एफिसीहरू 1:1
¶ पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको एक प्रेरितबाट परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्ट येशूमा विश्वासयोग्य भएकाहरूलाई,
¶ पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको एक प्रेरितबाट परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्ट येशूमा विश्वासयोग्य भएकाहरूलाई,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2हाम्रा पिता परमेश्वर र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
1¶ ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल,
2मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह, कृपा र शान्ति ।
1¶ पावल, परमेश्वरको इच्छा अनुसार येशू ख्रीष्टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्वासीहरूलाई ।
2हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।
1¶ पावल, परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
2कलस्सेमा ख्रीष्टमा भएका विश्वासीहरू र विश्वसनीय भाइहरू, परमेश्वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3हामी परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं ।
4येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वास तथा परमेश्वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
1¶ प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्टका दास पावल ।
2उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।
1¶ हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञा अनुसार येशू ख्रीष्टको प्रेरित पावल,
2विश्वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
1¶ ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्पीमा भएका ख्रीष्ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
1¶ पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई,
2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति ।
1¶ परमेश्वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
2कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, ख्रीष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
3हाम्रा परमेश्वर पिता र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
4ख्रीष्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु ।
1¶ परमेश्वरका सेवक र येशू ख्रीष्टका प्रेरित पावल परमेश्वरद्वारा चुनिएका मानिसहरूको विश्वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्तिसित सहमत हुँदछ,
1¶ पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
1¶ ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
2अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
4तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्वरलाई धन्यवाद दिन्छु ।
5प्रभु येशूमा भएको तिम्रो विश्वास र प्रेम र अरू विश्वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु ।
1¶ म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।
2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
3परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
4जसले हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।
7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
8पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ ।
15यसकारण प्रभु येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,
1¶ येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्टमा हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाई ।
2तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्वर र येशू ख्रीष्टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
1¶ यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्टको एक कैदी हुँ ।
23ख्रीष्टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् ।
1¶ पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्टका प्रेरित पत्रुसबाट ।
5उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
1¶ परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक याकूबबाट, छरपष्ट भएका बाह्र कुललाई अभिवादन ।
7यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्टको विश्वसनीय सेवक हुन् ।
17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
23परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् ।
12हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
9परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
3परमेश्वर पिता र येशू ख्रीष्ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।
25हाम्रा येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।