व्यवस्थाविवरण 33:12

अनलक शाब्दिक बाइबल

बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 28:12 : 12 परमप्रभुलाई इस्राएलका छोराहरूको सम्झना दिलाउन ती दुईवटा पत्थरलाई एपोदका काँधे-बन्धनमा लगाउनू । उहाँलाई सम्झना दिलाउन हारूनले परमप्रभुको सामु तिनीहरूका नाउँलाई बोकेर लैजानेछन् ।
  • व्यव 12:10 : 10 तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने छ ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक ।
  • व्यव 33:27-29 : 27 अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!” 28 इस्राएल सुरक्षामा बस्यो । अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् । 29 ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।
  • यहो 18:11-28 : 11 कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो । 12 उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्‍चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो । 13 त्यहाँबाट सिमाना लूजको (अर्थात् बेथेल) दिशामा दक्षिणतिर लाग्यो । त्यसपछि सिमाना बेथ-होरोनको दक्षिणतिरको पहडा हुँदै अतारोत-अद्दारतिर झर्‍यो । 14 त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्‍चिमपट्टि यो बेथ-होरोनबाट सामुन्‍नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बाल (अर्थात् किर्यत-यारीम) मा टुङ्गियो । यसले पश्‍चिमी सिमाना निर्माण गर्‍यो । 15 दक्षिणतिरको सिमाना किर्यत-यारीमको बाहिरबाट सुरु भयो । यो त्यहाँबाट एफ्रोनतिर, नेप्‍तोहको पानीका मुहानहरूतिर निस्‍क्यो । 16 त्यसपछि सिमाना पहाडको सिमातिर तल झर्‍यो, जुन बेनहिन्‍नोमको सामुन्‍ने थियो, जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो । यो त्यसपछि हिन्‍नोमको बेँसीतिर, यबूसीहरूको भिरको दक्षिण र एन-रोगेलतिर तल निरन्तर झर्‍यो । 17 यो शेमशतिर गएर उत्तरतिर मोडियो, र त्यहाँबाट यो गलीलोततिर निस्‍क्यो, जुन अदुम्‍मीमको उकालोको सामुन्‍ने थियो । त्यसपछि यो रूबेनको बोहनको ढुङ्गातिर झर्‍यो । 18 यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो । 19 सिमाना बेथ-होग्‍लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो । 20 पूर्वतिरको यसको सिमाना यर्दन नै भयो । यो बेन्यामीन कुलको उत्तराधिकार थियो, र यो कुल-कुलअनुसार, सिमाना-सिमाना गरेर वरिपरि दिइएको थियो । 21 बेन्यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस, 22 बेथ-अराबा, समारैम, बेथेल, 23 अब्बीम, पारा, ओप्रा, 24 कपर अमोनी, ओप्‍नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए । 25 त्यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए । 26 मिस्पा, कपीरा, मोशा, 27 रेकेम, यिर्पल, तरला, 28 सेलाह, एलेप, यबूस (यरूशलेमजस्तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए । यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो ।
  • न्या 1:21 : 21 तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।
  • १ राजा 12:21 : 21 जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।
  • २ इति 11:1 : 1 ¶ जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
  • २ इति 15:2 : 2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्‍यामीनका सबै जना, मेरा कुरा सुन्‍नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ ।
  • २ इति 17:17-19 : 17 बेन्‍यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्‍यादा, र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज । 18 तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज । 19 यिनीहरू यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
  • भजन 91:4 : 4 उहाँले तिमीलाई आफ्‍नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्‍यताचाहिं ढाल र सुरक्षा हो ।
  • भजन 132:14 : 14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।
  • यशा 37:22 : 22 परमप्रभुले उसको बारेमा भन्‍नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्‍नो टाउको हल्लाउँछे ।
  • यशा 37:35 : 35 किनकि मेरो निम्‍ति र मेरा सेवक दाऊदको निम्‍ति, म यो सहरको रक्षा गर्नेछु र यसलाई छुटकारा दिनेछु ।”
  • यशा 51:16 : 16 मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।
  • मत्त 23:37 : 37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 11हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।

