दानिएल 5:7

अनलक शाब्दिक बाइबल

मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए । बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ । त्यसलाई यस राज्यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 5:16 : 16 तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ ।”
  • दानी 5:29 : 29 अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे ।
  • दानी 6:2-3 : 2 तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए, र तिनीहरूमध्ये दानिएल एक जना थिए । ती प्रमुख प्रशासकहरूले प्रान्‍तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो । 3 अन्य प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूभन्‍दा दानिएल विशिष्‍ट थिए, किनभने उनमा असाधारण आत्मा थियो । राजाले उनलाई सारा राज्यमा प्रमुख बनाउने योजना गर्दै थिए ।
  • दानी 2:6 : 6 तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ । यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन ।”
  • दानी 2:48 : 48 अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए ।
  • यशा 47:13 : 13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।
  • यहे 16:11 : 11 त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।
  • दानी 2:2 : 2 त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान्‌ मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।
  • उत्प 41:42-44 : 42 फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए । तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए । 43 फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए । 44 फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।”
  • गिन 22:7 : 7 त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने ।
  • गिन 22:17 : 17 किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।”
  • गिन 24:11 : 11 त्यसैले अहिले नै गइहाल्नुहोस् । मैले तपाईंलाई भव्य इनाम दिन्छु भनेको थिएँ, तर परमप्रभुले तपाईंलाई इनाम पाउनबाट वञ्‍चित गर्नुभएको छ ।”
  • १ शमू 17:25 : 25 इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”
  • एस्थ 3:1 : 1 ¶ यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए ।
  • एस्थ 10:2-3 : 2 तिनको शक्ति र ताकतका सबै प्राप्‍तिसाथै राजाले उच्‍च दर्जा दिएका मोर्दकैको महानताको पूर्ण विवरण मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । 3 यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बिचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।
  • नीति 1:9 : 9 ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन् ।
  • श्रेष्ठ 1:10 : 10 शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ ।
  • यशा 44:25-26 : 25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने म नै हुँ । यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ । 26 आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु ।'
  • दानी 4:6-7 : 6 यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् । 7 त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् ।
  • दानी 4:14 : 14 तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् ।
  • उत्प 41:8 : 8 बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्‍ने त्यहाँ कोही भएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 5:15-17
    3 पदहरू
    87%

    15बुद्धिको निम्ति ख्‍याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्‍नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन् ।

    16तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ ।”

    17तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु ।

  • दानी 5:8-12
    5 पदहरू
    82%

    8अनि आफ्नो बुद्धिको निम्‍ति ख्‍याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन् ।

    9अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो । तिनका भारदारहरू अलमल्ल भए ।

    10राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन् । रानीले भनिन्, “राजा, अमर रहून्! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस् । हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस् ।

    11हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।

    12यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।”

  • दानी 5:29-30
    2 पदहरू
    80%

    29अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे ।

    30त्यही रात बेबिलोनका राजा बेलसजर मारिए,

  • दानी 4:6-7
    2 पदहरू
    76%

    6यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् ।

    7त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् ।

  • दानी 5:5-6
    2 पदहरू
    76%

    5त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे ।

    6तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले ।

  • दानी 2:2-7
    6 पदहरू
    76%

    2त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान्‌ मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।

    3राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ ।”

    4तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोल्‍नेछौं ।”

    5राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन् ।

    6तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ । यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन ।”

    7तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्‍ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्‍नेछौं ।”

  • दानी 2:9-12
    4 पदहरू
    75%

    9तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो र छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ ।”

    10ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्‍तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्‍यक्‍ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् ।

    11महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”

    12यस कुराले राजालाई रिस उठायो र अत्‍यन्‍तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए ।

  • दानी 2:24-27
    4 पदहरू
    74%

    24त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”

    25त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”

    26राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?”

    27दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन् ।

  • दानी 4:18-19
    2 पदहरू
    74%

    18म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”

    19तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् ।

  • दानी 2:29-30
    2 पदहरू
    73%

    29महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।

    30मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।

  • 9“ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ ।

  • दानी 3:2-3
    2 पदहरू
    72%

    2त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए ।

    3तब प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए ।

  • एस्थ 1:13-14
    2 पदहरू
    72%

    13त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो) ।

    14फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए ।

  • 36हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।

  • 7राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्‍नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्‍यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।

  • 13त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्‍नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए ।

  • दानी 4:23-24
    2 पदहरू
    70%

    23हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’

    24हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ ।

  • 1¶ फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्‍थ्‍यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्‍टि पाएपछि दानिएलले यो सन्देश बुझे ।

  • 3राजाले आफ्ना प्रमुख अधिकारी अशपेनजलाई इस्राएलका राजकीय परिवार र कुलिनहरूबाट केही मानिसहरू ल्याउने हुकुम गरे—

  • 16त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।

  • 20राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनको सारा राज्यमा भएका जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए ।

  • 24अनि राजा नबूकदनेसर आश्‍चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्‍चय नै महाराजा ।”