निर्गमन 27:11

अनलक शाब्दिक बाइबल

त्यसै गरी, उत्तरपट्टि एक सय हात लामो पर्दाहरू होऊन्, अनि तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि बिसवटा काँसाका होऊन् अनि अङ्कुसेहरू चाँदीका फित्ताहरू पनि गाँसिऊन् ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 38:9-19
    11 पदहरू
    93%

    9तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।

    10तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि काँसाका बिसवटै थिए । खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए ।

    11त्यसै गरी, उत्तरपट्टि सय हात लामा पर्दाहरू थिए । तिनका खम्बाहरू बिसवटा र तिनका आधारहरू पनि बिसवटै थिए र ती काँसाका थिए । तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए ।

    12पश्‍चिमपट्टिका पर्दाहरू पचास हात लामा थिए । तिनका दसवटा खम्बा र आधार थिए ।

    13तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए । चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो ।

    14प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए । तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।

    15चोकको प्रवेशद्वारको अर्कोपट्टि पनि पन्ध्र हात लामा पर्दाहरू थिए र तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।

    16चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।

    17खम्बाहरूका आधारहरू काँसाका थिए । अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए अनि तिनका टुप्पाहरूचाहिँ चाँदीका थिए । चोकका सबै फित्ता चाँदीले मोहोरिएका थिए ।

    18चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।

    19यसका चारवटा काँसाका आधार र चाँदीका अङ्कुसेहरू थिए । तिनका टुप्पाका ढकनी र फित्ताहरू चाँदीका थिए ।

  • निर्ग 27:12-18
    7 पदहरू
    90%

    12चोकको पश्‍चिमपट्टि पचास हात लामो पर्दा राख्‍नू । दसवटा खम्बा र दसवटा आधार राख्‍नू ।

    13चोकको पूर्वपट्टि पचास हात होस् ।

    14प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।

    15अर्कोपट्टि पनि पन्ध्र हातका पर्दाहरू होऊन् । तिनका पनि तिनवटा खम्बा र तिनवटै आधार होऊन् ।

    16चोकको द्वारमा राखिने पर्दा बिस हातको होस् । यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस् । यसका चारवटा खम्बा र चारवटा आधार होऊन् ।

    17चोकका सबै खम्बाका लागि चाँदीका फित्ता, चाँदीकै अङ्कुसे र काँसाका आधारहरू होऊन् ।

    18चोकको लमाइ एक सय हात र चौडाइ पचास हातको होस् । यसका पर्दाहरूको उचाइ पाँच हातको होस् । ती पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका होऊन् र तिनका आधारहरूचाहिँ काँसाका होऊन् ।

  • निर्ग 27:9-10
    2 पदहरू
    87%

    9पवित्र वासस्थानको लागि चोक बनाउनू । चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्‍नू जसका लमाइ एक सय हात होऊन् ।

    10तिनका खम्बाहरू बिसवटा र आधार पनि बिसवटै काँसाका होऊन् । खम्बामा अङ्कुसेहरू र चाँदीका फित्ताहरू होऊन् ।

  • 37यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।

  • 17तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,

  • 20पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक

  • 8हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।

  • 32सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।

  • 15हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।

  • निर्ग 38:27-28
    2 पदहरू
    74%

    27हरेक आधारको निम्ति एक तोडा ढालेर पवित्र वासस्थानका आधारहरू र पर्दाका आधारहरूका लागि एक सय चाँदी तोडा ढालिएको थियो ।

    28बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।

  • 49दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।

  • 36तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।

  • 6त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो ।

  • 40तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए ।

  • 21स्तम्भहरू प्रत्‍येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो । प्रत्येकको मोटाइ चार अङ्गुल चौडा र खोक्रो थियो ।

  • 2हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।

  • 37चोकका वरिपरिका खामाहरू, आधारहरू, किलाहरू र सोरीहरूको देखरेख गर्नुपर्छ ।

  • 25पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक र तिनको लागि

  • 9हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।

  • 21त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्‍चीस हात थियो ।

  • 2यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो ।

  • यहे 42:7-8
    2 पदहरू
    72%

    7बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो ।

    8बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो ।

  • यहे 41:12-14
    3 पदहरू
    72%

    12पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो ।

    13अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो ।

    14पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो ।

  • 15सोलोमनले मन्‍दिरको अगाडिपट्टिका निम्‍ति दुई वटा स्‍तम्‍भ बनाए, जसमा प्रत्‍येकको उचाइ पैंतीस हात थियो । तिमाथि भएका स्‍तम्‍भ-शिरहरू पाँच हात अल्‍गा थिए ।

  • 13एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् ।

  • 15हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।

  • 19त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो ।

  • 17पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो ।

  • 38तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।