निर्गमन 14:27

अनलक शाब्दिक बाइबल

त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 4:18 : 18 जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो ।
  • भजन 78:53 : 53 सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।
  • इब्रा 11:29 : 29 विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।
  • न्या 5:20-21 : 20 आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे । 21 कीशोन खोलाले तिनीहरूलाई बगायो, त्यो पुरानो खोला, कीशोन खोला । ए मेरो प्राण, निरन्‍तर हिंड, शाहसी हो!
  • निर्ग 14:21-22 : 21 मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो । 22 इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो ।
  • निर्ग 15:1-9 : 1 ¶ तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ । 2 परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्‍वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु । 3 परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो । 4 उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे । 5 गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे । 6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ । 7 महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो । 8 तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो । 9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।' 10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे । 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र? 12 तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो । 13 तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ । 14 जाति-जातिहरूले सुन्‍नेछन्, र तिनीहरू थरथर काँप्‍नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ । 15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् । 16 आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् । 17 तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् । 18 परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।” 19 किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । 20 हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्‍त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे । 21 मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।”
  • व्यव 11:4 : 4 उहाँले मिश्रका सेना, तिनीहरूका घोडाहरू वा तिनीहरूका रथहरू र तिनीहरूले तिमीहरूलाई खेद्दा कसरी नर्कटको समुद्रको पानीले तिनीहरूलाई डुबायो र आजको दिनसम्म कसरी परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभयो

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 14:21-26
    6 पदहरू
    91%

    21मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।

    22इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो ।

    23मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।

    24तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो ।

    25तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”

    26परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”

  • निर्ग 14:28-31
    4 पदहरू
    84%

    28पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।

    29तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो ।

    30यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।

    31परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।

  • निर्ग 14:16-17
    2 पदहरू
    83%

    16तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।

    17मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।

  • 19किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।

  • 13मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ ।

  • 1¶ तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।

  • निर्ग 15:4-5
    2 पदहरू
    79%

    4उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।

    5गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे ।

  • 11त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।

  • व्यव 11:3-4
    2 पदहरू
    78%

    3चिन्हहरू र कार्यहरू देखेका छैनन् जुन उहाँले मिश्रमा त्यहाँका राजा फारो र तिनका सबै देशमा गर्नुभयो ।

    4उहाँले मिश्रका सेना, तिनीहरूका घोडाहरू वा तिनीहरूका रथहरू र तिनीहरूले तिमीहरूलाई खेद्दा कसरी नर्कटको समुद्रको पानीले तिनीहरूलाई डुबायो र आजको दिनसम्म कसरी परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभयो

  • निर्ग 14:8-10
    3 पदहरू
    78%

    8परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।

    9तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।

    10जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।

  • निर्ग 15:7-8
    2 पदहरू
    77%

    7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।

    8तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।

  • 13मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।

  • 29विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।

  • 9उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो ।

  • 10तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे ।

  • 15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

  • 53सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।

  • 15तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्‍ट पार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 12तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।

  • यहो 24:6-7
    2 पदहरू
    76%

    6मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ र तिमीहरू समुद्रमा आयौ । मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू र घोडाहरूसहित तिमीहरूको पिछा गरे ।

    7जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे, उहाँले तिमीहरू र मिश्रीहरूबिच अन्धकार राख्‍नुभयो । उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो र तिनीहरूलाई ढाक्‍नुभयो । मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ । त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ ।

  • 3समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो ।

  • 13उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।

  • 5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • 21मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।”

  • 13मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।

  • निर्ग 14:1-2
    2 पदहरू
    74%

    1¶ तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

    2“इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ ।

  • 19परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।

  • 20परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।

  • 6उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं ।

  • 33जब मोशाले फारो र सहरलाई छाडे तिनले आफ्ना हात परमप्रभुतिर फैलाए । गर्जन र असिना रोकिए अनि पानी पर्न छाड्यो ।