प्रेरितहरूको काम 25:4

अनलक शाब्दिक बाइबल

तर पावल कैसरियाको कैदी थिए, र तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 24:23 : 23 त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 82%

    8पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।”

    9तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”

    10पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।

    11तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।

    12त्यसपछि फेस्तसले परिषद्‌मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।”

    13अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।

    14उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।

    15जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।

  • प्रेरि 25:1-3
    3 पदहरू
    81%

    1¶ अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।

    2प्रधान पूजाहारी र विशिष्‍ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे ।

    3र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् ।

  • 80%

    25तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”

    26त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे ।

    27तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।

  • 79%

    20म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।

    21तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्‍नलाई आदेश दिएँ ।”

    22अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्‍नुहुनेछ ।”

    23यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्‍ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।

    24फेस्तसले भने, “राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्‍नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।

    25तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले, मैले उसलाई पठाउने निर्णय गरेँ ।

    26तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् ।

    27किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”

  • प्रेरि 25:5-6
    2 पदहरू
    78%

    5उनले भने “यसकारण जान सक्‍नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।”

    6आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।

  • 74%

    30र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा!”

    31यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए ।

    32अर्को दिन धेरैजसो सिपाहीहरूले पावललाई घोडचढीहरूसँग छोडेर उनीहरूचाहिँ सैन्य किल्लामा फर्के ।

    33जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए ।

  • 74%

    30त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।

    31तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”

    32अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”

  • 72%

    24अनि उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउनलाई आज्ञा गरे ।

    25त्यसपछि उनले यस्तो चिट्ठी लेखे ।

  • 72%

    22फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।”

    23त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए ।

  • 17यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।

  • 71%

    29त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरू तुरुन्तै छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।

    30भोलिपल्ट मुख्य कप्‍तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्‍न चाहे । त्यसैले, उनले आफ्नो दलबललाई एकत्रित गरे, र प्रधान पूजाहारीहरूसाथै महासभाका सबै मानिसहरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि तिनले पावललाई तल ल्याए, र उनीहरूका बिचमा राखे ।

  • 16जब हामी रोममा प्रवेश गर्‍यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो ।

  • 4त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु ।

  • 24पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”

  • 19हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीँ बसे ।

  • 10जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्‍तान डराए । त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए ।

  • 70%

    20तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे ।

    21तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्‍वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे ।

  • 1¶ यसरी अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र उनको बचाउ गरे ।

  • 18तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।

  • 14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।

  • 3अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।

  • 1¶ जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।