उपदेशक 3:8

अनलक शाब्दिक बाइबल

प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 14:26 : 26 “यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
  • एफिसी 5:25 : 25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर ।
  • एफिसी 5:28-29 : 28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ । 29 कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ ।
  • तीत 2:4 : 4 तजवान स्‍त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,
  • प्रका 2:2 : 2 तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।
  • एफिसी 3:19 : 19 तिमीहरूले ख्रीष्‍टको प्रेमको महानतालाई बुझ्‍न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्‍वरको समपूर्णताले भरिन सक भनेर यसो गर ।
  • उत्प 14:14-17 : 14 जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्‍ना घरमा नै जन्मेका तालिम प्राप्‍त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे । 15 तिनले आफ्‍ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ । 16 17 अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्यका) उपत्यकामा गए ।
  • यहो 8:1-9 : 1 ¶ परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “नडरा; निरुत्साहित नहो । युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा । ऐमा जा । हेर्, मैले ऐका राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको भूमिलाई तेरो हातमा दिएको छु । 2 तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू । 3 त्यसैले यहोशू उठे र तिनीसँग भएका युद्ध गर्ने सबै मानिसलाई लिए । त्यसपछि यहोशूले बलियो र सहासी तिस हजार मानिस चुनी तिनीहरूलाई राति नै पठाए । 4 तिनले तिनीहरूलाई आज्ञा गरे, “हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ । 5 म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ । 6 हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ । 7 त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ । 8 जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु । 9 यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू लुक्‍ने ठाउँतिर गएर तिनीहरू ऐको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुके । 10 यहोशू बिहान सबेरै उठे र तिनका सिपाहीहरूलाई तयार पारे । योहोशू र इस्राएलका धर्म-गुरुहरूले ऐका मानिसहरूलाई आक्रमण गरे । 11 तिनीसँग भएका लड्ने मानिसहरू गए र सहरको नजिक पुगे । तिनीहरू सहरको नजिक आइपुगे र ऐको उत्तरतिर छाउनी हाले । ऐ र तिनीहरू बिचमा एउटा बेँसी थियो । 12 तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुक्‍न पठाए । 13 तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर र पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्‍चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे । त्यस रात यहोशूले बेँसीमा नै रात बिताए । 14 जब ऐका राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन । 15 यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे । 16 सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो । 17 इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे । 18 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भालालाई ऐतिर पसार, किनभने म ऐलाई तेरो हातम दिने छु ।” यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे । 19 तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्‍के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए । 20 ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए । 21 जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र ऐका मानिसहरूलाई मारे । 22 सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् । 23 तिनीहरूले ऐका राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए । 24 जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा ऐका बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल ऐतिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे । 25 त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । ऐका सबै मानिस यति नै थिए । 26 यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् । 27 परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए । 28 यहोशूले ऐलाई जलाए र यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ । 29 तिनले ऐका राजालाई साँझसम्मै रुखमा झुण्ड्याए । जब सूर्य अस्ताउँदै थियो, यहोशूले आज्ञा दिए र तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले र यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके । तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए । त्यहाँ त्यो थुप्रो आजसम्म पनि छ ।
  • यहो 11:23 : 23 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।
  • २ शमू 10:6-9 : 6 जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए । 7 जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए । 8 अम्‍मोनीहरू बाहिर निस्‍के र आफ्‍नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए । 9 जब योआबले अगाडी र पछाडी दुवैतिरबाट युद्धको मोर्चाले आफूतिर सामना गरेको देखे, तिनले इस्राएलका केही उत्कृष्‍ट योद्धाहरूलाई छाने र तिनीहरूलाई आरामीहरूको विरुद्ध परिचालन गरे । 10 तिनका बाँकी मानिसलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा दिए र तिनले उनीहरूलाई बाहिर अम्‍मोनको फौज विरुद्ध लड्नलाई पठाए । 11 योआबले भने, “आरामीहरू मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ । तर अम्‍मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने, म आउने छु र तिम्रो उद्धार गर्ने छु । 12 बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं, किनकि परमप्रभुले आफ्‍ना मानिसका निम्‍ति जे असल हुन्‍छ सो गर्नुहुने छ ।” 13 त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्‍न बाध्य भए । 14 जब अम्‍मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्‍मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए । 15 जब आरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भएको देखे, तब उनीहरूले फेरि आफूलाई एकसाथ भेला पारे । 16 त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका आरामी सेनाहरूलाई पनि लिन पठाए । उनीहरू हेलाममा आए र हददेजरका फौजका कमाण्‍डर शोबाक तिनीहरूको अगिअगि गए । 17 जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे । 18 आरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालिस हजार घोडचढीलाई मारे । उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए र त्यहीँ मरे । 19 जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्‍त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्‍मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।
  • १ राजा 5:4 : 4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ ।
  • २ इति 19:2 : 2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
  • २ इति 20:1-9 : 1 ¶ यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए । 2 त्यसपछि केही यहोशापातकहाँ यसो भन्‍दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठुलो भिड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा छन् ।” 3 यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे । 4 परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए । 5 यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि यहोशापात खडा भए । 6 तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्‍वर्गका परमेश्‍वर हुनुहुन्‍न र? के तपाईं जातिहरूका सबै राज्‍यका शासक हुनुहुन्‍न र? शक्ति र बल तपाईंका हातमा छन्‌ । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन । 7 हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र? 8 तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्र स्थान बनाए, 9 ‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुने छ र हामीलाई बचाउनुहुने छ ।' 10 अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्रदेशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् । 11 हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ । 12 हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।” 13 सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्‍नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए । 14 तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा आउनुभयो । 15 यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो । 16 तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्‍थान अगि भेट्‌ने छौ । 17 यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’” 18 यहोशापातले आफ्‍नो शिरलाई भूइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे । 19 कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए । 20 तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।” 21 मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।” 22 जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले यहूदासँग युद्ध गर्न आइरहेका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूको विरूद्ध ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो । उनीहरू परास्‍त भए । 23 किनकि सेइर पर्वतका मानिसहरूलाई पूर्ण रूपले मारेर सिद्ध्‍याउन र तिनीहरूलाई नाश गर्न भनेर अम्‍मोनी र मोआबीहरू तिनीहरूका विरुद्धमा उठे । जब तिनीहरूले सेइरका बासिन्‍दाहरूलाई नाश गरेर सिद्ध्‍याए, तब तिनीहरू सबैले एक-अर्कालाई नाश गर्न मदत गरे । 24 जब यहूदाका मानिसहरू उजाड-स्‍थान देखिने अल्‍गो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन । 25 जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्‍मा गर्न आउँदा, तिनीहरूले उनीहरूका बिचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्‍य थोकहरू भेटाए, जसलाई तिनीहरूले बोक्‍न सक्‍नेभन्‍दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्‍यो सह्रै धेरै थियो । 26 चौथो दिन तिनीहरू बराकाहको बेसीमा भेला भए । तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरे। यसैले त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म पनि, ‘बराकाको बेसी’ रहेको छ । 27 त्‍यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो । 28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए । 29 परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो । 30 यसरी यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनकि तिनका परमेश्‍वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो ।
  • भजन 139:21 : 21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
  • यहे 16:8 : 8 म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्‍ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्‍नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्‍याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उप 3:1-7
    7 पदहरू
    87%

