निर्गमन 22:18

अनलक शाब्दिक बाइबल

तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्‍नू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 28:3 : 3 यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
  • लैव्य 20:27 : 27 मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।
  • व्यव 18:10-11 : 10 तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने, 11 मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् ।
  • लैव्य 19:31 : 31 मरेकाहरू वा आत्माहरूसँग बोल्‍नेहरूलाई नपछ्‍याओ । तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
  • लैव्य 20:6 : 6 मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु ।
  • लैव्य 19:26 : 26 कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू । भविष्‍यबारे जान्‍न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्‍तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू ।
  • १ शमू 28:9 : 9 स्‍त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”
  • यशा 19:3 : 3 मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।
  • प्रेरि 8:9-9 : 9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्‍ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो । 10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” 11 तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।
  • प्रेरि 16:16-19 : 16 हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्‍त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी । 17 त्यो स्‍त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।” 18 त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो । 19 जब त्यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
  • प्रेरि 19:19 : 19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्‍ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्‍का बराबर भयो ।
  • गलाती 5:20 : 20 मूर्तिपूजा, तन्‍त्रमन्‍त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
  • प्रका 22:15 : 15 कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, अश्‍लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 18:9-12
    4 पदहरू
    79%

    9जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्‍नू ।

    10तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने,

    11मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् ।

    12किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्‍टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ।

  • 27मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।

  • निर्ग 22:19-20
    2 पदहरू
    76%

    19पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ ।

    20परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।

  • 12म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्‍ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् ।

  • 5यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्‍त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।

  • व्यव 13:8-11
    4 पदहरू
    71%

    8त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्‍नू, त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू, र त्यसलाई नजोगाउनू वा नलुकाउनू ।

    9बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।

    10तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।

    11सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।

  • लैव्य 18:20-22
    3 पदहरू
    71%

    20आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।

    21आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।

    22स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू । यो दुष्‍टता हो ।

  • लैव्य 20:14-16
    3 पदहरू
    70%

    14कोही पुरुषले कुनै स्‍त्री र त्यसकी आमा दुवैलाई विवाह गर्‍यो भने, यो दुष्‍टता हो । त्यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्‍टता नहोस् ।

    15कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।

    16कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्‍त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्‍चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्‍यका हुन्छन् ।

  • 31मरेकाहरू वा आत्माहरूसँग बोल्‍नेहरूलाई नपछ्‍याओ । तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 6मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु ।

  • व्यव 17:1-2
    2 पदहरू
    70%

    1¶ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ ।

    2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा

  • 20मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्‍त्रीसँग सुत्‍नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्‍त थिई ।

  • 9स्‍त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”

  • 26तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू । त्यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।

  • 26कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू । भविष्‍यबारे जान्‍न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्‍तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू ।

  • 17केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।

  • गिन 31:17-18
    2 पदहरू
    69%

    17अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।

    18तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।

  • 22विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू ।

  • व्यव 22:21-22
    2 पदहरू
    68%

    21तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।

    22कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।

  • 24यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।

  • 10अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।

  • 31तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।

  • निर्ग 20:13-14
    2 पदहरू
    68%

    13कसैको हत्या नगर्नू ।

    14कसैसित व्यभिचार नगर्नू ।

  • 32तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।

  • 11ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू ।

  • 7ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ ।

  • 7झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।

  • 3तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।

  • 15त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ

  • 5पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउनुहुँदैन न त स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित हुने छ ।

  • 18तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ ।

  • 14किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन ।

  • 24मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।

  • 19तिनीहरूले तिमीहरूलाई भन्‍नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्त्र भन्छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्‍वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्‍ति मृतहरूसँग सल्लाह लिनुपर्छ र?

  • 24दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।