  • 13योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।

  • उत्प 49:24-27
    4 पदहरू
    70%

    24तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।

    25तेरा बुबाका परमेश्‍वरले तँलाई सहायता गर्नुहुन्‍छ, र सर्वशक्तिमान् परमेश्‍वरले माथि स्‍वर्गका आशिष्‌हरू, तल अगाधका आशिष्‌हरू, अनि स्‍तन र गर्भका आशिष्‌हरूले आशिषित्् तुल्याउनुहुनेछ ।

    26तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्‍दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरमा पनि ।

    27बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो । बिहान त्यसले शिकार खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लुट बाँड्छ ।

  • व्यव 33:15-16
    2 पदहरू
    70%

    15साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।

    16तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।

  • 3इस्साखार, जबूलून, र बेन्यामीन,

  • 12“तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।

  • व्यव 33:27-29
    3 पदहरू
    69%

    27अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!”

    28इस्राएल सुरक्षामा बस्यो । अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् ।

    29ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।

  • व्यव 33:7-8
    2 पदहरू
    69%

    7यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस् ।

    8लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो ।

  • 23बाँकी रहेका कुलहरूका बारेमा तिनीहरूका भाग पनि पूर्व देखि पश्‍चिमसम्म रहनेछ । बेन्यामीनले एउटा भाग पाउनेछ ।

  • 20गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् । त्यहाँ तिनी सिंहिनीझैँ बस्‍ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन् ।

  • 16यो त्‍यो मानिस हो जो उच्‍च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्‍तर हुनेछ ।

  • 12परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्छ र हामीलाई आशिष्‌ ‌‌दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ ।

  • 36यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्‍त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।

  • 18जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।

  • 26परमप्रभुले तिमीहरूमाथि कृपादृष्‍टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस् ।'

  • 27त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्‍यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्‍तालीका अगुवाहरू छन् ।

  • उत्प 48:15-16
    2 पदहरू
    67%

    15इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ,

    16ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”

  • 5परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌‌‌ देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्‍वृद्धि देख्‍न सक्‍नेछौ ।

  • 9तिनले सिंह, सिंहनीझै ढुक्छन् । तिनलाई उठाउने कसको आँट छ र? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन् ।”

  • 23नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन् । तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्ने छन् ।

  • 16बेन्‍यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।

  • 24'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।

  • 28र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”

  • 5परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ । परमप्रभु तिम्रो दाहिने हातपट्टिको छहारी हुनुहुन्छ ।

  • 12त्यो जाति धन्यको हो जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्‍नुभएको छ ।

  • 16हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।

  • 14तिनी आफ्ना भाइ बेन्यामीनसित अँगालो हालेर रोए, अनि बेन्यामीन पनि अँगालो हालेर रोए ।

  • 15जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ । त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्‍नेछ ।

  • 7परमप्रभुका दूतहरूले उहाँको भय मान्‍नेहरूका चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई बचाउँछन् ।

  • 2परमप्रभुले त्यसलाई सुरक्षित राख्‍नुहुनेछ र त्यसलाई जीवित राख्‍नुहुनेछ, र त्यो पृथ्वीमा आशिषित् हुनेछ । परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।

  • 37बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।

  • 17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।

  • 29शाऊलका कुल बेन्‍यामीनबाट तिन हजार जना थिए । तिमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलप्रति निष्‍ठावान् थिए ।

  • 12किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ । तिनीहरूका वरिपरि ढालले झैं तपाईंले कृपाले घेर्नुहुनेछ ।

  • 11कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो ।

  • 22मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्‍नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्‍नेछ ।

  • 8ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ ।

  • 20इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्, ‘परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌’।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे ।