निर्गमन 24:6

अनलक शाब्दिक बाइबल

मोशाले आधा रगत लिएर त्यसलाई कचौरामा हाले । तिनले बाँकी आधा रगत भने वेदीमा छर्के ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 9:18 : 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
  • इब्रा 12:24 : 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
  • १ पत्रु 1:2 : 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
  • १ पत्रु 1:19 : 19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
  • निर्ग 12:7 : 7 जुन-जुन घरमा त्यो मासु खाइन्छ, त्यहाँ तिमीहरूले केही रगत लिई घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाऊन् ।
  • निर्ग 12:22 : 22 त्यसपछि हिसपको झुप्पा लिई भाँडोभित्र भएको रगतमा चोप । ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा त्यसलाई छ्याप्‍नू । बिहान नभएसम्म कोही पनि आफ्नो घरको ढोकाबाहिर नजानू ।
  • निर्ग 24:8 : 8 तब मोशाले रगत लिएर त्यसलाई मानिसहरूमाथि छर्के । तिनले भने, “यी सबै वचनसहित तिमीहरूलाई यो प्रतिज्ञा दिएर यो परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारको रगत हो ।”
  • निर्ग 29:16 : 16 भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।
  • निर्ग 29:20 : 20 अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।
  • लैव्य 1:5 : 5 त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।
  • लैव्य 1:11 : 11 त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
  • लैव्य 3:2 : 2 त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
  • लैव्य 3:8 : 8 त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
  • लैव्य 4:6 : 6 त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
  • कलस्सी 1:20 : 20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति उहाँ प्रसन्‍न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे स्‍वर्गका कुराहरू होऊन् वा पृथ्‍वीका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 24:7-9
    3 पदहरू
    84%

    7तिनले करारको पुस्तक लिएर मानिसहरूले सुन्‍ने गरी चर्को सोरमा पढे । तिनीहरूले भने, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी पालन गर्नेछौँ । हामी आज्ञाकारी बन्‍नेछौँ ।”

    8तब मोशाले रगत लिएर त्यसलाई मानिसहरूमाथि छर्के । तिनले भने, “यी सबै वचनसहित तिमीहरूलाई यो प्रतिज्ञा दिएर यो परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारको रगत हो ।”

    9तब मोशा, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु पर्वतमाथि उक्लेर गए ।

  • लैव्य 8:19-21
    3 पदहरू
    80%

    19उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के ।

    20उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए ।

    21उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।

  • लैव्य 8:15-16
    2 पदहरू
    78%

    15उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।

    16मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए ।

  • लैव्य 8:23-24
    2 पदहरू
    77%

    23हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए ।

    24उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के ।

  • इब्रा 9:18-21
    4 पदहरू
    75%

    18त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।

    19किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के ।

    20तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।”

    21यसरी नै, उनले पवित्रस्‍थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के ।

  • 9हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।

  • लैव्य 8:28-30
    3 पदहरू
    74%

    28त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो ।

    29मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो ।

    30मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।

  • निर्ग 24:4-5
    2 पदहरू
    74%

    4तब मोशाले परमप्रभुका सबै वचन लेखे । बिहान सबेरै उठेर मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व हुने गरी बाह्रवटा ढुङ्गाका वेदी बनाए ।

    5तिनले परमप्रभुका निम्ति केही इस्राएली जवानहरूलाई गोरुको होमबलि र मेलबलि चढाउन पठाए ।

  • लैव्य 4:17-18
    2 पदहरू
    73%

    17र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।

    18परमप्रभुको सामु रहेको भेट हुने पालको वेदीमा त्यसले केही रगत खन्याओस्, र सबै रगत त्यसले भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमुनि होमबलिको निम्ति खन्याओस् ।

  • 12बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।

  • 12हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।

  • 16भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।

  • लैव्य 8:10-11
    2 पदहरू
    72%

    10मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे ।

    11उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।

  • लैव्य 4:6-7
    2 पदहरू
    72%

    6त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।

    7त्यसपछि पुजारीले परमप्रभुको अगि सुगन्धित धूपको वेदीमा भएका सिङहरूमा केही रगत लगाओस्, र त्यसले साँढेको बाँकी रगत भेट हुने पालको प्रवेशद्वारमा भएको वेदीको मुनि होमबलिको निम्ति खन्याओस् ।

  • 16तब परमेश्‍वरका मानिस मोशाको व्‍यवस्‍थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्‍नो स्‍थानमा दल-दल भएर खडा भए । पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।

  • 30पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।

  • 9त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो ।

  • 5त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।

  • निर्ग 29:20-21
    2 पदहरू
    71%

    20अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।

    21तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।

  • 19त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।

  • 22यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।

  • 22तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 18तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।

  • 19यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,

  • 11त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 47इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।

  • 42युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा

  • 31मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।

  • 11तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 28परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,

  • 4पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।

  • 8त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 17तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 14अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्‍चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्‍चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।