व्यवस्थाविवरण 3:10
हामीले तराईका सबै सहर, सबै गिलाद, सबै बाशान, सलका र एद्रईसम्मका इलाकाहरू अनि बाशानमा भएका ओग राज्यका सबै सहर कब्जा गर्यौँ ।
हामीले तराईका सबै सहर, सबै गिलाद, सबै बाशान, सलका र एद्रईसम्मका इलाकाहरू अनि बाशानमा भएका ओग राज्यका सबै सहर कब्जा गर्यौँ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11(रपाईहरूमा केवल बाशानका राजा जीवित रहे । तिनको पलङ्ग फलामको थियो । मानिसहरूको नापअनुसार यो नौ हात लामो र चार हात चौडा थियो । के अम्मोनका सन्तानहरू रब्बामा नै बस्थेनन् र?)
12त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ ।
13गिलादको बाँकी भाग र सम्पूर्ण बाशान अर्थात् ओगको राज्य (अर्गोबको सम्पूर्ण राज्य र सम्पूर्ण बाशान) मैले मनश्शेको आधा कुललाई दिएँ । (उही क्षेत्रलाई रपाईहरूको देश भनिन्छ ।
14मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सारा राज्य कब्जा गरे । तिनले त्यस क्षेत्र र बाशानलाई आफ्नै नाउँद्वारा हब्बात-याईर नाउँ दिए जसलाई आजसम्म उही नामले चिनिन्छ ।)
9अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;
10सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म;
11गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान;
12बाशानको ओगका सबै अधिराज्य, जसले अस्तारोत र अद्रईमा शासन गरे, मोशाले उनीहरूलाई प्रहार गरी धपाउँदा बाँकी रहेकाहरू यिनीहरू नै हुन् ।
30तिनीहरूका क्षेत्र महनोमदेखि, बाशानसम्म, बाशानका राजा ओगका सम्पूर्ण राज्य, याईरका सबै नगर, जुन बाशानमा छन्, साठीवटा सहर;
31गिलादको आधा भाग, र अस्तारोत र एद्रई (बशानमा ओगका राजकीय सहरहरू)। यिनीहरू माकीरको कुल-कुलअनुसार मनश्शेका छोरा माकीरको कुललाई दिइएको थियो ।
1¶ तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ । बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए ।
2परमप्रभुले मलाई भन्नुभयो, 'त्यसदेखि नडरा । किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु, र तेरा सबै मानिस र त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु । तैँले हेश्बोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस् ।'
3त्यसैले परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बाशानका राजा ओग र तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो । हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्यौँ ।
4त्यस बेला हामीले तिनका सबै सहर कब्जा गर्यौँ । हामीले बाशानमा अर्गोबको राज्यसाथै ओगको राज्य गरी एउटै पनि नछाडि सबै साठीवटा सहरलाई कब्जा गर्यौँ ।
5यी सबै सहर अग्ला-अग्ला पर्खालले घेरिएका, प्रवेशद्वार र बारहरू भएका सहरहरू थिए । यीबाहेक पर्खाल नलगाइएका धेरै सहरहरू पनि थिए ।
3सीहोनका राजाले अराबादेखि किन्नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।
4रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्थे ।
5तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे ।
11एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।
10र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।
33त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे ।
34त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।”
4हेश्बोनमा बस्ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो ।
33त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।
11गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए ।
16तिनीहरू गिलादमा, बाशान र त्यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्मै बस्थे ।
7तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्यौँ ।
20र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
33यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्जा गरे ।
47तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे ।
22तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।
17रूबेनले हेश्बोन र समथल भू-भागमा रहेका यसका सबै सहर, दीबोन र बमोत-बाल, र बेथ-बाल-मोन,
13रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठीवटा ठुला-ठुला सहर पनि थिए);
27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्कोत, सापोन, होश्बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।
20रूबेनले यी पनि प्राप्त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत,
9(हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्) ।
43यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान ।
25तिनीहरूका क्षेत्र याजेर, गिलादका सबै सहर र अम्मोनीहरूको आधा भू-भाग, रब्बाको पूर्वतिरको अरोएर,
19गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए ।
17यसको अर्को सिमाना किन्नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।
13र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ ।
36अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्वरले ती हाम्रा हातमा दिनुभयो ।
2उनले उत्तरी पहाडी देशमा, किन्नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्चिमतिरको नपोत डोरमा बस्ने राजाहरूलाई पनि समाचार पठाए ।