दानिएल 4:2

अनलक शाब्दिक बाइबल

सर्वोच्‍च परमेश्‍वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्‍चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 3:26 : 26 अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्‍नगो, अति उच्‍च, परमेश्‍वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्‍नगो आगोबाट बाहिर आए ।
  • भजन 66:16 : 16 हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
  • भजन 71:18 : 18 वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
  • भजन 92:1-2 : 1 ¶ हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो, 2 बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,
  • यहो 7:19 : 19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।”
  • भजन 51:14 : 14 हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु ।
  • प्रेरि 22:3-9 : 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज यहाँहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो भएको छु । 4 मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ । 5 मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो । 6 म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो । 7 म भुइँमा लडेँ, र मलाई यस्तो भनेको आवाज सुनेँ, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदै छौ? ʼ 8 मैले जवाफ दिएँ, “तपाईं को हुनुहुन्छ, प्रभु?” उहाँले मलाई भन्‍नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदै छौ ।ʼ 9 मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् । 10 मैले भनेँ, ʻप्रभु, मैले के गर्नुपर्छ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” । 11 मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर म दमस्कस गएँ । 12 मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्‍ने सबै यहूदीहरूबाट सम्मान र आदर पाएका हननिया नाउँ गरेका मानिसलाई भेटेँ । 13 उनी मकहाँ आए, र मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, दृष्‍टि प्राप्‍त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखेँ । 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि धार्मिक जनलाई देख्‍न र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तिमीलाई छान्‍नुभएको छ । 15 किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ । 16 अब तिमी किन पर्खिंदै छौ? उठ, बप्‍तिस्मा लेऊ, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल ।
  • प्रेरि 26:9-9 : 9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ । 10 मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ । 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ । 12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ । 13 अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो । 14 जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।” 15 तब मैले भनेँ, ʻतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ? 16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 4:3-6
    4 पदहरू
    81%

    3उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।

    4म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ ।

    5तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।

    6यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् ।

  • 1¶ नबूकदनेसर राजाले पृथ्वीमा बस्‍ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस् ।

  • दानी 4:34-37
    4 पदहरू
    73%

    34ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।

    35सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”

    36मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे । मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो ।

    37अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।

  • दानी 4:27-31
    5 पदहरू
    71%

    27यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्‍नुहोस् र जे ठिक छ त्यही गर्नुहोस् । थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस् ।”

    28यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।

    29बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए,

    30अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”.

    31राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ ।

  • 23हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु,किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।”

  • दानी 5:18-19
    2 पदहरू
    70%

    18हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो ।

    19परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो ।

  • 18म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”

  • 14देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु ।

  • दानी 4:8-10
    3 पदहरू
    69%

    8तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ ।

    9“ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।

    10म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो ।

  • 1¶ राजा बेलसजरले राज्‍य गर्न सुरु गरेको तेस्रो वर्षमा, (मैले पहिला देखेको दर्शनपछि) म, दानिएलले अर्को दर्शन देखें ।

  • 27उहाँले हामीलाई सुरक्षित राख्‍नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, अनि उहाँले स्वर्गमा र पृथ्वीमा चिन्हहरू र आश्‍चर्य कामहरू गर्नुहुन्छ । उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्‍नुभएको छ ।”

  • एज्रा 7:27-28
    2 पदहरू
    69%

    27हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,

    28अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।

  • दानी 1:19-20
    2 पदहरू
    69%

    19राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्‍पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए ।

    20राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनको सारा राज्यमा भएका जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए ।

  • दानी 2:19-20
    2 पदहरू
    69%

    19त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,

    20र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।

  • दानी 2:28-30
    3 पदहरू
    69%

    28तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।

    29महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।

    30मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।

  • 28नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्‍वास गरे, र आफ्ना परमेश्‍वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्‍पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।

  • 24हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।

  • 22हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ ।

  • दानी 2:47-48
    2 पदहरू
    68%

    47राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”

    48अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए ।

  • 4तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्‌ताको महिमाको रवाफ देखाए ।

  • 19हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।

  • 20मिश्रदेशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ ।

  • 20हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो,

  • 17यी चार जना जवान मानिसहरूका विषयमा परमेश्‍वरले तिनीहरूलाई सबै साहित्य र बुद्धिमा ज्ञान र अन्तर्दृष्‍टि दिनुभयो, अनि दानिएलले सबै किसिमका दर्शनहरू र सपनाहरू बुझ्‍न सक्‍थे ।

  • दानी 5:11-12
    2 पदहरू
    68%

    11हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।

    12यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।”

  • 21परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो ।

  • 8राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिट्ठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्‍ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई मुढाहरू जुटाइदेऊन् ।” परमेश्‍वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो ।

  • 4तब राजाले मलाई भन्‍नुभयो, “मैले के गरेको तिमी चाहन्छौ?” त्यसैले मैले स्वर्गका परमेश्‍वरलाई प्रार्थना चढाएँ ।

  • 4तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्‍यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्‍टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ ।”