व्यवस्थाविवरण 1:7

अनलक शाब्दिक बाइबल

आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 10:40 : 40 यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे ।
  • व्यव 11:24 : 24 तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ ।
  • यहो 1:4 : 4 त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।
  • यहो 11:16-17 : 16 यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए । 17 तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल-गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे र उनीहरूलाई मारे ।
  • यहो 24:15 : 15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
  • २ शमू 8:3 : 3 त्‍यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्‍त गरे ।
  • १ इति 5:9 : 9 र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।
  • १ इति 18:3 : 3 सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।
  • आमो 2:9 : 9 तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें, जसका उचाइ देवदारुहरूका उचाइझैं थियो । त्यो फलाँटको रूख जत्तिकै बलियो थियो । तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरें ।
  • उत्प 15:16-21 : 16 तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।” 17 सूर्य अस्ताउँदा र साँझ पर्दा, हेर, धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो । 18 त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ- 19 केनीहरू, कनज्‍जीहरू, कदोनीहरू, 20 हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू, 21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्छु ।
  • निर्ग 23:31 : 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
  • गिन 34:3-9 : 3 तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ । 4 तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ । 5 त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्‍ने छ र समुद्रमा अन्त हुने छ । 6 पश्‍चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्‍चिमी सिमाना हुने छ । 7 तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ, 8 त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ । 9 अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर‍-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ । 10 तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ । 11 पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ । 12 यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।
  • व्यव 11:11 : 11 तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।'

  • यहो 1:3-4
    2 पदहरू
    82%

    3मैले मोशालाई प्रतिज्ञा गरेझैँ यो मैले तँलाई दिएको छु ।

    4त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।

  • व्यव 1:19-22
    4 पदहरू
    81%

    19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।

    20मैले तिमीहरूलाई भनेँ, 'तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ ।

    21हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ ।'

    22तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन् ।'

  • 40तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।'

  • 11परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'

  • 6“परमप्रभु हाम्रा परमेश्‍वर यसो भन्दै होरेबमा हामीसित बोल्नुभयो, 'तिमीहरू यस डाँडामा बसेको धेरै भइसकेको छ ।

  • व्यव 11:30-31
    2 पदहरू
    78%

    30के यी डाँडाहरू पर्दनपारि, पश्‍चिमी सडकको पश्‍चिमपट्टि, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र?

    31किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ र यसलाई अधिकार गरी तिमीहरू त्यहाँ बस्‍ने छौ ।

  • 27पिसगाको टाकुरामा उक्लेर तेरा आँखा पश्‍चिमतिर, उत्तरतिर, दक्षिणतिर र पूर्वतिर लगा । तेरा आँखाले हेर् किनकि तँ यर्दनपारि जान पाउने छैनस् ।

  • 51“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ ।

  • 24तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ ।

  • 49“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् ।

  • व्यव 2:1-3
    3 पदहरू
    76%

    1¶ तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।

    2परमप्रभुले मलाई यसो भन्‍नुभयो, '

    3तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क ।

  • यहो 1:14-15
    2 पदहरू
    76%

    14तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् ।

    15तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।

  • व्यव 34:1-3
    3 पदहरू
    76%

    1¶ मोशा मोआबको मैदानबाट यरीहो सामुन्‍ने नेबो डाँडामा पिसगाको टाकुरामा उक्ले । त्यहाँ परमप्रभुले तिनलाई गिलाददेखि दानसम्म,

    2र सबै नप्‍ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्‍चिम समुद्रसम्म,

    3र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।

  • 1¶ हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।

  • 17यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।

  • 24'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर ।

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।

  • व्यव 1:1-2
    2 पदहरू
    75%

    1¶ यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान, तोफेल, लाबान, हसेरोत र दीसाहाबका बिचमा यर्दनपारिको उजाड-स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन् ।

    2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।

  • 25म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्‍न दिनुहोस् ।'

  • 1¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ ।

  • 11“छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ' ।”

  • 4अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ । यसकारण, फर्क र तिमीहरूको आफ्नै भूमिमा जाओ, जुन परमप्रभुका दास मोशाले यर्दन पारिपट्टि तिमीहरूलाई दिएका छन् ।

  • 12परमप्रभुले मोशालाई भन्‍नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।

  • 25(त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”

  • 3तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्‍नू ।

  • 17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'

  • 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।

  • 2“इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,

  • 3सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।

  • 37केवल अम्मोनका सन्तानहरूको देशसाथै यब्बोक नदीका सबै किनाराका जग्गा अनि पहाडी देशका सहरहरू जहाँ परमप्रभु हाम्रा परमेश्‍वरले जान हामीलाई निषेध गर्नुभयो थियो, त्यहाँ तिमीहरू गएनौ ।

  • 9र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् ।

  • 6बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।

  • 3उनले पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।

  • 17मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।

  • 10तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।

  • 11आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।

  • 1¶ आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक ।

  • 33जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो ।