एस्थर 2:3

अनलक शाब्दिक बाइबल

राजाले शूशनको किल्लाको स्‍त्री-घरमा सबै सुन्दरी कन्या युवतीहरू ल्याउनलाई आफ्नो राज्यका सारा प्रान्तहरूमा अधिकारीहरू नियुक्त गर्ने काम होस् । तिनीहरूलाई स्‍त्रीहरूको निरिक्षक राजाका अधिकारी हेगेको हेरचाहमा राखियोस्, र तिनले उनीहरूलाई आफ्‍ना सिङ्गारका सामानहरू उपलब्ध गराऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एस्थ 1:1-2 : 1 ¶ अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे । 2 ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे ।
  • एस्थ 2:8-9 : 8 जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् । 9 यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन् । तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए । तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्‍त्री-घरको सबैभन्दा राम्रो ठाउँमा सारे ।
  • एस्थ 2:12-15 : 12 स्‍त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार, छ महिनासम्म मूर्रको तेल दलेर र छ महिनासम्म अत्तरसाथै सिङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्‍याले बाहृ महिनासम्‍म सुन्‍दरतामा ध्‍यान दिएपछि—प्रत्‍येक स्‍त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो— 13 एक जना युवती राजाकहाँ जाँदा, स्‍त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो । 14 साँझमा तिनी भित्र जान्‍थिन्, र भोलिपल्‍ट बिहान तिनी दोस्रो स्‍त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्‍नीहरूका निरिक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्‍थे । राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जानछैनन् । 15 जब राजाकहाँ जाने एस्तरको पालो आयो, (मोर्दकैका काका अबीहेलकी छोरी, जसलाई तिनले आफ्नै छोरी बनाएका थिए) स्‍त्रीहरूका निरक्षक राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक उनले कुनै कुनै थोक मागिनन् । एस्तरलाई देख्‍ने सबै जनाबाट उनले निगाह पाइन् ।
  • यशा 3:18-23 : 18 त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू, 19 कुण्डलहरू, बालाहरू, झुम्‍काहरू, 20 शिर ढाक्‍नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू, 21 औंठीहरू, नत्थहरू, 22 चाडका वस्‍त्रहरू, पछ्‍यौराहरू, घुम्‍टोहरू, हाते-ब्‍यागहरू, 23 हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एस्थ 2:1-2
    2 पदहरू
    91%

    1¶ यी कुरापछि जब राजा अहासूरसको रिस मर्‍यो तिनले वश्ती र उनले गरेकी कुराको बारेमा सोचे । तिनले उनको विरुद्धमा निकालेको आदेशको बारेमा पनि सोचे ।

    2तब राजाको सेवा गर्ने जवान मानिसहरूले तिनलाई भने, “राजाको लागि सुन्दरी कन्या युवतीहरूको खोजी गर्ने काम होस् ।

  • एस्थ 2:7-9
    3 पदहरू
    85%

    7तिनले हदस्सा अर्थात् आफ्ना काकाकी छोरी एस्तरको हेरचाह गर्दै थिए, किनकि उनका बुबाआमा थिएनन् । यी युवतीको चेहरा सुन्दर थियो, र हेर्दा राम्री देखिन्‍थिन् । मोर्दकैले उनलाई आफ्नै छोरीको रूपमा लिएका थिए ।

    8जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् ।

    9यी युवतीले तिनलाई खुसी पारिन्, र उनले तिनको निगाह पाइन् । तिनले तुरुन्तै उनको लागि सिङ्गारका सामानहरू र उनको खानाको हिस्सा उपलब्ध गराए । तिनले उनको लागि राजदरबारका सात जना सेविका तोकिदिए, र तिनले उनी र उनका सेविकाहरूलाई स्‍त्री-घरको सबैभन्दा राम्रो ठाउँमा सारे ।

  • 4राजालाई खुसी पार्ने युवतीचाहिं वश्तीको सट्टामा रानी होऊन् ।” राजालाई यो सल्लाह मन पर्‍यो, र तिनले त्यसै गरे ।

  • एस्थ 2:11-19
    9 पदहरू
    80%

    11एस्तरको अवस्था र उनलाई के गरिन्छ भनी जान्‍न हरेक दिन मोर्दकै स्‍त्री-घरको बाहिरपट्टि चोकमा ओहोर-दोहोर गर्थे ।

    12स्‍त्रीहरूका लागि तोकिएको प्रावधानअनुसार, छ महिनासम्म मूर्रको तेल दलेर र छ महिनासम्म अत्तरसाथै सिङ्गारका सामानहरूले सिङ्गारिएर हरेक कन्‍याले बाहृ महिनासम्‍म सुन्‍दरतामा ध्‍यान दिएपछि—प्रत्‍येक स्‍त्रीको राजा अहासूरसकहाँ जाने पालो आउँथ्यो—

    13एक जना युवती राजाकहाँ जाँदा, स्‍त्री-घरबाट तिनलाई जे लिएर जाने इच्छा हुन्‍थ्‍यो त्‍यो तिनलाई राजदरबारमा लान दिइन्थ्यो ।

    14साँझमा तिनी भित्र जान्‍थिन्, र भोलिपल्‍ट बिहान तिनी दोस्रो स्‍त्री-घरमा फर्केर आउँथिन्, र फर्केर आएकाहरू उपपत्‍नीहरूका निरिक्षक राजाका अधिकारी शाश्गजको अधीनमा रहन्‍थे । राजाले तिनलाई मन पराएर फेरि तिनलाई नबोलाएसम्म तिनी फेरि राजाकहाँ फर्केर जानछैनन् ।

