निर्गमन 19:6

अनलक शाब्दिक बाइबल

तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ पत्रु 2:9 : 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।
  • यशा 62:12 : 12 तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
  • व्यव 26:19 : 19 अनि उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्‍चमा राख्‍नु हुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउने छौ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुने छौ ।”
  • व्यव 7:6 : 6 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ ।
  • १ पत्रु 2:5 : 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
  • प्रका 1:6 : 6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन ।
  • प्रका 5:10 : 10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
  • प्रका 20:6 : 6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन । तिनीहरूले परमेश्‍वर र ख्रीष्‍टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।
  • व्यव 28:9 : 9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।
  • लैव्य 20:26 : 26 तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।
  • लैव्य 21:7-8 : 7 तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् । 8 तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु ।
  • लैव्य 21:23 : 23 तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”
  • लैव्य 11:44-45 : 44 किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ । 45 किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।
  • लैव्य 19:2 : 2 “ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
  • लैव्य 20:24 : 24 मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।
  • व्यव 33:2-4 : 2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो । 3 वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे । 4 मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो ।
  • यशा 61:6 : 6 तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ । तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरू भन्‍नेछन् । तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ ।
  • रोमी 12:1 : 1 ¶ यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
  • १ कोरि 3:17 : 17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
  • १ थेस 5:27 : 27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
  • १ पत्रु 1:15-16 : 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ । 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
  • व्यव 14:21 : 21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् ।

  • लैव्य 19:1-2
    2 पदहरू
    81%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।

  • व्यव 26:18-19
    2 पदहरू
    80%

    18आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्‍ने छौ ।

    19अनि उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्‍चमा राख्‍नु हुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउने छौ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुने छौ ।”

  • 26तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।

  • 2किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ ।

  • 6किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ ।

  • 9तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।

  • 9मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ ।

  • 7मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।

  • 3मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः

  • 45किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।

  • निर्ग 6:7-8
    2 पदहरू
    75%

    7म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

    8मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”

  • गिन 15:17-18
    2 पदहरू
    74%

    17फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,

    18“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ,

  • 9परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।

  • 22तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।

  • 7त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । [१]

  • लैव्य 18:1-2
    2 पदहरू
    74%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 20तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 4मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनें, 'मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु ।'

  • 31तैँले इस्राएलीहरूलाई भन्‍नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।

  • गिन 6:22-23
    2 पदहरू
    74%

    22फेरि परमप्रभुले मोशालाई बोल्नुभयो,

    23“हारून र त्यसका छोराहरूलाई भन् । 'तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ । तिमीहरूले तिनीहरूलाई यसो भन्‍नुपर्छ,

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 12तब परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 27परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।”

  • 12म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।

  • 13परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • 14१तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।

  • 10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 17परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 6अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”

  • 1¶ मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।

  • 33र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।

  • 29उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।”

  • 2मोशाले सारा इस्राएलीलाई डाकेर भने, “मिश्र देशमा फारो, तिनका सबै अधिकारी र तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ ।

  • 6'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 1¶ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 10उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ!

  • 22परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।

  • 11ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”

  • 1¶ ए पुजारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरजस्तै बनाएको छु । तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,