प्रेरितहरूको काम 23:35

अनलक शाब्दिक बाइबल

उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 23:30 : 30 र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा!”
  • प्रेरि 25:16 : 16 यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”
  • मत्त 27:27 : 27 अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए ।
  • यूह 18:28 : 28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।
  • मत्त 2:1 : 1 ¶ यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे,
  • मत्त 2:3 : 3 जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए ।
  • मत्त 2:16 : 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
  • प्रेरि 24:1 : 1 ¶ पाँच दिनपछि, प्रधान पूजाहारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए ।
  • प्रेरि 24:10 : 10 तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”
  • प्रेरि 24:19 : 19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो ।
  • प्रेरि 24:22 : 22 फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।”
  • प्रेरि 24:24-27 : 24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने । 25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।” 26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे । 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 23:6-7
    2 पदहरू
    77%

    6त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।

    7जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।

  • प्रेरि 24:7-8
    2 पदहरू
    76%

    7तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।

    8जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्‍न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैँले थाहा पाउनुहुनेछ ।

  • 76%

    33जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए ।

    34जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर

  • 76%

    15जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।

    16यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”

    17यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।

  • 75%

    28यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्‍नको लागि मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ ।

    29मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् । तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ ।

    30र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा!”

  • लू 23:14-16
    3 पदहरू
    75%

    14र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”

    15हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।

    16यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”

  • 74%

    20म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।

    21तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्‍नलाई आदेश दिएँ ।”

    22अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्‍नुहुनेछ ।”

    23यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्‍ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।

  • 19हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीँ बसे ।

  • 73%

    25तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले, मैले उसलाई पठाउने निर्णय गरेँ ।

    26तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् ।

    27किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”

  • 72%

    19ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो ।

    20नत्र भने म यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्‍नुपर्छ ।

    21मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ ।”

    22फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।”

    23त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए ।

  • 9हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।

  • 12त्यसपछि फेस्तसले परिषद्‌मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।”

  • प्रेरि 25:5-6
    2 पदहरू
    72%

    5उनले भने “यसकारण जान सक्‍नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।”

    6आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।

  • 34भिडमा केही मानिसहरू एउटा कुरा भन्दै चिच्‍च्याए, भने अरूहरू अर्कै कुरा भन्दै चिच्‍च्याए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न सकेनन्, र पावललाई किल्लामा ल्याउनलाई आदेश दिए ।

  • मत्त 27:11-13
    3 पदहरू
    71%

    11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

    12तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।

    13अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ?”

  • 30भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।

  • 1¶ “मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्, जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु ।”

  • 21एउटा तोकिएको दिनमा राजकीय पहिरन पहिरिएर हेरोद सिंहासनमा बसे, उनले तिनीहरूलाई भाषण दिए ।

  • 70%

    30त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।

    31तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”

  • प्रेरि 25:8-9
    2 पदहरू
    70%

    8पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।”

    9तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”

  • 3खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु ।

  • 24सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।

  • 23र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”

  • 15अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो ।

  • 27तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,

  • 10तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”

  • 4पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?”