    15जब राजाकहाँ जाने एस्तरको पालो आयो, (मोर्दकैका काका अबीहेलकी छोरी, जसलाई तिनले आफ्नै छोरी बनाएका थिए) स्‍त्रीहरूका निरक्षक राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक उनले कुनै कुनै थोक मागिनन् । एस्तरलाई देख्‍ने सबै जनाबाट उनले निगाह पाइन् ।

    16अहासूरसको सातौँ वर्षको दसौँ महिना अर्थात् तेबेत महिनामा एस्तरलाई राजाको राजकीय बासस्थानमा लगियो ।

    17राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए ।

    18राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।

    19अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।

  • एस्थ 1:8-22
    15 पदहरू
    78%

    8“जबरजस्ती गरिनुहुँदैन” भन्‍ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो, किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए ।

    9रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्‍त्रीहरूलाई एउटा भोज दिइन् ।

    10सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्‍न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई,

    11रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।

    12तर अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन् । तब राजा सार्‍है रिसाए । आफूभित्रै तिनी रिसले क्रुद्ध भए ।

    13त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो) ।

    14फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए ।

    15राजाले सोधे, “अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ?”

    16राजा र अधिकारीहरूका सामु ममूकानले भने, “रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ ।

    17रानीको यो विषय सारा स्‍त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्‍यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्‍नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।'

    18आजको दिन समाप्‍त नहुँदै रानीको यस विषयलाई सुन्‍ने फारस र मादीका कुलीन स्‍त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्‍नेछन् । धेरै अनादर र क्रोध पैदा हुनेछ ।

    19राजालाई यस कुराले खुसी लाग्‍छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस् । राजाले उनीभन्दा अझै असल स्‍त्रीलाई उनको स्‍थानमा रानीको दर्जा दिइयोस् ।

    20जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ, तब ठुलादेखि साना सबै जनाको पत्‍नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन् ।”

    21यस सल्लाहबाट राजा र तिनका कुलिनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे ।

    22तिनले सारा राजकीय प्रान्तमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार र हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिट्ठीहरू पठाए । हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए । साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो ।

  • एस्थ 1:1-3
    3 पदहरू
    74%

    1¶ अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे ।

    2ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे ।

    3आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए । फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्‍तका गभर्नरहरू तिनको उपस्थितिमा थिए ।

  • दानी 1:3-4
    2 पदहरू
    72%

    3राजाले आफ्ना प्रमुख अधिकारी अशपेनजलाई इस्राएलका राजकीय परिवार र कुलिनहरूबाट केही मानिसहरू ल्याउने हुकुम गरे—

    4खोटबिनाका जवान मानिसहरू, आकर्षक देखिनेहरू, सबै बुद्धिका सीप भएकाहरू, ज्ञान र समझले भरिएकाहरू, र राजाको दरवारमा सेवा पुर्‍याउनलाई योग्यहरू हुनुपर्थ्‍यो । तिनले उनीहरूलाई बेबिलोनका साहित्य र भाषा सिकाउनुपर्थ्‍यो ।

  • 14हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो ।

  • १ राजा 1:2-4
    3 पदहरू
    70%

    2त्यसैले तिनका सेवकहरूले तिनलाई भने, “हाम्रा मालिक राजाको लागि एउटी कन्या केटी खोजौँ । त्यसले राजाको सेवा गरोस् र उहाँको वास्ता गरोस् । त्यसले हाम्रा मालिक राजालाई न्यायो पार्न त्यो उहाँसित सुतोस् ।”

    3त्यसैले तिनीहरूले इस्राएलका सारा सिमानाभित्र एउटी सुन्दरी स्त्रीको खोजी गरे । तिनीहरूले शूनम्मी अबीशगलाई फेला पारी राजाकहाँ ल्याए ।

    4केटी अत्यन्तै सुन्दरी थिइन् । उनले राजाको सेवा गरिन् र तिनको वास्ता गरिन्, तर राजाले उनीसित सहवास गरेनन् ।

  • 5तब एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये हताकलाई तिनले बोलाइन् । के भएको थियो र यसको अर्थ के हो भनी जान्‍न उनले तिनलाई मोर्दकैकहाँ पठाइन् ।

  • 11हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्‍ति संगठित हुन, अनि तिनीहरू, बालबालिका, र स्‍त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्‍त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए ।

  • 8यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्‍त गर्नलाई गएर बिन्‍ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्‍मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।

  • 5यी दिन समाप्‍त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए । यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो । यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो ।

  • 12तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो ।

  • 14त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।

  • 13त्‍यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्‍तो देखिन्‍छ तुलना गरेर हेर्नुहोस्, र हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्‍नुहुन्छ, त्यसअनुसार व्यवहार गर्नुहोस् ।”

  • 2प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।

  • 9तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् । राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् । तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ' ।”

  • 5उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्‍छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।

  • 1¶ तिन दिनपछि एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजदरबारको सामु रहेको चोकमा खडा हुन गइन् । राजाचाहिँ राजदरबारको राजकीय सिंहासनमा बसेर मूल ढोकातर्फ हेरिरहेका थिए ।