    1¶ हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।

    2जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्‍ने एउटा समय छ, र उखेल्ने एउटा समय ।

    3मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।

    4रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।

    5ढुङ्गा फ्याँक्‍ने एउटा समय छ, र ती बटुल्ने एउटा समय । अरू मानिसलाई अङ्गाल्ने एउटा समय छ, र त्यसबाट अलग रहने एउटा समय ।

    6खोजी गर्ने एउटा समय छ, र खोज्न छाड्ने एउटा समय । राख्‍ने एउटा समय छ, र फाल्ने एउटा समय ।

    7लुगा च्यात्‍ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्‍ने एउटा समय छ, र बोल्ने एउटा समय ।

  • उप 3:9-12
    4 पदहरू
    75%

    9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?

    10मानव-जातिलाई पुरा गर्न परमेश्‍वरले दिनुभएको काम मैले देखेको छु ।

    11परमेश्‍वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन ।

    12मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।

  • 9मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।

  • उप 3:15-17
    3 पदहरू
    72%

    15जे अस्तित्वमा छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । जे अस्तित्वमा रहने छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । लुकिएका कुराहरूको खोजी गर्न परमेश्‍वरले मानिसहरूलाई बनाउनुहुन्छ ।

    16सूर्यमूनिको दुष्‍टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्‍टता थियो ।

    17मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्‍वरले धर्मीहरू र दुष्‍टहरूको न्याय गर्नुहुने छ ।”

  • उप 8:5-6
    2 पदहरू
    71%

    5राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।

    6हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्‍टहरू धेरै छन् ।

  • 1¶ मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्‍वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।

  • भजन 120:6-7
    2 पदहरू
    67%

    6किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।

    7म शान्तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्छन् ।

  • उप 2:17-18
    2 पदहरू
    67%

    17सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ । यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

    18सूर्यमूनि मैले काम गरेर हासिल गरेका मेरा सबै प्राप्‍तिहरूलाई मैले घृणा गरेँ, किनकि मैले ती मपछि आउनेको लागि छोड्नैपर्छ ।

  • 6तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् । सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन् ।

  • 3सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।

  • 14समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्‍वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन ।

  • उप 9:11-13
    3 पदहरू
    66%

    11मैले सूर्यमूनि केही रोचक कुराहरू देखेको छुः तीव्रगतिमा कुद्‍नेहरूले दौड जित्दैनन् । बलिया मानिसहरूले युद्ध जित्दैनन् । बुद्धिमान् मानिसहरूले रोटी पाउँदैनन् । समझशक्ति भएका मानिसहरूले धन-सम्पत्ति पाउँदैनन् । ज्ञान भएका मानिसहरूले निगाह पाउँदैनन् । बरु, समय र अवसरले तिनीहरू सबैलाई प्रभाव पार्छन् ।

    12निश्‍चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।

    13मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्‍यो ।

  • 18अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।

  • 14पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो ।

  • उप 1:9-10
    2 पदहरू
    66%

    9जे भएको छ, त्यो हुने छ, र जे गरिएको छ, त्यो गरिने छ । सूर्यमूनि केही पनि नयाँ छैन ।

    10के यस्तो कुनै कुरो छ जसको विषयमा 'हेर्, यो त नयाँ छ' भन्‍न सकिन्छ? जे अस्तित्वमा छ, त्यो लामो समयदेखि अस्तित्वमा रहिआएको छ, हामीभन्दा धेरै पहिले देखि रहँदै आएको छ ।

  • 15हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।

  • 13यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो ।

  • 10किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए, मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन, र आउने र जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन । मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ ।

  • 22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?

  • 1¶ मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्‍है थिचेको छ ।

  • 8उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”

  • 1¶ तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।

  • 13परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।

  • 4तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

  • 4एउटा पुस्ता जान्छ, र अर्को पुस्ता आउँछ, तर पृथ्वीचाहिँ सदासर्वदा रहिरहन्छ ।

  • 11दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।

  • 13आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्‍टकर काम हो जुन परमेश्‍वरले मानिसहरूलाई व्यस्त राख्‍न दिनुभएको हो ।

  • 12घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।

  • 36तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”

  • 17मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् ।

  • 3उहाँले धेरै जातिहरूको न्याय गर्नुहुनेछ र टाढा-टाढा भएका धेरै जातिहरूका विषयमा निर्णय गर्नुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउँनेछन् । एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउने छैन, नत तिनीहरूले अबदेखि युद्धको निम्ति तालिम लिनेछन् ।

  • 4उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।

  • 5त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्‍ट थियो ।