निर्गमन 27:7

अनलक शाब्दिक बाइबल

डन्डाहरूलाई मुन्द्रामा हाल्नू र त्यसलाई उठाउँदा ती डन्डा वेदीका दुवैतिर होऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 25:28 : 28 टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र
  • निर्ग 30:4 : 4 यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।
  • गिन 4:13-14 : 13 तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ । 14 तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 38:4-7
    4 पदहरू
    90%

    4तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बिचसम्मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा बनाए ।

    5तिनले काँसाको झिँजाको चारवटा कुनामा डन्डाहरूको घर हुनलाई चारवटा मुन्द्रा ढाले ।

    6बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।

    7यसलाई बोक्‍नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।

  • निर्ग 27:4-6
    3 पदहरू
    87%

    4वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि

    5चारै कुनामा काँसाका चारवटा मुन्द्रा लगाउनू । जाली वेदीको बिचसम्मै पुग्‍ने गरी यसलाई वेदीको मुनिपट्टिको बिटमुनि राख्‍नू ।

    6वेदीको लागि बबुल काठका डन्डाहरू बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।

  • निर्ग 25:12-15
    4 पदहरू
    83%

    12एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।

    13तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।

    14सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।

    15डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।

  • निर्ग 37:26-28
    3 पदहरू
    83%

    26तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरूलाई निखुर सुनले मोहोरे । तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए ।

    27बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।

    28तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।

  • निर्ग 37:3-5
    3 पदहरू
    82%

    3तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले ।

    4तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।

    5तिनले सन्दुकलाई बोक्‍न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले ।

  • निर्ग 30:4-5
    2 पदहरू
    82%

    4यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।

    5डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।

  • निर्ग 25:26-28
    3 पदहरू
    80%

    26टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।

    27टेबुललाई बोक्‍नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन् ।

    28टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र

  • निर्ग 37:13-15
    3 पदहरू
    77%

    13तिनले टेबुलको निम्ति ढालेर चारवटा मुन्द्रा बनाए, र ती मुन्द्राहरूलाई चारवटा खुट्टाका चारवटा कुनामा लगाए ।

    14टेबुललाई बोक्‍न ती मुन्द्राहरू डन्डाहरूका लागि ठाउँ हुनलाई घेरोको छेउमा थिए ।

    15तिनले टेबुल बोक्‍नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे ।

  • 8फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।

  • 14तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ ।

  • गिन 4:10-11
    2 पदहरू
    75%

    10तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ र तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ ।

    11तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्‍नुपर्छ ।

  • निर्ग 27:1-2
    2 पदहरू
    74%

    1¶ तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू । वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ ।

    2त्यसका चारवटै कुनामा गोरुको सिङजस्तो आकार बनाउनू । वेदी र त्यसका सिङहरू एउटै टुक्राबाट बनाउनू, र तिनलाई काँसाले मोहोर्नू ।

  • 16होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् ।

  • 7अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।

  • निर्ग 26:27-29
    3 पदहरू
    73%

    27पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू ।

    28फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् ।

    29तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।

  • निर्ग 38:1-2
    2 पदहरू
    72%

    1¶ बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।

    2तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।

  • निर्ग 30:1-2
    2 पदहरू
    72%

    1¶ तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।

    2यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।

  • 30तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,

  • 8तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्‍नुपर्छ । टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ ।

  • 8यी डन्डाहरू यति लामा-लामा थिए, कि तिनका टुप्पाहरू महा-पवित्रस्थानको सामु पवित्रस्थानबाट देख्न सकिन्थे, तर तिनलाई बाहिरबाट भने देख्न सकिँदैनथ्यो । ती आजको दिनसम्म त्यहीँ छन् ।

  • 37सात दिन लगाएर वेदीको लागि प्रायश्‍चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।

  • 39काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए ।

  • 6तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ । तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ ।

  • 32सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।

  • 27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,

  • 16अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।

  • 14भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ ।