एस्थर 9:32

अनलक शाब्दिक बाइबल

एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्‍का गर्‍यो, र यसलाई पुस्तकमा लेखियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एस्थ 9:26 : 26 त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एस्थ 9:19-31
    13 पदहरू
    91%

    19त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन् ।

    20मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,

    21जसमा हरेक वर्ष अदार महिनाको चौधौँ र पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्‍नुपर्ने गराए ।

    22यी दिनमा नै यहूदीहरूले आफ्‍ना शत्रुहरूबाट छुटकारा पाए, र यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा र शोक उत्सवमा परिणत भएको थियो । ति दिनलाई तिनीहरूले चाड र हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक-अर्कालाई र गरिबहरूलाई खनेकुरा उपहार पठाउनुपर्ने भनी स्‍थापित गरियो ।

    23त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए ।

    24त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्‍ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्‍यो ।

    25तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए ।

    26त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा,

    27यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे । यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो । हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो । हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्‍नुपर्ने भयो ।

    28हरेक पुस्ता, हरेक परिवार, हरेक प्रान्त र हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो । पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू र तिनका सन्तानहरूले विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन् ।

    29अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे ।

    30यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए ।

    31यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे ।

  • एस्थ 2:22-23
    2 पदहरू
    78%

    22मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन् ।

    23त्यो सुचनको अनुसन्धान भयो र पुष्‍टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो । यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो ।

  • एस्थ 10:1-2
    2 पदहरू
    76%

    1¶ तब राजा अहासूरसले आफ्नो साम्राज्य र समुद्री छेउका देशहरूमा कर लगाए ।

    2तिनको शक्ति र ताकतका सबै प्राप्‍तिसाथै राजाले उच्‍च दर्जा दिएका मोर्दकैको महानताको पूर्ण विवरण मादी र फारसका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।

  • 12तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो ।

  • एस्थ 4:7-10
    4 पदहरू
    75%

    7मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।

    8यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्‍त गर्नलाई गएर बिन्‍ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्‍मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।

    9त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए ।

    10तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् ।

  • 12त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।

  • एस्थ 8:1-2
    2 पदहरू
    74%

    1¶ त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।

    2राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।

  • 5उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्‍छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्‍ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।

  • एस्थ 8:7-9
    3 पदहरू
    74%

    7राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।

    8राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ । किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन ।”

    9तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो । भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्‍थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।

  • 1¶ बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्‍टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए ।

  • 17मोर्दकै गए, र तिनले एस्तरले भनेझैँ सबै गरे ।

  • एस्थ 8:12-13
    2 पदहरू
    73%

    12बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्तमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो ।

    13यो आदेशको एकप्रति नक्‍कल कानुनको रूपमा जारी भयो र सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो । त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो ।

  • 15तब एस्तरले मोर्दकैलाई यो सन्देश पठाइन्,

  • 14हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो ।

  • एस्थ 9:13-14
    2 पदहरू
    73%

    13एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।”

    14त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।

  • एस्थ 2:18-19
    2 पदहरू
    72%

    18राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।

    19अब दोस्रो पटक कन्याहरू भेला भइरहेका समयमा मोर्दकै राजाको मूलद्वारमा बसिरहेका थिए ।

  • 7राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे ।

  • 8जब राजाको आदेश र उर्दीको घोषणा गरियो, तब धेरै जना युवतीहरू शूशनको किल्लामा ल्याइए । तिनीहरूलाई हेगेको हेरचाहमा राखियो । एस्तर पनि राजदरबारमा लगिइन् र स्‍त्रीहरूको निरिक्षक हेगेको हेरचाहमा राखिइन् ।

  • 16अहासूरसको सातौँ वर्षको दसौँ महिना अर्थात् तेबेत महिनामा एस्तरलाई राजाको राजकीय बासस्थानमा लगियो ।

  • 9यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए ।

  • 17यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो । चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।

  • 2प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।

  • 2ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे ।

  • 19राजालाई यस कुराले खुसी लाग्‍छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस् । राजाले उनीभन्दा अझै असल स्‍त्रीलाई उनको स्‍थानमा रानीको दर्जा दिइयोस् ।

  • एस्थ 5:4-5
    2 पदहरू
    71%

    4एस्तरले भनिन्, “राजालाई खुसी लागेमा मैले हजुरको निम्ति तयार पारेको भोजमा हजुर र हामानको सवारी होस् ।”

    5तब राजाले भने, “एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।” त्यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए ।

  • 21यस सल्लाहबाट राजा र तिनका कुलिनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे ।