व्यवस्थाविवरण 16:8

अनलक शाब्दिक बाइबल

छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 23:36 : 36 सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
  • गिन 28:17-19 : 17 यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ । 18 पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । 19 तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ ।
  • निर्ग 12:15-16 : 15 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू । पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू । 16 पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् र सातौँ दिनमा पनि यस्तै भेला होस् । यी दिनमा कुनै पनि काम गरिनेछैन । तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू । तिमीहरूले गर्न सक्‍ने काम यही मात्र हुनेछ ।
  • निर्ग 13:6-8 : 6 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ । 7 सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् । 8 त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्‍नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ ।'
  • लैव्य 23:6-8 : 6 सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । 7 पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू । 8 तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”
  • २ इति 7:9 : 9 आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड सात दिनसम्‍म मानेका थिए ।
  • नहे 8:18 : 18 यसबाहेक, पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनप्रतिदिन एज्राले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढ्ने गर्थै । तिनीहरूले सात दिनसम्म चाड मनाए, र आज्ञाअनुसार आठौँ दिनमा पवित्र सभा थियो ।
  • यो 1:14 : 14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 13:6-7
    2 पदहरू
    88%

    6सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ ।

    7सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् ।

  • निर्ग 12:15-16
    2 पदहरू
    87%

    15सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू । पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू ।

    16पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् र सातौँ दिनमा पनि यस्तै भेला होस् । यी दिनमा कुनै पनि काम गरिनेछैन । तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू । तिमीहरूले गर्न सक्‍ने काम यही मात्र हुनेछ ।

  • लैव्य 23:6-9
    4 पदहरू
    84%

    6सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू ।

    7पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।

    8तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”

    9परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,

  • लैव्य 23:35-36
    2 पदहरू
    84%

    35पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।

    36सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।

  • 3तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।

  • गिन 28:25-26
    2 पदहरू
    83%

    25तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।

    26अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्‍नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।

  • 35आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।

  • गिन 28:17-18
    2 पदहरू
    82%

    17यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ ।

    18पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।

  • निर्ग 16:26-27
    2 पदहरू
    82%

    26छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।

    27सातौँ दिनमा त्यहाँ मन्‍न हुनेछैन ।” सातौँ दिनमा पनि केही मानिसहरू मन्‍न बटुल्न गए, तर तिनीहरूले केही पाएनन् ।

  • व्यव 16:3-4
    2 पदहरू
    81%

    3योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्‍टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्‍न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।

    4सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।

  • निर्ग 20:8-10
    3 पदहरू
    81%

    8मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।

    9तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।

    10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।

  • निर्ग 34:21-22
    2 पदहरू
    80%

    21तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू ।

    22गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू ।

  • निर्ग 16:29-30
    2 पदहरू
    79%

    29परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ । हरेक आ-आफ्नै ठाउँमा बस्‍नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।”

    30त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।

  • व्यव 5:13-14
    2 पदहरू
    79%

    13तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ ।

    14तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।

  • 15परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।

  • 15तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।

  • 9तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू ।

  • 21त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।

  • 2छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।

  • 12सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।

  • 15छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ ।

  • निर्ग 12:18-20
    3 पदहरू
    77%

    18तिमीहरूले यसलाई पुस्तौँसम्म मान्‍नू । यो तिमीहरूका निम्ति सधैँ एउटा विधि हुनेछ । वर्षको पहिलो महिनाको चौधौँ दिनको साँझदेखि त्यस महिनाको एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले अखमिरी रोटी खानू ।

    19यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन । खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ, चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस् ।

    20खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू । तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू ।”

  • 39छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।

  • 28त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।

  • 18तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले तिमीहरूलाई आज्ञा दिएबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानू किनकि आबीब महिनामै तिमीहरू मिश्रबाट बाहिर आयौ ।

  • 25तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”

  • 21पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।

  • 15शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।

  • 23तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्‍नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू' ।”

  • 7परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।

  • 13तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्‍नू ।

  • 7सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ ।