प्रेरितहरूको काम 21:29
किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्ने सोचे ।
किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्ने सोचे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
30सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।
31तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्तानकहाँ आयो ।
32तुरुन्तै सिपाहीहरू र कप्तानहरू लिएर तिनी त्यस भिडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्तान र सिपाहीहरूलाई देखे, उनीहरूले पावललाई कुट्न छोडे ।
26त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे ।
27सात दिनको समय पुरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखे, र सबै भिडलाई नै उत्तेजित बनाए, र उनीमाथि हात हाले ।
28उनीहरू चिच्च्याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रिकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।”
28यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन्!”
29यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे ।
30पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके ।
31साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए ।
32केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्ने कुरा समेत थाहा थिएन ।
33यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे ।
18जब मैले यो गरेँ, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भिडभाड वा होहल्ला थिएन ।
19ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो ।
21यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।
19जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्नो सेवा-कार्यद्वारा परमेश्वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
4उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।
5तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।
25त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।
26तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्वरहरू होइनन् भनिरहेछ ।
37किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वरनिन्दा नै गरेका छन् ।
11जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
18यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
19तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
19जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्नेभयो भन्ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
20तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।
19तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्न सक्छौँ?
19जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।
13जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।
14तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
18तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।
3पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
11तपाईं आफैँले प्रमाणित गर्न सक्नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन ।
21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्त गर्यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।
36मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्च्याइ रहे, “तिनीबाट अलग बस!”
16पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
17तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
21तपाईंले अन्यजातिहरूका माझमा बस्ने सारा यहूदीहरूलाई मोशालाई त्याग्न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्नू भन्नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
22हामीले के गर्नुपर्छ? अवश्य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्ने सुन्नेछन् ।
18जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन ।
1¶ अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे ।
30भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।
6उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्यो, त्यसैले उसलाई हामीले पक्र्यौँ ।
17म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।
12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्मा ल्याए ।
39न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
35तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र?
30भोलिपल्ट मुख्य कप्तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।
23किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्वरका निम्तिʼ भन्ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्नुहुन्छ, तिनै ईश्वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
21तिनका कुरा सुन्नेहरू सबै छक्क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्ट गर्ने मानिस यिनी नै होइनन् र? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र?”