दानिएल 8:11

अनलक शाब्दिक बाइबल

त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 11:31 : 31 उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्‍थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ ।
  • दानी 12:11 : 11 दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् ।
  • दानी 8:25 : 25 आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन ।
  • यहे 46:14 : 14 त्योसँगै तिमीहरूले हरेक बिहान अन्‍नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्‍नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् ।
  • २ राजा 19:22-23 : 22 तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस्? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्‍च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो! 23 तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।
  • यशा 37:23 : 23 तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।
  • यशा 37:29 : 29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।”
  • यिर्मि 48:26 : 26 त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।
  • यिर्मि 48:42 : 42 त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।
  • २ इति 32:15-22 : 15 अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?” 16 सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले । 17 परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।” 18 तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्‍ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए । 19 केवल मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसका देवताहरूका बारेमा उनीहरूले बोलेझैं यरूशलेमका परमेश्‍वरको बारेमा पनि उनीहरूले बोले । 20 यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे । 21 तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्‍डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्‍नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे । 22 यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।
  • निर्ग 29:38-42 : 38 तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू । 39 एउटा थुमा बिहान चढाइनुपर्छ भने अर्को बेलुका । 40 पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू । 41 तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो । 42 मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।
  • गिन 28:3 : 3 तैँले तिनीहरूलाई भन्‍नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा ।
  • यहो 5:14-15 : 14 तिनले भने, “कुनै पक्षको होइन । किनभने म परमप्रभुको फौजको सेनापति हुँ । अहिले म आएको छु ।” अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ?” 15 परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ ।” यहोशूले त्यसै गरे ।
  • दानी 5:23 : 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।
  • दानी 7:25 : 25 उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।
  • दानी 8:12 : 12 विद्रोहको कारणले, त्‍यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ । त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ ।
  • दानी 9:26-27 : 26 बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ । 27 एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
  • दानी 11:36-37 : 36 राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ । 37 आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन । न त उसले अन्य देवहरूप्रति ध्यान दिनेछ । किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ ।
  • लू 21:5-6 : 5 अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो, 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”
  • लू 21:24 : 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् ।
  • २ थेस 2:4 : 4 यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ ।
  • इब्रा 2:10 : 10 यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।
  • प्रका 13:5-7 : 5 त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्‍वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो । 6 त्यसैले, परमेश्‍वरको विरुद्ध ईश्‍वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो । 7 विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।
  • प्रका 17:14 : 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।”
  • प्रका 19:13-16 : 13 उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो ।” 14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे । 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ । 16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • दानी 8:12-14
    3 पदहरू
    88%

    12विद्रोहको कारणले, त्‍यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ । त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ ।

    13त्‍यसपछि एक जना पवित्र जनले बोल्‍दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्‍छ?”

    14उहाँले मलाई भन्‍नुभयो, “यो २,३०० साँझ र बिहानसम्म रहनेछ । त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।”

  • दानी 8:7-10
    4 पदहरू
    85%

    7त्यो बोकोलाई उक्‍त भेडाको नजिक आएको मैले देखें । भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सिङलाई भाँचिदियो । त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो । बोकोले त्यसलाई भुइँमा ढाल्‍यो र त्यसलाई कुल्चियो । त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन ।

    8तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए ।

    9तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो ।

    10त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो ।

  • 31उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्‍थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ ।

  • दानी 8:22-26
    5 पदहरू
    76%

    22अनि जुन सिङ भाँचियो, जसको ठाउँमा चारवटा अरू उम्रे, उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन ।

    23ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ ।

    24उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।

    25आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन ।

    26साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”

  • 11दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् ।

  • दानी 7:25-26
    2 पदहरू
    73%

    25उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।

    26तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।

  • दानी 9:26-27
    2 पदहरू
    72%

    26बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।

    27एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”

  • दानी 11:36-39
    4 पदहरू
    72%

    36राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ ।

    37आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन । न त उसले अन्य देवहरूप्रति ध्यान दिनेछ । किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ ।

    38यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्‍ने देवलाई उसले सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ ।

    39सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।

  • 11त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्‍ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें ।

  • 12त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।

  • दानी 5:20-21
    2 पदहरू
    70%

    20तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए ।

    21उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो ।

  • दानी 11:20-24
    5 पदहरू
    70%

    20तब तिनको ठाउँमा अरू कोही एक जना खडा हुनेछन् जसले राज्यको वैभवको निम्ति एक जना कर उठाउनेलाई घुसपैट गर्न लगाउनेछन् । तर केही दिनमा कुनै रिस वा युद्धविना नै तिनी टुक्रा-टुक्रा पारिनेछन् ।

    21तिनको ठाउँमा एक जना तुच्छ मानिस खडा हुनेछ जसलाई मानिसहरूले राजकीय शक्तिको सम्मान दिनेछैनन् । ऊ अचानक आउनेछ र छल गरेर उसले राज्यलाई कब्जा गर्नेछ ।

    22उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्‍ट हुनेछन् ।

    23ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ ।

    24कुनै चेतावनीविना नै ऊ प्रदेशको सबैभन्दा सम्‍वृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ । उसले लुटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ ।

  • दानी 7:20-22
    3 पदहरू
    69%

    20त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।

    21जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो,

    22जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे ।

  • प्रका 13:6-7
    2 पदहरू
    68%

    6त्यसैले, परमेश्‍वरको विरुद्ध ईश्‍वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।

    7विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।

  • 12तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

  • 28अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ ।

  • 16बरु, आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ ।

  • दानी 11:44-45
    2 पदहरू
    67%

    44तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ ।

    45उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्‍नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।

  • विलाप 2:6-7
    2 पदहरू
    67%

    6उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ । उहाँले पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको छ । परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रिसमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ ।

    7परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।

  • 4यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ ।

  • 4तिनी खडा भएपछि, तिनको राज्य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन । किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ ।

  • 4अनि त्यो भेडाले पश्‍चिममा, त्‍यसपछि उत्तरमा, र त्यसपछि दक्षिणमा हानिरहेको मैले देखें । त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन । तीमध्‍ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन । आफूलाई जे मन लाग्‍यो, त्‍यसले त्‍यही गर्‍यो, र त्यो महान् भयो ।

  • 18यसपछि, उत्तरको राजाले समुद्रतटका देसहरूमा ध्यान लगाउनेछ र तीमध्ये धेरैलाई अधीन गर्नेछन् । तर एक जना कमान्‍डरले तिनको घमण्डको अन्त्य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् ।

  • 26तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्‍ये धेरै जना मारिनेछन् ।

  • 8जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।

  • 7नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें— तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने, कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ । आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन् ।