निर्गमन 16:1

अनलक शाब्दिक बाइबल

¶ मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 33:10-12 : 10 तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले । 11 तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले । 12 तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।
  • यहे 30:15-16 : 15 किनकि मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु । 16 तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।
  • निर्ग 15:27 : 27 तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्‍हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।
  • निर्ग 17:1 : 1 ¶ परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 19:1-2
    2 पदहरू
    83%

    1¶ इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे ।

    2तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले ।

  • गिन 33:8-12
    5 पदहरू
    80%

    8त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।

    9तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।

    10तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।

    11तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।

    12तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।

  • 2उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

  • गिन 33:15-17
    3 पदहरू
    79%

    15तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।

    16तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।

    17तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।

  • 1¶ परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।

  • 1¶ सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो । यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो । परमप्रभुले भन्‍नुभयो,

  • व्यव 1:1-3
    3 पदहरू
    78%

    1¶ यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान, तोफेल, लाबान, हसेरोत र दीसाहाबका बिचमा यर्दनपारिको उजाड-स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन् ।

    2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ ।

    3चालिसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा मोशाले इस्राएलका सबै मानिसलाई परमप्रभुले तिनीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले तिनीहरूलाई बताइदिए ।

  • 20इस्राएलीहरू सुक्‍कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे ।

  • गिन 33:1-3
    3 पदहरू
    77%

    1¶ मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।

    2परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।

    3तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।

  • 1¶ तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।

  • 1¶ तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ ।

  • 22तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्

  • गिन 10:11-13
    3 पदहरू
    74%

    11दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो ।

    12त्यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे ।

    13बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे ।

  • 40तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।'

  • 18त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।

  • 19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।

  • 22मानिसहरू कादेशबाट हिँडे । इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए ।

  • 5तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे ।

  • 37इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे । स्‍त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो ।

  • 4तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए ।

  • 19त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।

  • 36तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।

  • 11तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?

  • 6तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।

  • 26परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • निर्ग 14:1-2
    2 पदहरू
    71%

    1¶ तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

    2“इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ ।

  • 6तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, “मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।

  • 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • 40तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”

  • 2इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!

  • 1¶ परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो । उहाँले भन्‍नुभयो,