निर्गमन 23:26

अनलक शाब्दिक बाइबल

तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 7:14 : 14 अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन ।
  • अय्यू 5:26 : 26 तपाईं आफ्‍नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ ।
  • भजन 55:23 : 23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
  • भजन 90:10 : 10 हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्‍छन् र हामी उडिजान्छौं ।
  • भजन 107:38 : 38 उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न ।
  • भजन 144:13 : 13 हाम्रा अन्‍नभण्‍डारहरू हरेक किसिमको अन्‍नहरूले भरिपूर्ण होऊन् र हाम्रा भेडाहरूले मैदानहरूमा हजारौं र दसौं हजार उत्‍पादन गरून् ।
  • यशा 65:20 : 20 त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्‍तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्‍न नसक्‍ने कुनै पनि व्यक्‍ति श्रापित ठानिनेछ ।
  • मल 3:10-11 : 10 भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 11 “तिमीहरूका बालीहरू नष्‍ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्‍मै फसल नष्‍ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • व्यव 28:4 : 4 तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि
  • १ इति 23:1 : 1 ¶ जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।
  • उत्प 25:8 : 8 अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।
  • उत्प 35:29 : 29 इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।
  • अय्यू 21:10 : 10 तिनीहरूका बहर मिसिन्छन् । त्‍यसो गर्न चुक्‍दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।
  • अय्यू 42:17 : 17 तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 7:13-14
    2 पदहरू
    80%

    13उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्‍न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ ।

    14अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन ।

  • 21ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् ।

  • व्यव 28:11-12
    2 पदहरू
    75%

    11परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्‍नति गराउनुहुने छ ।

    12ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ ।

  • व्यव 28:4-5
    2 पदहरू
    74%

    4तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि

    5आशिष् पर्ने छ ।

  • 9परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ ।

  • 23तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्‍म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।

  • 25तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।

  • 41तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।

  • 27म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।

  • 29किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’

  • लैव्य 26:4-6
    3 पदहरू
    72%

    4म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् ।

    5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।

    6म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन ।

  • 28गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू ।

  • 9म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु ।

  • १ शमू 2:32-33
    2 पदहरू
    71%

    32मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।

    33आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् ।

  • 7माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ । यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस् ।

  • 5परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ ।

  • 11परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा

  • 6तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्‍नतिको खोजी नगर्नू ।

  • 24किनकि म तिमीहरूका सामु जाति-जातिहरूलाई धपाउनेछु र तिमीहरूका सिमाना बढाइदिनेछु । तिमीहरू वर्षमा तिन पटक परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन ।

  • 23तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्‍त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।

  • 24मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।

  • 18तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।

  • 25तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,

  • 8परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ ।

  • यिर्मि 16:2-3
    2 पदहरू
    70%

    2“यो ठाउँमा आफ्नो लागि पत्‍नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा ।

    3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 9र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् ।

  • 10तिनीहरूका बहर मिसिन्छन् । त्‍यसो गर्न चुक्‍दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।

  • 32तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।

  • 20तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् ।

  • व्यव 28:31-32
    2 पदहरू
    70%

    31तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।

    32तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।

  • 4तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्‍चय नै आशिष् दिनुहुने छ) ।

  • 25तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।

  • 22म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् । यसरी तिमीहरूका मार्गहरू विराना हुने छन् ।

  • 26तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।”

  • 19तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।

  • 30रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।

  • 57अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।

  • 40आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”

  • 33तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ ।

  • 4तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्‍तानहरूद्वारा आशिष्‌ पाउनेछन् ।

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।

  • 19भूमिले आफ्नो उब्जनी दिने छ, र तिमीहरूले प्रशस्‍त मात्रामा खाने छौ र त्यहाँ सुरक्षित भएर जिउने छौ ।