एफिसीहरू 6:2

अनलक शाब्दिक बाइबल

“आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 20:12 : 12 आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।
  • व्यव 27:16 : 16 'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
  • नीति 20:20 : 20 कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
  • यिर्मि 35:18 : 18 यर्मियाले रेकाबीहरूको परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले आफ्ना पुर्खा योनादाबका आज्ञाहरू सुनेका छौ र ती सबै पालन गरेका छौ— उसले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले पालन गरेका छौ—
  • यहे 22:7 : 7 तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन्‌, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्‌ ।
  • मल 1:6 : 6 “छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ?” सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्‍नुहुन्छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ?’
  • मत्त 15:4-6 : 4 किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ ।’ 5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने, 6 त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ ।
  • मर 7:9-9 : 9 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक! 10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’ 11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ) ।” 12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ । 13 तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
  • रोमी 13:7 : 7 तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।

  • व्यव 5:16-17
    2 पदहरू
    85%

    16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।

    17हत्या नगर्नू ।

  • निर्ग 20:12-13
    2 पदहरू
    83%

    12आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।

    13कसैको हत्या नगर्नू ।

  • एफिसी 6:3-5
    3 पदहरू
    83%

    3“ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक ।”

    4र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।

    5दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्‍टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।

  • मत्त 15:4-6
    3 पदहरू
    79%

    4किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ ।’

    5तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने,

    6त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ ।

  • नीति 6:20-21
    2 पदहरू
    79%

    20हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।

    21तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।

  • 19आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”

  • मर 7:10-12
    3 पदहरू
    76%

    10किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’

    11तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ) ।”

    12तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ ।

  • 74%

    20छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।

    21बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन् ।

  • 8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।

  • 16'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

  • 6बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।

  • 22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।

  • 15आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

  • 17आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ ।

  • 9आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्‍यको हुन्छ ।

  • 6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।

  • व्यव 6:1-3
    3 पदहरू
    71%

    1¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।

    2तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू ।

    3त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।

  • 20तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”

  • 11आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।

  • व्यव 6:5-7
    3 पदहरू
    71%

    5तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।

    6आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।

    7अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।

  • 3हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • व्यव 6:17-18
    2 पदहरू
    70%

    17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

    18तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,

  • 19तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”

  • 21ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।

  • 25तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।

  • 20भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन्?' भनी सोध्दा

  • 8यसकारण यसकारण ए मेरो छोरो, मैले तँलाई दिएका आज्ञा मान् ।

  • 1¶ हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।

  • 4तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।

  • 38योचाहिँ पहिलो र महान् आज्ञा हो ।

  • 26आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ ।

  • 32फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्‍वरको भय मान । म परमप्रभु हुँ ।

  • 30तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’