प्रेरितहरूको काम 8:3

अनलक शाब्दिक बाइबल

तर शाऊलले मण्डलीलाई औधी हानि पुर्‍याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 15:9 : 9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।
  • गलाती 1:13 : 13 म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।
  • फिलि 3:6 : 6 मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ ।
  • १ तिमो 1:13 : 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ ।
  • प्रेरि 7:58 : 58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।
  • प्रेरि 9:21 : 21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र?”
  • प्रेरि 22:19 : 19 मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ ।
  • प्रेरि 26:9-9 : 9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ । 10 मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ । 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
  • प्रेरि 22:3-4 : 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज यहाँहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो भएको छु । 4 मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ ।
  • प्रेरि 9:1-9 : 1 ¶ तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए 2 र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे । 3 तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो । 4 तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?” 5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ । 6 तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।” 7 शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे । 8 शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए । 9 तिनी तिन दिनसम्म दृष्‍टिविहीन भए र तिनले न खाए न पिए । 10 दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु ।” 11 प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् । 12 र तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन् ।” 13 तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।
  • याक 2:6 : 6 तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ । के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 8:1-2
    2 पदहरू
    79%

    1¶ तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्‍वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए ।

    2ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे ।

  • 4तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।

  • प्रेरि 9:1-4
    4 पदहरू
    78%

    1¶ तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए

    2र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे ।

    3तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो ।

    4तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”

  • प्रेरि 22:4-7
    4 पदहरू
    76%

    4मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ ।

    5मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।

    6म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।

    7म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ? ʼ

  • 75%

    21तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र?”

    22तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए ।

    23धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्‍त्र रचे ।

    24तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।

  • 74%

    10मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।

    11मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।

    12यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।

  • 13म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।

  • 71%

    19मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ ।

    20तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।

  • 71%

    57तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे ।

    58तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।

  • 23तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”

  • 11प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर । किनकि तिनी प्रार्थना गर्दैछन् ।

  • 8शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन् । त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए ।

  • 8तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे ।

  • 50तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए ।

  • 21यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।

  • 23तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए ।

  • 14जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।”

  • 1¶ त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले ।

  • 6तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।

  • 67%

    13तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु ।

    14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”

  • 11पुरै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो ।

  • 18तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।

  • 30सारा सहर नै उत्तेजित भयो, र सबै मानिसहरू सँगै दौडे, र तिनीहरूले पावललाई समाते । तिनीहरूले उनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए ।

  • 8युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए ।

  • 67%

    26शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे । तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए ।

    27तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए । दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए ।

  • 6मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ ।

  • 21जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए ।

  • 12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।

  • 67%

    30भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए ।

    31यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।

  • 48तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।

  • प्रेरि 14:5-6
    2 पदहरू
    66%

    5जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍न मनाउन प्रयास गरे,

    6यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए

  • 25तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए ।