निर्गमन 10:11
तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।
तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्' ।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।
7फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्ट भएको के हजुरले देख्नुभएको छैन र?”
8मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?”
9मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।”
10फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्टता छ ।
31रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ । तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ ।
32तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू लिएर जाओ र मलाई पनि आशिष् देओ ।”
33तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने, “हामी सबै मर्नेछौँ ।”
24फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।”
3त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
4तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु ।
1¶ तब परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर भन्, 'हिब्रूहरूका परमप्रभु यसो भन्नुहुन्छः मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे ।
2तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् र तिनीहरूलाई अझै पनि रोकिस् भने
13त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
1¶ तब परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे ।
5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”
8फारोका सबै अधिकारी मकहाँ आई मेरो सामु निहुरिनेछन् । तिनीहरूले भन्नेछन्, 'तपाईंको पछि लाग्ने सबै मानिस जाऊन् ।' त्यसपछि म जानेछु ।” तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए ।
9परमप्रभुले मोशालाई भन्नुभयो, “फारोले तेरो कुरा सुन्नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।”
10मोशा र हारूनले फारोको सामु यी सबै अचम्मका काम गरे । तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले आफ्नो देशबाट इस्राएलका मानिसहरूलाई जान दिएनन् ।
20परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।
1¶ तब परमप्रभुले मोशालाई भन्नुभयो, “फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्त्यमा त्यसले तिमीहरूलाई जान दिँदा त्यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ ।
27तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।
10तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
11“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”
1¶ तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”
23र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।”
16त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'
10अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।”
12के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”
1¶ यी कुराहरूपछि मोशा र हारून फारोकहाँ गएर भने, “इस्राएलका परमप्रभु यसो भन्नुहुन्छ, 'उजाड-स्थानमा चाड मनाउनलाई मेरा मानिसहरूलाई जान दे' ।”
28फारोले भने, “परमप्रभु तिमीहरूका परमेश्वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु । तिमीहरू धेरै टाढा भने जानुहुँदैन । मेरो लागि प्रार्थना चढाऊ ।”
29मोशाले भने, “म यहाँबाट जानेबित्तिकै हजुर फारो र हजुरका अधिकारीहरूसाथै मानिसहरूबाट झिँगाका हुलहरू भोलि नै हटून् भनी बिन्ती गर्नेछु । तर परमप्रभुलाई बलिदान चढाउन जान नदिई हाम्रा मानिसहरूलाई तपाईंले छल गर्नुहुँदैन ।
12तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।”
25फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्वरलाई बलिदान चढाउन जाओ ।”
17मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।
6जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्यसरी तपाईंहरूले किन आफ्नो हृदय कठोर पार्नुहुन्छ? त्यस बेला परमेश्वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र?
18तिनीहरूले तेरो कुरा सुन्नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्वरलाई हामीले बलिदान चढाउन सकौँ ।'
19तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ ।
18त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
3तिनीहरूले भने, “हिब्रूहरूका परमेश्वरले हामीलाई भेट्नुभएको छ । तिन दिनको यात्रा गरी उजाड-स्थानमा गई परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलिदान चढाउन दिनुहोस् ताकि उहाँले हामीलाई विपत्ति वा तरवारले नाश नगर्नुभएको होस् ।”
4तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।”
13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
25तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”
17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”
20तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।
10त्यसैले मानिसका नाइकेहरू र मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने, “फारो यसो भन्नुहुन्छ, 'अबदेखि उसो म तिमीहरूलाई पराल दिन्नँ ।
20परमप्रभुको सन्देशमा विश्वास गर्ने फारोका अधिकारीहरूले दासदासीहरू र गाईवस्तुहरूलाई घरहरूमा हुल्न हतार गरे ।
21तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू र गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए ।
28परमप्रभुलाई बिन्ती चढाऊ किनकि शक्तिशाली गर्जन र असिना अति भएका छन् । म तिमीहरूलाई जान दिनेछु र अब उसो तिमीहरू यहाँ बस्नुपर्नेछैन ।”