निर्गमन 1:17
तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।” तर सुँडिनीहरू परेमश्वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।
तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।” तर सुँडिनीहरू परेमश्वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
18मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, “तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?”
19ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्नुभन्दा पहिले नै तिनीहरूले बच्चा जन्माइसकेका हुन्छन् ।
20परमेश्वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो । इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए ।
21सुँडिनीहरू परमेश्वरदेखि डराएकाले उहाँले तिनीहरूलाई परिवार दिनुभयो ।
22फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्नू, तर छोरीलाई भने जीवितै राख्नू ।”
15तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने,
16“हिब्रू स्त्रीहरूले बच्चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर । छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार ।
23मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् ।
18त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।
19ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।
27तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू । त्यो नै बालककी आमा हो ।”
17अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।
18तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।
20परमप्रभुको सन्देशमा विश्वास गर्ने फारोका अधिकारीहरूले दासदासीहरू र गाईवस्तुहरूलाई घरहरूमा हुल्न हतार गरे ।
15हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।'
15मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको?
21तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”
2ती स्त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन् । तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन् ।
6उनले त्यसलाई खोलेर हेर्दा बच्चा देखिन् । बच्चा रुँदै थियो । उनमा बच्चाप्रति दया जाग्यो र उनले भनिन्, “यो पक्कै पनि हिब्रूहरूको बच्चा हुनुपर्छ ।”
7तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “बच्चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्त्रीलाई फेला पारेर ल्याऊँ?”
8फारोकी छोरीले उनलाई भनिन्, “जाऊ ।” त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन् ।
9फारोकी छोरीले बच्चाकी आमालाई भनिन्, “यो बच्चालाई लिएर जाऊ र मेरो खातिर दूध खुवाऊ र म तिम्रो ज्याला दिनेछु ।” त्यसैले आमाले बच्चालाई लिएर दूध खुवाउने गरिन् ।
4मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।
5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”
18तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्वरदेखि डराउँछु ।
30यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।
31परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।
21जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।
15फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे । तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ तिनी कुवानेर बसे ।
12तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।
13मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए ।
29मध्यरातमा परमप्रभुले मिश्र देशमा सिंहासनमा बस्ने फारोको जेठो छोरोदेखि लिएर झ्यालखानामा बस्ने व्यक्तिको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो ।
8त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले ।
15त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ?
10आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ । युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन् ।”
17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”
23धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्वरकहाँ पुग्यो ।