प्रेरितहरूको काम 22:7

अनलक शाब्दिक बाइबल

म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ? ʼ

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 3:9 : 9 परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
  • उत्प 16:8 : 8 तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”
  • उत्प 22:1 : 1 ¶ यी कुराहरूपछि परमेश्‍वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
  • उत्प 22:11 : 11 त्यसपछि परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
  • निर्ग 3:4 : 4 जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।”
  • १ शमू 3:10 : 10 परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।”
  • यशा 43:22-26 : 22 तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् । 23 तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्‍न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु । 24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस् । 25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्‍नै निम्‍ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्‍नो मनमा राख्‍नेछैनँ । 26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्‍छस् ।
  • यिर्मि 2:5 : 5 परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
  • यिर्मि 2:9 : 9 त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।
  • मत्त 25:45 : 45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
  • मत्त 27:23 : 23 र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
  • १ तिमो 1:13 : 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 9:1-8
    8 पदहरू
    95%

    1¶ तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए

    2र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे ।

    3तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो ।

    4तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”

    5शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।

    6तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।”

    7शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे ।

    8शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए ।

  • 91%

    8मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु?” उहाँले मलाई भन्‍नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ

    9मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।

    10मैले भनेँ, ʻप्रभु, मैले के गर्नुपर्छ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।

    11मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर म दमस्कस गएँ ।

  • 89%

    10मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।

    11मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।

    12यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।

    13अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।

    14जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।”

    15तब मैले भनेँ, ʻतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ?

    16अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l

    17म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।

  • प्रेरि 22:4-6
    3 पदहरू
    87%

    4मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ ।

    5मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।

    6म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।

  • 80%

    13उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, दृष्‍टि प्राप्‍त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखेँ ।

    14तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ ।

  • 78%

    10दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।”

    11प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् ।

    12र तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।”

    13तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।

  • 13म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।

  • 21तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र?”

  • 76%

    17म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।

    18उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ, ʻछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ

    19मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ ।

    20तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।

    21तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”

  • 75%

    15तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।

    16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”

    17त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”

    18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए । तिनी उठे र बप्‍तिस्मा लिए ।

  • 21यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।

  • 23तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”

  • 9किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।

  • 27तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।

  • 9तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे

  • यूह 18:6-7
    2 पदहरू
    72%

    6त्यसैले, जब येशूले “म उही हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।

    7अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”

  • 19त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।

  • 22परमेश्‍वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्‍ट पार्छ र?

  • 58तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।