व्यवस्थाविवरण 2:33

अनलक शाब्दिक बाइबल

परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 7:2 : 2 तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्‍नू, र तिनीहरूलाई कृपा नदेखाउनू ।
  • व्यव 20:16 : 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू ।
  • व्यव 29:7-8 : 7 तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ । 8 हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।
  • यहो 10:30-42 : 30 परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे । 31 यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे । 32 परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे र तिनले लिब्‍नालाई गरेजस्तै यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । 33 त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे । 34 त्यसपछि यहोशू र सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे । तिनीहरूले यसको नजिकै छाउनी हाले र यसविरुद्ध युद्ध गरे, 35 र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । 36 त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यसविरुद्ध युद्ध गरे । 37 तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । 38 त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे । 39 तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे । 40 यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे । 41 यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे । 42 यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।
  • यहो 21:44 : 44 त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
  • न्या 1:4 : 4 यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्‍जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।
  • न्या 7:2 : 2 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’
  • उत्प 14:20 : 20 सर्वोच्‍च परमेश्‍वर धन्यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए ।
  • गिन 21:24 : 24 इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो ।
  • व्यव 3:2-3 : 2 परमप्रभुले मलाई भन्‍नुभयो, 'त्यसदेखि नडरा । किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु, र तेरा सबै मानिस र त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु । तैँले हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस् ।' 3 त्यसैले परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई बाशानका राजा ओग र तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो । हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्‍यौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 3:1-4
    4 पदहरू
    84%

    1¶ तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ । बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए ।

    2परमप्रभुले मलाई भन्‍नुभयो, 'त्यसदेखि नडरा । किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु, र तेरा सबै मानिस र त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु । तैँले हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस् ।'

    3त्यसैले परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई बाशानका राजा ओग र तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो । हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्‍यौँ ।

    4त्यस बेला हामीले तिनका सबै सहर कब्जा गर्‍यौँ । हामीले बाशानमा अर्गोबको राज्यसाथै ओगको राज्य गरी एउटै पनि नछाडि सबै साठीवटा सहरलाई कब्जा गर्‍यौँ ।

  • व्यव 2:29-32
    4 पदहरू
    84%

    29। जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'

    30तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।

    31परमप्रभुले मलाई भन्‍नुभयो, 'हेर्, मैले तेरै सामुन्‍ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।'

    32तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए ।

  • व्यव 2:34-36
    3 पदहरू
    81%

    34त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन ।

    35आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ ।

    36अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।

  • व्यव 3:6-8
    3 पदहरू
    81%

    6हामीले हेश्बोनका राजालई गरेजस्तै तिनीहरूका पुरुष र स्‍त्रीहरूसाथै स-साना बालबच्‍चालाई पूर्ण रूपमा नष्‍ट पार्‍यौँ ।

    7तर सबै गाईवस्तु र सहरका धनमाल भने लुटको मालको रूपमा हामीले लियौँ ।

    8त्यस बेला हामीले एमोरीहरूका दुई राजाका हातबाट यर्दन पारिको अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्मको देश कब्जा गर्‍यौँ ।

  • व्यव 29:7-8
    2 पदहरू
    79%

    7तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ ।

    8हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।

  • न्या 11:20-21
    2 पदहरू
    79%

    20तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे ।

    21तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।

  • गिन 21:34-35
    2 पदहरू
    78%

    34त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।”

    35त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे ।

  • 10तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।

  • भजन 135:10-11
    2 पदहरू
    76%

    10उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो,

    11एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।

  • 4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।

  • 30परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।

  • 13र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।

  • 8परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।

  • 4हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो ।

  • 18त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।

  • 10र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।

  • गिन 21:23-24
    2 पदहरू
    73%

    23तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे ।

    24इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो ।

  • 30तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ ।

  • 46तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।

  • 32यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।

  • 39तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।

  • 24'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर ।

  • 2तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्‍नू, र तिनीहरूलाई कृपा नदेखाउनू ।

  • 10सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म;

  • 11तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।

  • 24तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”

  • 26त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् ।