निर्गमन 28:2

अनलक शाब्दिक बाइबल

तैँले तेरा दाजु हारूनको निम्ति मेरो लागि अलग गरिएका पोशाकहरू लगाउनू । यी पोशाकहरू तिनको गौरव र शोभाको निम्ति हुनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 8:30 : 30 मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।
  • निर्ग 31:10 : 10 यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।
  • निर्ग 39:1-2 : 1 ¶ तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए । 2 बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।
  • लैव्य 8:7-9 : 7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए । 8 उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए । 9 उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।
  • प्रका 19:8 : 8 तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
  • निर्ग 28:40 : 40 हारूनका छोराहरूका गौरव र शोभाका लागि लबेदा, पटुका र फेटाहरू बनाउनू ।
  • निर्ग 29:5-9 : 5 आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू । 6 त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू । 7 त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् । 8 त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू । 9 हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।
  • निर्ग 29:29-30 : 29 हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू । 30 हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।
  • निर्ग 40:13 : 13 मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।
  • निर्ग 19:5-6 : 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
  • गिन 20:26-28 : 26 हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।” 27 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए । 28 मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।
  • गिन 27:20-21 : 20 तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् । 21 त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”
  • अय्यू 40:10 : 10 अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार ।
  • भजन 90:16-17 : 16 तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्‍वर्य देखून् । 17 परमप्रभु परमेश्‍वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।
  • भजन 96:6 : 6 उहाँको उपस्थितिमा वैभव र ऐश्‍वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
  • भजन 132:9 : 9 तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।
  • भजन 132:16 : 16 त्यसका पुजारीहरूलाई म उद्धारको वस्‍त्र पहिराउनेछु । त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।
  • भजन 149:4 : 4 किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।
  • यशा 4:2 : 2 त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।
  • यशा 61:3 : 3 सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
  • यशा 61:10 : 10 परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्‍वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।
  • यशा 64:6 : 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
  • यिर्मि 9:23-24 : 23 परमप्रभु यसो भन्‍नुहुन्छ, “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा वा योद्धाले आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ । धनी मानिसले आफ्ना धनमा घमण्ड गर्न नदेओ । 24 किनकि कुनै मानिसले कुनै कुरामा घमण्ड गर्छ भने, त्यसले यस कुरामा गरोस् कि उसित अन्तर्दृष्‍टि छ र मलाई चिन्‍छ । किनकि म परमप्रभु हुँ जसले पृथ्वीमा करारको बफादारी, न्याय र धार्मिकतामा काम गर्छु । किनकि यिनै कुरामा म प्रसन्‍न हुन्छु, यो परमप्रभुको घोषणा हो ।”
  • जक 3:3-4 : 3 स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए । 4 अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”
  • यूह 1:14 : 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
  • रोमी 3:22 : 22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
  • रोमी 13:14 : 14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।
  • १ कोरि 1:30-31 : 30 परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो । 31 यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस् ।”
  • गलाती 3:27 : 27 तिमीहरूमध्ये सबै जतिको ख्रीष्‍ट येशूमा बप्‍तिस्मा भयो, तिमीहरू आफैँले ख्रीष्‍टलाई पहिरिएका छौ ।
  • इब्रा 2:9 : 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो ।
  • इब्रा 7:26 : 26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ ।
  • २ पत्रु 1:17 : 17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
  • १ यूह 3:2 : 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।
  • प्रका 5:10 : 10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 28:36-42
    7 पदहरू
    88%

    36तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपेजस्तै गरी “परमप्रभुको निम्ति पवित्र” भनी खोप्‍नू ।

    37यस पातालाई निलो फित्ताले फेटाको अगाडिपट्टि बाँध्‍नू ।

    38यसलाई हारूनको निधारमा राख्‍नू । इस्राएलीहरूले परमप्रभुको निम्ति अलग गर्ने पवित्र उपहारका भेटीहरूको दोष हारूनले सधैँ बोकोस् । परमप्रभुले तिनीहरूका उपहारहरू ग्रहण गरून् भन्‍नाका लागि फेटा सधैँ त्यसको निधारमा होस् ।

    39तैँले मसिनो सुती कपडाबाट लबेदा बनाउनू, र फेटा पनि सुती कपडाबाट नै बनाउनू । पटुकाचाहिँ बुट्टा हाल्नेद्वारा बनाइयोस् ।

    40हारूनका छोराहरूका गौरव र शोभाका लागि लबेदा, पटुका र फेटाहरू बनाउनू ।

    41तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।

    42तिनीहरूका नग्‍नता ढाक्‍नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् ।

  • निर्ग 28:3-6
    4 पदहरू
    86%

    3मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् ।

    4तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् ।

    5शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् ।

    6तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।

  • 10यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।

  • 1¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।

  • निर्ग 29:4-6
    3 पदहरू
    80%

    4तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूलाई उपस्थित गरा । हारून र त्यसका छोराहरूलाई पानीले नुहाइदिनू ।

    5आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।

    6त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।

  • निर्ग 40:13-14
    2 पदहरू
    80%

    13मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।

    14त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।

  • निर्ग 29:29-30
    2 पदहरू
    80%

    29हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू ।

    30हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।

  • 19तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।

  • निर्ग 39:27-28
    2 पदहरू
    79%

    27तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।

    28तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,

  • 41तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।

  • निर्ग 39:1-2
    2 पदहरू
    78%

    1¶ तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।

    2बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।

  • 21तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।

  • निर्ग 29:8-9
    2 पदहरू
    76%

    8त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू ।

    9हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।

  • लैव्य 16:3-4
    2 पदहरू
    76%

    3यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।

    4त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।

  • 31तैँले एपोदको अलखा पूर्ण रूपमा निलो कपडाको बनाउनू ।

  • 23त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।

  • 30हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।

  • 30मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।

  • 13मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।

  • लैव्य 8:6-7
    2 पदहरू
    74%

    6मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए ।

    7उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।

  • 15निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।

  • 32आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।

  • 2“हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।

  • गिन 18:1-2
    2 पदहरू
    72%

    1¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।

    2लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।

  • 31निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।

  • 35यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।

  • 14पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्‍त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्‍त्र लगाउनुपर्छ ।”

  • 28मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।

  • 26हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”

  • 2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।

  • 20तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।