प्रेरितहरूको काम 26:16

अनलक शाब्दिक बाइबल

अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 22:14-15 : 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ । 15 किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।
  • यहे 2:1 : 1 ¶ उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, आफ्‍ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।”
  • दानी 10:11 : 11 ती स्वर्गदूतले मलाई भने, “ए दानिएल, धेरै सम्‍मान पाएको मानिस, मैले तिमीलाई भनिरहेका वचनलाई बुझ । सिधा खडा होऊ, किनकि मलाई तिमीकहाँ पठाइएको छ ।” तिनले मलाई यो सन्देश बोलेको समयमा, थरथर काम्दै म उठें ।
  • प्रेरि 1:17 : 17 किनभने त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्‍त गर्‍यो ।”
  • प्रेरि 1:25 : 25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”
  • प्रेरि 6:4 : 4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ ।”
  • प्रेरि 9:6-9 : 6 तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।” 7 शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे । 8 शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए । 9 तिनी तिन दिनसम्म दृष्‍टिविहीन भए र तिनले न खाए न पिए ।
  • प्रेरि 9:15-16 : 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
  • प्रेरि 13:1-4 : 1 ¶ एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । 2 जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” 3 सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए । 4 त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।
  • प्रेरि 18:9-9 : 9 राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल र चुप नलाग । 10 किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्‍नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
  • प्रेरि 20:24 : 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
  • प्रेरि 21:19 : 19 जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
  • प्रेरि 22:10 : 10 मैले भनेँ, ʻप्रभु, मैले के गर्नुपर्छ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।
  • प्रेरि 22:17-21 : 17 म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ । 18 उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ, ʻछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ 19 मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ । 20 तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ । 21 तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”
  • प्रेरि 23:11 : 11 अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
  • प्रेरि 27:23-24 : 23 किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए 24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।
  • रोमी 1:5 : 5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
  • रोमी 15:16 : 16 यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्‍वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
  • २ कोरि 4:1 : 1 ¶ त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।
  • २ कोरि 5:18 : 18 यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।
  • २ कोरि 12:1-7 : 1 ¶ मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु । 2 म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ । 3 र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ । 4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो । 5 त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन । 6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु । 7 आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ ।
  • गलाती 1:12 : 12 मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।
  • गलाती 2:2 : 2 परमेश्‍वरले म जानुपर्छ भनी मलाई प्रकट गराउनुभएको कारण म त्यहाँ गएँ । मैले गैरयहूदीहरूका माझमा घोषणा गरेको सुसमाचार तिनीहरूका अगि राखेँ । (तर जो महत्त्वपूर्ण अगुवाहरू जस्तो देखिन्थे तिनीहरूसँग म व्यक्‍तिगत रूपमा बोलेँ) । म व्यर्थमा दौडिरहेको छैनँ, वा दौडिन भनेर सुनिश्‍चित गर्नको निम्ति मैले यो गरेँ ।
  • एफिसी 3:7-8 : 7 उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु । 8 परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
  • कलस्सी 1:7 : 7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन् ।
  • कलस्सी 1:23 : 23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
  • कलस्सी 1:25 : 25 परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
  • १ थेस 3:2 : 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
  • १ तिमो 1:12 : 12 र म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।
  • १ तिमो 4:6 : 6 यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
  • २ तिमो 4:5 : 5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 82%

    6म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।

    7म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ? ʼ

    8मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु?” उहाँले मलाई भन्‍नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ

    9मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।

    10मैले भनेँ, ʻप्रभु, मैले के गर्नुपर्छ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।

    11मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर म दमस्कस गएँ ।

  • 82%

    12यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।

    13अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।

    14जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।”

    15तब मैले भनेँ, ʻतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ?

  • प्रेरि 9:3-8
    6 पदहरू
    81%

    3तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो ।

    4तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”

    5शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।

    6तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।”

    7शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे ।

    8शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए ।

  • 81%

    17म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।

    18तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।

    19त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।

  • 80%

    13उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, दृष्‍टि प्राप्‍त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखेँ ।

    14तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ ।

    15किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।

    16अब तिमी किन पर्खिंदै छौ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।

    17म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।

    18उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ, ʻछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ

    19मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ ।

  • 77%

    10दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।”

    11प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् ।

    12र तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।”

    13तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।

    14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”

    15तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।

    16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”

    17त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।”

    18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए । तिनी उठे र बप्‍तिस्मा लिए ।

  • 21तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”

  • 11अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”

  • 73%

    21यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।

    22परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ ।

    23कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।

  • 27तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।

  • 16मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,

  • 10यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।

  • 11त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु ।

  • 21मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ ।”

  • 9किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।

  • 13म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।

  • 9तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे

  • 47किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”

  • 1¶ उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, आफ्‍ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।”