निर्गमन 25:29

अनलक शाब्दिक बाइबल

तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 4:7 : 7 तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ ।
  • निर्ग 37:16 : 16 तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबुलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए ।
  • लैव्य 24:5-9 : 5 तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू । हरेक रोटीमा एक पाथी पिठो होस् । 6 त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्‍नू । 7 रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्‍नू । यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ । 8 हरेक शबाथ दिनमा अनन्तको करारको चिन्हस्वरूप इस्राएलका मानिसहरूको खातिर प्रधान पुजारीले परमप्रभुको अगि त्यो रोटी राखोस् । 9 यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”
  • गिन 7:13 : 13 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
  • गिन 7:19 : 19 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
  • गिन 7:31-33 : 31 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए । 32 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 33 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
  • १ राजा 7:50 : 50 सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए ।
  • २ इति 4:22 : 22 सलेदाका चिम्‍टाहरू, बाटाहरू, चम्‍चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मन्‍दिरको मुख्‍य ढोकाहरू सुनले बनाइएका थिए ।
  • एज्रा 1:9-9 : 9 ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा, 10 सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा । 11 सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।
  • श्रेष्ठ 5:1 : 1 ¶ प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु । आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु । मैले आफ्नो महसँगै महको चाका खाएको छु । मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु । मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ । पिओ र प्रेमले मात । प्रेमिका आफैसित बोल्दैः
  • यिर्मि 52:18-19 : 18 भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि, कल्दीहरूले तीसबै लगे । 19 राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।
  • प्रका 3:20 : 20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 37:15-17
    3 पदहरू
    91%

    15तिनले टेबुल बोक्‍नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे ।

    16तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबुलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए ।

    17तिनले यी सबै निखुर सुनले बनाए । तिनले पिटेको निखुर सुनबाट सामदान बनाए । तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए । यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए ।

  • निर्ग 25:37-40
    4 पदहरू
    85%

    37तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू ।

    38चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।

    39सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।

    40तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।

  • 28टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र

  • निर्ग 25:24-26
    3 पदहरू
    82%

    24तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।

    25त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।

    26टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।

  • १ इति 28:14-17
    4 पदहरू
    82%

    14हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए,

    15सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्‍ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए ।

    16उपस्‍थितिको रोटीको हरेक टेबलको निम्‍ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए ।

    17तिनले मासुका काँटाहरू, छर्कने बाटाहरू र कचौराहरूका निम्‍ति निखुर सुनको तौल दिए । तिनले हरेक सुन र चाँदीको भाँडाको निम्‍ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए ।

  • निर्ग 37:23-24
    2 पदहरू
    81%

    23बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए ।

    24तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए ।

  • निर्ग 25:30-31
    2 पदहरू
    80%

    30तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू ।

    31पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।

  • 7तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ ।

  • १ राजा 7:48-50
    3 पदहरू
    79%

    48सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल,

    49निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू ।

    50सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए ।

  • २ इति 4:19-22
    4 पदहरू
    78%

    19सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्‍थितिको रोटी राखिने टेबलहरू बनाए ।

    20सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्‍थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।

    21र फूलहरू, बत्तीहरू र असल सुनका चिम्‍टाहरू पनि निखुर सुनले बनाइएका थिए ।

    22सलेदाका चिम्‍टाहरू, बाटाहरू, चम्‍चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मन्‍दिरको मुख्‍य ढोकाहरू सुनले बनाइएका थिए ।

  • निर्ग 25:11-13
    3 पदहरू
    78%

    11यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।

    12एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।

    13तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।

  • 3वेदीको लागि तैँले यी सामग्रीहरू बनाउनूः खरानी उठाउने भाँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू । यी सबै भाँडाकुँडा काँसाको बनाउनू ।

  • 11तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए ।

  • निर्ग 30:3-5
    3 पदहरू
    77%

    3धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।

    4यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।

    5डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।

  • 19राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।

  • निर्ग 39:36-37
    2 पदहरू
    76%

    36तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,

    37निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,

  • 26तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरूलाई निखुर सुनले मोहोरे । तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए ।

  • 29तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।

  • २ राजा 25:14-15
    2 पदहरू
    75%

    14भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे ।

    15राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए ।

  • 9तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ ।

  • 27आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।

  • 86धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु, बाह्रवटा भेडा, बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो ।

  • 27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,

  • 3तिनले वेदीका लागि चाहिने सबै सामग्री अर्थात् खरानी उठाउने भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु तान्‍ने काँटाहरू आगो राख्‍ने पात्रहरू बनाए । तिनले यी सबै सामग्री काँसाबाट बनाए ।

  • 13तैँले सुनका मणिघरहरू

  • 8टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,

  • 8तिनले दश वटा टेबल बनाएर मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।