एस्थर 6:14

अनलक शाब्दिक बाइबल

तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे । एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एस्थ 5:8 : 8 मैले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेकी छु भने र राजालाई मेरो बिन्ती पुरा गर्न र मेरो अनुरोधलाई आदर गर्न खुसी लाग्यो भने मैले हजुरको निम्ति भोली तयार गर्ने भोजमा राजा र हामानको सवारी होस्, अनि म राजाको प्रश्नको जवाफ दिनेछु ।”
  • एस्थ 5:14 : 14 तर तिनकी पत्‍नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्‍यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।
  • व्यव 32:35-36 : 35 बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु । 36 किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै छ, र तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् ।” किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ, र उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ । तिनीहरूको शक्ति गएको छ, र कमारा वा फुक्‍का कोही बाँकी छैन भनी उहाँले देख्‍नुहुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एस्थ 5:4-5
    2 पदहरू
    86%

    4एस्तरले भनिन्, “राजालाई खुसी लागेमा मैले हजुरको निम्ति तयार पारेको भोजमा हजुर र हामानको सवारी होस् ।”

    5तब राजाले भने, “एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।” त्यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए ।

  • 1¶ त्यसैले राजा र हामान रानी एस्तरसित भोजन गर्न गए ।

  • एस्थ 6:4-7
    4 पदहरू
    83%

    4राजाले भने, “चोकमा को छ?” अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए ।

    5राजाका सेवकहरूले तिनलाई भने, “हामान चोकमा उभिरहेका छन् ।” राजाले भने, “तिनी भित्र आऊन् ।”

    6जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन इच्छा गरेको मानिसलाई के गरिनुपर्छ?” हामानले आफ्नो हृदयमा भने, “मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र?”

    7हामानले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको छ,

  • एस्थ 5:8-14
    7 पदहरू
    82%

    8मैले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेकी छु भने र राजालाई मेरो बिन्ती पुरा गर्न र मेरो अनुरोधलाई आदर गर्न खुसी लाग्यो भने मैले हजुरको निम्ति भोली तयार गर्ने भोजमा राजा र हामानको सवारी होस्, अनि म राजाको प्रश्नको जवाफ दिनेछु ।”

    9त्यस दिन हामान आनन्दित र हृदयमा प्रसन्‍न भएर गए । तर जब हामानले राजाको ढोकामा मोर्दकैलाई न खडा भएको न त तिनको सामु डरले थरथर काँपेको देखे, तब तिनी मोर्दकैको विरुद्धमा रिसले चुर भए ।

    10तापनि हामानले आफैलाई नियन्त्रण गरी आफ्नो घर लागे । तिनले आफ्ना मित्रहरूलाई खबर पठाए र आफ्नी पत्‍नी जेरेशसहित तिनीहरूलाई एकसाथ भेला गरे ।

    11हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्‍ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी र सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए ।

    12हामानले भने, “रानी एस्तरले तयार पार्नुभएको भोजमा उहाँले राजासँगै आउन मबाहेक अरू कसैलाई निमन्त्रणा दिनुभएन । भोली पनि उहाँले राजासँगै मलाई निमन्त्रणा दिनुभएको छ ।

    13तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्‍दैन ।”

    14तर तिनकी पत्‍नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्‍यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।

  • एस्थ 7:6-10
    5 पदहरू
    81%

    6एस्तरले जवाई दिइन्, “त्यो विरोधी, शत्रु यही दुष्‍ट हामान हो ।” तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।

    7राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे, र राजमहलको बगैँचामा गए, तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्‍न त्यहीँ बसे । राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे ।

    8तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।

    9तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने, “हामानको घरको छेउमा पच्‍चिस मिटर लामो एउटा फाँसीको काठ खडा छ । महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्‍यो तयार पारेको हो ।” राजाले भने, “त्यसलाई त्‍यसैमा झुण्ड्याओ ।”

    10त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए । तब राजाको रिस मर्‍यो ।

  • एस्थ 6:10-13
    4 पदहरू
    79%

    10तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।”

    11तब हामानले पोशाक र घोडा ल्‍याए । तिनले मोर्दकैलाई उक्‍त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, “राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।”

    12मोर्दकै राजाको ढोकामा फर्के । तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए ।

    13हामानले आफूमाथि आइपरेका सबै कुरा आफ्नी पत्‍नी जेरेश र आफ्ना सबै मित्रहरूलाई बताए । तब बुद्धिको निम्ति कहलिएका तिनका मानिसहरू र तिनकी पत्‍नी जेरेशले तिनलाई भने, “मोर्दकै जसको सामुन्‍ने तपाईंको पतनको सुरु भएको छ, त्यो यहूदी हो भने तपाईंले त्यसलाई पराजित गर्न सक्‍नुहुनेछैन, तर निश्‍चय नै त्यसको सामु तपाईं पतन हुनेछ ।”

  • 12त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।

  • एस्थ 8:1-4
    4 पदहरू
    79%

    1¶ त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।

    2राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।

    3तब एस्तरले फेरि राजासित कुरा गरिन् । उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्‍त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन् ।

    4राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन् ।

  • 7राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।

  • एस्थ 4:5-7
    3 पदहरू
    77%

    5तब एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये हताकलाई तिनले बोलाइन् । के भएको थियो र यसको अर्थ के हो भनी जान्‍न उनले तिनलाई मोर्दकैकहाँ पठाइन् ।

    6त्यसैले हताक राजाको ढोकाको सामु सहरको खुला चोकमा मोर्दकैकहाँ गए ।

    7मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।

  • एस्थ 4:9-10
    2 पदहरू
    76%

    9त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए ।

    10तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् ।

  • 10सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्‍न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई,

  • 1¶ यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए ।

  • एस्थ 2:18-19
    2 पदहरू
    75%

    18राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।

    19अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।

  • 2प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।

  • 15तब एस्तरले मोर्दकैलाई यो सन्देश पठाइन्,

  • 4तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे । त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए ।

  • 21ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे ।

  • 6मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे ।

  • 8जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् ।

  • 15राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए । शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो । राजा र हामान पिउनलाई बसे, तर शूशन सहरमा भने हलचल मच्‍चियो ।

  • एस्थ 9:12-14
    3 पदहरू
    74%

    12राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान्? अब तिम्रो बिन्ती के हो? त्‍यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो? त्‍यो तिमीलाई दिइनेछ ।”

    13एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।”

    14त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।

  • 1¶ तिन दिनपछि एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजदरबारको सामु रहेको चोकमा खडा हुन गइन् । राजाचाहिँ राजदरबारको राजकीय सिंहासनमा बसेर मूल ढोकातर्फ हेरिरहेका थिए ।

  • 25तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए ।