    23परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।

    24उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।

    25किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन ।

    26यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।

    27किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।

    28तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।

    29हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।

    30यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।

  • भजन 16:9-10
    2 पदहरू
    79%

    9यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु ।

    10किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न ।

  • 74%

    29जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।

    30तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।

    31गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।

  • 26पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन ।

  • 9कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।

  • 71%

    32यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ ।

    33यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ ।

    34दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस,

  • 15तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।

  • 40परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,

  • 4उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।

  • 9हामी जान्दछौँ, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्‍न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।

  • 23यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।

  • रोमी 1:2-3
    2 पदहरू
    66%

    2उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।

    3यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो ।

  • 53उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।

  • 21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।

  • 15तर परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला

  • 3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ ।

  • 16यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।

  • 6तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।

  • 36यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो ।

  • 19परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।

  • 6धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”

  • 9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन् ।

  • 36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।”

  • 7र यसो नभन, ‘तल पातालसम्म को ओर्लने?’ (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),

  • 23कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।

  • 8मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ?

  • 9उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो ।

  • 6उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।

  • 11तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।

  • 26मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

  • 36दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’

  • 48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला