व्यवस्थाविवरण 11:19

अनलक शाब्दिक बाइबल

ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 6:7 : 7 अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।
  • नीति 2:1 : 1 ¶ हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,
  • व्यव 4:9-9 : 9 केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ । 10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'
  • यशा 38:19 : 19 जस्तो म आज गर्दैर्छु, जीवित व्यक्‍तिले, केवल जीवित व्यक्‍तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्‍वस्‍तता छोराछोरीलाई भन्‍छन् ।
  • भजन 34:11 : 11 ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्‍न सिकाउनेछु ।
  • भजन 78:5-6 : 5 किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो । 6 उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरी, अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ ।
  • नीति 4:1-9 : 1 ¶ हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक । 2 म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग । 3 म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा, 4 उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, “तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् । 5 बुद्धि र समझशक्ति प्राप्‍त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् । 6 बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ । 7 बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका । 8 बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ । 9 बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।” 10 हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ । 11 म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु । 12 तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्‍कर खाने छैनस् । 13 निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो । 14 दुष्‍टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा । 15 त्यसलाई त्यागिदे; त्यसमा नहिँड् । त्यसबाट फर्केर अर्को बाटो लाग् । 16 किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन । 17 किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् । 18 तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ । 19 दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन । 20 हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप । 21 तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् । 22 किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो । 23 तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् । 24 कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख् । 25 तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर् । 26 तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् । 27 दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 6:6-9
    4 पदहरू
    93%

    6आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।

    7अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।

    8तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् ।

    9तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू ।

  • व्यव 11:20-21
    2 पदहरू
    84%

    20तिमीहरूको घरको ढोकाको चौकोसमा र सहरका द्वारहरूमा तिनलाई लेख,

    21ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।

  • 18त्यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन् ।

  • व्यव 4:9-10
    2 पदहरू
    78%

    9केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।

    10होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'

  • 20भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन्?' भनी सोध्दा

  • नीति 6:20-22
    3 पदहरू
    76%

    20हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।

    21तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।

    22तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् ।

  • व्यव 17:18-19
    2 पदहरू
    74%

    18तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।

    19त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।

  • 6बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।

  • 26तिमीहरूका छोराछोरीहरूले 'यो आराधनाको कामको अर्थ के हो?' भनी सोध्दा

  • 3यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।

  • निर्ग 13:8-9
    2 पदहरू
    73%

    8त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्‍नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ ।'

    9यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।

  • व्यव 31:12-13
    2 पदहरू
    73%

    12पुरुष र स्‍त्रीहरू, बालबच्‍चाहरू, तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून् ।

    13यर्दनपारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुञ्‍जेलसम्म यो व्यवस्था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिकून् ।”

  • 46तिनले मानिसहरूलाई भने, “आज मैले तिमीहरूलाई साक्षी दिएका सबै वचन मनमा राख ताकि तिमीहरूका आफ्ना छोराछोरीहरूलाई यो व्यवस्थाका सबै वचन पालन गर्न आज्ञा दिन सक ।

  • 19अब त्यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ । यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस् ।

  • व्यव 11:1-2
    2 पदहरू
    72%

    1¶ त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू ।

    2ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा,

  • 28मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।

  • 14'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्‍नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।

  • 5बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू ।

  • 20तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।

  • भजन 78:5-6
    2 पदहरू
    72%

    5किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।

    6उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्‍मेका छोराछोरी, अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ ।

  • 25तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,

  • 6आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ ।

  • 40आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”

  • 17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

  • 11ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”

  • यहो 4:21-22
    2 पदहरू
    71%

    21तिनले इस्राएलका मानिसहरूलाई भने, “जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी

    22तिमीहरूका सन्तानहरूलाई बताउनू ।'

  • व्यव 6:1-2
    2 पदहरू
    71%

    1¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।

    2तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू ।

  • 11परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा

  • 1¶ जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ,

  • 5हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।

  • 39यस बाहेक, तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस्, जससित आज असल र खराबको ज्ञान छैन, तिनीहरू नै त्यहाँ जाने छन् । तिनीहरूलाई म यो देश दिने छु र तिनीहरूले यसको अधिकार गर्ने छन् ।

  • 14तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।

  • 32आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।