एफिसीहरू 1:5

अनलक शाब्दिक बाइबल

प्रेममा परमेश्‍वरले हामीलाई येशू ख्रीष्‍टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्‍न हुनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एफिसी 1:11 : 11 येशू ख्रीष्‍टमा हामी परमेश्‍वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।
  • रोमी 8:29-30 : 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो । 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
  • १ यूह 3:1 : 1 ¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
  • रोमी 8:14-17 : 14 किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् । 15 किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं । 16 हामी परमेश्‍वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ । 17 यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
  • रोमी 8:23 : 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ ।
  • गलाती 3:26 : 26 किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ ।
  • गलाती 4:5-6 : 5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो । 6 तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
  • यूह 1:12 : 12 तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
  • यूह 11:52 : 52 राष्‍ट्रको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो ।
  • २ थेस 1:11 : 11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्‍वासको हरेक काम शक्‍तिद्वारा पुरा गरून् ।
  • इब्रा 2:10-15 : 10 यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो । 11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न । 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।” 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
  • इब्रा 12:5-9 : 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ । 6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।” 7 कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र? 8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ । 9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?
  • फिलि 2:13 : 13 किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
  • प्रका 21:7 : 7 जसले विजय प्राप्‍त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
  • लू 10:21 : 21 त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो ।”
  • यिर्मि 3:4 : 4 के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र ।
  • यिर्मि 3:19 : 19 मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्‍ने थिएँ ।
  • दानी 4:35 : 35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
  • हो 1:10 : 10 तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्‍न वा गन्‍न सकिंदैन । त्‍यो त्‍यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्‍वरका मानिसहरू हौ ।’
  • एफिसी 1:9 : 9 परमेश्‍वरले आफ्नो इच्छा अनुसार ख्रीष्‍टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्‍त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो ।
  • १ कोरि 1:21 : 21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।
  • २ कोरि 6:18 : 18 म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्‍तिमान् परमेश्‍वर भन्‍नुहुन्छ ।
  • रोमी 9:11-16 : 11 किनकि सन्तानहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” 13 जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ ।” 14 त्यसो हो भने, हामी के भनौँ त? के परमेश्‍वरसित अधार्मिकता छ त? कहिल्यै यस्तो नहोस् । 15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउँछु ।” 16 त्यसैले, यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।
  • १ कोरि 1:1 : 1 ¶ परमेश्‍वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
  • मत्त 11:26 : 26 हो, पिता, किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो ।
  • लू 11:32 : 32 निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ ।
  • यूह 20:17 : 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 1:3-4
    2 पदहरू
    86%

    3परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।

    4यस संसारको सृष्‍टिभन्दा पहिले नै हामी ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले चुन्‍नुभयो । उहाँको दृष्‍टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्‍नुभयो ।

  • एफिसी 1:6-12
    7 पदहरू
    86%

    6नतिजा यो हो, कि परमेश्‍वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ ।

    7अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ ।

    8पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रश‍स्त मात्रामा हामीलाई दिनुभएको थियो ।

    9परमेश्‍वरले आफ्नो इच्छा अनुसार ख्रीष्‍टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्‍त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो ।

    10उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्‍टमा परमेश्‍वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।

    11येशू ख्रीष्‍टमा हामी परमेश्‍वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।

    12उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्‍वरले यो गर्नुभयो । हामी ख्रीष्‍टमा भरोसा राख्‍ने पहिलो व्‍यक्तिहरू थियौँ ।

  • 11हाम्रा प्रभु, ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ ।

  • रोमी 8:29-30
    2 पदहरू
    77%

    29किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो ।

    30जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।

  • 9जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।

  • 10किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ ।

  • 5हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।

  • 18उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।

  • एफिसी 2:3-5
    3 पदहरू
    75%

    3हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।

    4तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।

    5जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ ।

  • 15तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।

  • 20येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।

  • 11किनकि सन्तानहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर

  • एफिसी 2:7-8
    2 पदहरू
    73%

    7आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ ।

    8किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।

  • 73%

    12हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।

    13उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।

    14उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।

  • 4जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।

  • 5हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।

  • 23यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमा प्रकट गर्न यसो गर्नुभएको हो भने के त?

  • १ पत्रु 1:2-3
    2 पदहरू
    73%

    2येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।

    3परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।

  • 14हामीले हाम्रो उत्तराधिकार प्राप्‍त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्‍चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।

  • 13प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा र सत्यताको विश्‍वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्‍नुभयो,

  • 9किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो ।

  • 13यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्‍मेका थिए, तर परमेश्‍वरबाट जन्‍मेका थिए ।

  • 4परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।

  • 30परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।

  • 19किनकि आफ्ना सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा,

  • 7ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्‍का उत्तराधिकारीहरू भयौँ ।

  • 19हामी विश्‍वास गर्नेहरूमा उहाँको शक्तिको अत्याधिक महानताको विषयमा तिमीहरूले जान्‍न सकोस् भनेर म प्रार्थना गर्दछु । यो महानता उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो ।

  • 2उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।

  • 5उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।

  • 1¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।

  • 24ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।

  • 13किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।

  • 3आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।

  • 1¶ त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।

  • 1¶ हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौँ ।

  • 21अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।