उपदेशक 8:3

अनलक शाब्दिक बाइबल

तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उप 10:4 : 4 तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।
  • यशा 48:4 : 4 किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो,
  • यिर्मि 44:16-17 : 16 तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं । 17 किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।
  • दानी 4:35 : 35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
  • दानी 5:19 : 19 परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो ।
  • प्रेरि 5:8-9 : 8 पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।” 9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।
  • १ राजा 1:50-52 : 50 अदोनियाह सोलोमनदेखि डराएर उठे अनि गएर वेदीका सिङहरू समाते । 51 त्यसपछि सोलोमनलाई यसो भनियो, “हेर्नुहोस्, अदोनियाह राजा सोलोमनदेखि डराएका छन्, किनकि तिनले यसो भन्दै वेदीका सिङहरू समातेका छन्, ‘राजा सोलोमनले आफ्ना दासलाई तरवारले नमारून् भनी उहाँले पहिले मसित शपथ खानुभएको होस्' ।” 52 सोलोमनले भने, “तिनले आफैलाई योग्य मानिस साबित गरे भने तिनको इच्छाविना एउटा रौँ पनि भुइँमा झर्ने छैन, तर तिनमा दुष्टता पाइयो भने तिनी मर्ने छन् ।”
  • १ राजा 2:21-24 : 21 उनले भनिन्, “तिम्रो दाजु अदोनियाहलाई शूनम्मी अबीशग पत्नीको रूपमा देऊ ।” 22 राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न?” 23 तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून् । 24 त्यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि आज निश्चय नै अदोनियाह मारिने छन् ।”
  • नीति 14:29 : 29 धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
  • नीति 16:14-15 : 14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ । 15 राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो ।
  • नीति 30:31 : 31 शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2राजाको रक्षा गर्ने परमेश्‍वरको शपथको कारण तिनको आज्ञा मान्‍न म तँलाई सल्लाह दिन्छु ।

  • उप 8:4-5
    2 पदहरू
    78%

    4राजाको वचनले शासन गर्छ । त्यसले कसले तिनलाई यसो भन्‍न सक्छ, “तपाईं के गर्दै हुनुहुन्छ?”

    5राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।

  • नीति 25:6-8
    3 पदहरू
    74%

    6राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।

    7उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्‍नु उत्तम हुन्छ ।

    8तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?

  • नीति 24:18-19
    2 पदहरू
    73%

    18नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।

    19खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर् ।

  • अय्यू 23:13-14
    2 पदहरू
    72%

    13तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।

    14किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्‍यस्ता कुराहरू त्‍यहाँ धेरै छन् ।

  • 27खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।

  • उप 10:4-5
    2 पदहरू
    71%

    4तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।

    5सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः

  • 7उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्‍टि हटाउनुहुन्‍न, तर त्‍यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्‍नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।

  • भजन 37:7-8
    2 पदहरू
    71%

    7परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।

    8क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्‍यामा मात्र पार्छ ।

  • 21किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।

  • 29के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।

  • 7तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।

  • 12उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'

  • 8जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।

  • 12उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्‍छ, त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।

  • 27दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।

  • 21हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर् ।

  • विलाप 3:37-38
    2 पदहरू
    70%

    37परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?

    38के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?

  • 11ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।

  • 18यो बुद्धिलाई पक्रेर राख्‍नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्‍वरको भय मान्‍ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ ।

  • 23तिनीहरू सुरक्षित छन्, र तिनीहरू यसबारे खुसी छन् भनी परमेश्‍वरले तिनीहरूलाई सोच्न दिनुहुन्छ, तर उहाँका आँखा तिनीहरूका मार्गमा हुन्‍छन् ।

  • 4निश्‍चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्‍वर हुनुहुन्‍न । दुष्‍ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।

  • 14मलाई थाहा छ, कि परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ । त्यसमा केही थप्‍न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्‍वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।

  • 13तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।

  • 23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।

  • 2खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।

  • 27तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् ।

  • 21तपाईं पाप गर्नतिर नफर्कनलाई होसियार हुनुहोस्, किनकि तपाईंले पाप गर्न नपरोस् भनेर कष्‍टद्वारा तपाईंको जाँच हुँदैछ ।

  • 11दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।

  • 10मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!

  • 1¶ परमेश्‍वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् । मूर्खहरूको बलिदान चढाउनुभन्दा सुन्‍नलाई नजिक जा, किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन् ।

  • 1¶ राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।

  • 3परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ ।

  • 26शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ ।

  • 21मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।

  • 35सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”

  • 3त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्‍छा गर्दैन ।

  • 18तपाईंको रिसले तपाईंलाई गिल्ला पाउने नबनाओस्, वा घुसको ठुलो रकमले तपाईंलाई पाखा नलगाओस् ।

  • 21बोलिएको हरेक वचनलाई नसुन्, किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास् ।

  • 6परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ ।

  • 3हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्‍छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।

  • 19परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।