प्रेरितहरूको काम 27:9

अनलक शाब्दिक बाइबल

हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 23:27-29 : 27 “सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू । 28 त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो । 29 त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
  • गिन 29:7 : 7 सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ ।
  • लैव्य 16:29-31 : 29 यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् । 30 किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ । 31 यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 27:4-8
    5 पदहरू
    82%

    4त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।

    5किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।

    6त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।

    7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।

    8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।

  • प्रेरि 27:10-22
    13 पदहरू
    81%

    10र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”

    11तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।

    12किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।

    13जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।

    14तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो ।

    15जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ ।

    16हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ ।

    17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।

    18हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।

    19तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।

    20जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्‍य ो, तब हामीले बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ ।

    21जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।

    22अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।

  • प्रेरि 27:24-33
    10 पदहरू
    78%

    24र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।

    25त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।

    26तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”

    27जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे ।

    28तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।

    29हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।

    30जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।

    31तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”

    32त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।

    33जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।

  • 74%

    38जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।

    39जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।

    40त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।

    41तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।

    42कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l

    43तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।

    44त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ ।

  • 73%

    15त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।

    16सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।

  • प्रेरि 21:1-3
    3 पदहरू
    72%

    1¶ जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।

    2जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।

    3हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।

  • प्रेरि 20:6-7
    2 पदहरू
    72%

    6अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।

    7हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।

  • प्रेरि 27:1-2
    2 पदहरू
    70%

    1¶ जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।

    2हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।

  • 11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।

  • 13हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।

  • 2उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।

  • 13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

  • 11त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे ।

  • 23तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।