निर्गमन 18:25

अनलक शाब्दिक बाइबल

मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने र तिनीहरूलाई हजार, सय, पचास र दसको समूहमा नाइकेहरू बनाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 1:15 : 15 त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून् ।
  • निर्ग 18:21 : 21 त्यस बाहेक, मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने, अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् । तिमीले तिनीहरूलाई हजार, सय, पचास र दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू ।
  • प्रेरि 6:5 : 5 तिनीहरूको भनाइ पुरै समुदायलाई मन पर्‍यो । त्यसैले, तिनीहरूले विश्‍वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्‍ने निकोलाउसलाई छाने ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 18:20-24
    5 पदहरू
    84%

    20तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।

    21त्यस बाहेक, मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने, अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् । तिमीले तिनीहरूलाई हजार, सय, पचास र दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू ।

    22तिनीहरूले हर समय मानिसहरूका मुद्दाहरूका न्याय गर्नेछन्, तर कठिन मुद्दाहरूचाहिँ तिनीहरूले तिमीकहाँ ल्याउनेछन् । स-साना मुद्दाहरू तिनीहरू आफैले न्याय गर्न सक्छन् । यसरी तिमीलाई सजिलो हुनेछ र तिनीहरूले तिम्रो बोझ बोक्‍नेछन् ।

    23तिमीले यसो गर्‍यौ र परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ र पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् ।”

    24त्यसैले मोशाले आफ्ना ससुराका कुरा माने र तिनले भनेअनुसार गरे ।

  • व्यव 1:13-15
    3 पदहरू
    82%

    13हरेक कुलबाट बुद्धिमान् मानिसहरू, समझशक्ति भएकाहरू र असल नाम चलेकाहरूलाई छान र म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्ने छु ।'

    14तिमीहरूले जवाफ दिई मलाई भन्यौ, 'तपाईंले भन्‍नुभएको कुरो हाम्रो निम्ति असल छ ।'

    15त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून् ।

  • 26सामान्य परिस्थितिहरूलाई तिनीहरूले न्याय गर्थे । कठिन मुद्दाहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर स-साना मुद्दाहरूलाई भने तिनीहरू आफैले न्याय गर्थे ।

  • गिन 31:47-48
    2 पदहरू
    74%

    47इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।

    48फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए ।

  • गिन 1:16-17
    2 पदहरू
    73%

    16मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।

    17नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र

  • 1¶ मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ ।

  • 16परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।

  • गिन 13:1-3
    3 पदहरू
    72%

    1¶ त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।”

    3मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए ।

  • 24मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।

  • 28त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।

  • 7मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।

  • 12उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू र पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्‍न, कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।

  • 14र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।

  • निर्ग 18:13-16
    4 पदहरू
    71%

    13अर्को दिन मोशा मानिसहरूको इन्साफ गर्न बसे । मानिसहरू बिहानदेखि बेलुकासम्म तिनको वरिपरि खडा भए ।

    14मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने, “तिमीले मानिसहरूसित गरिरहेको यो के हो? किन तिमी एक्लै बस्छौ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन्?”

    15मोशाले आफ्ना ससुरालाई भने, “परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् ।

    16तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् । म एक-अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम र विधिहरू सिकाइदिन्छु ।”

  • 14तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए ।

  • 1¶ दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे ।

  • 29तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए ।

  • 19त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।

  • 5त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो ।

  • 5त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।”

  • 2तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।

  • 30मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।

  • 18परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।

  • गिन 27:15-17
    3 पदहरू
    69%

    15त्यसपछि मोशाले परमप्रभुलाई भने,

    16“हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्,

    17एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”

  • 5तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो ।

  • 9अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।

  • 42परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे ।

  • 40परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।

  • 22त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।

  • 34मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।

  • 3त्यसैले मोशाले मानिसहरूलाई भने, “तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार ।

  • 10सोलोमनका निरीक्षकहरूका मुख्‍य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।