उपदेशक 10:7
मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः
6मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।
10मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!
6राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
7उच्च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्नु उत्तम हुन्छ ।
40उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।
9आफ्नो प्रतिष्ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्नु बेस हो ।
8जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।
9यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।
8खाडल खन्ने कोही पनि त्यसभित्र खस्न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्न सक्छ ।
9मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।
10यसरी दुष्टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।
14पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्वस्त छन् ।
15अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए ।
22राजा भएको नोकर, खानाले टन्न अघाएको मूर्ख,
16त्यो देशलाई धिक्कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्न थाल्छन्!
17तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्!
7धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।
10त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
3मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्कासि त्यसको घरलाई सराप दिएँ ।
10मानव-जातिलाई पुरा गर्न परमेश्वरले दिनुभएको काम मैले देखेको छु ।
19परमेश्वरले अगुवाहरूको पक्ष लिनुहुन्न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।
11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
10यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।
34हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्डका सबै छोराहरूमध्ये त्यो त राजा नै हो ।”
10ए सेता गधाहरूमा बसेर सवार हुनेहरू, पिठ्युँका राडीहरूमा बस्नेहरू र सडकमा हिंड्नेहरू हो, यसको बारेमा विचार गर ।
8ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्नुहुन्छ ।
1¶ मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्है थिचेको छ ।
4“युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
29के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।
6जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?
10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।
12हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्ची ।
7मैले कमारा-कमारीहरू किनेँ । मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए । यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा-बाख्राका बगाल र गाईवस्तुका बथान बढी थिए ।
9निश्चय नै निम्न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्च स्तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
7जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्कन्थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें,
13मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्यो ।
1¶ हेर, एक जना राजाले धर्मिकतामा राज्य गर्नेछन् र शासकहरूले न्यायमा राज्य गर्नेछन् ।
8कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।
8तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्जतदार मानिस त्यसमा बसोबास गर्नुभए पनि,
7सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!
21जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्ट भोग्ने छ ।
8उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।
21उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्नुहुन्छ ।
11तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्नलाई तिनीहरूले आफ्ना आँखा लगाउँछन् ।
23उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्छ र पृथ्वीका शासकहरूलाई नगन्य बनाउनुहुन्छ ।
7कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्चै धनी हुन्छ ।
4तिमीहरूले साँच्चै यी कुरा गर्यौ भने, दाऊदको सिंहासनमा बस्ने राजाहरू, रथ र घोडाहरूमा सवार ऊ, उसका सेवकहरू र उसका मानिसहरू यी ढोकाहरूभित्र यो मन्दिरमा पस्नेछन् ।
12के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्छन् र? के कसैले त्यहाँ गोरू जोत्छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्ततामा परिणत गरेका छौ ।
3तिनीहरूले आफ्ना दुष्टताले राजालाई, र आफ्ना झुटले अधिकारीहरूलाई खुशी बनाउँछन् ।