निर्गमन 28:23

अनलक शाब्दिक बाइबल

छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाउनू र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाउनू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 25:11-15 : 11 यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू । 12 एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू । 13 तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू । 14 सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू । 15 डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 28:24-28
    5 पदहरू
    94%

    24सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाउनू ।

    25बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोड्नू । त्यसपछि ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाउनू ।

    26सुनका दुईवटा मुन्द्री बनाउनू, र भित्रपट्टिको बिटको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाउनू ।

    27तैँले थप दुईवटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदको अगाटिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाउनू ।

    28छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँध्‍नू ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् ।

  • निर्ग 39:15-21
    7 पदहरू
    90%

    15तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।

    16तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए ।

    17तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए ।

    18तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।

    19तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए ।

    20तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।

    21तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।

  • निर्ग 28:21-22
    2 पदहरू
    89%

    21ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन् । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस् ।

    22छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू ।

  • निर्ग 28:13-17
    5 पदहरू
    86%

    13तैँले सुनका मणिघरहरू

    14र डोरीजस्ता बाटेका निखुर सुनका दुईवटा सिक्री बनाउनू, र ती सिक्रीहरूलाई मणिघरहरूमा लगाउनू ।

    15निर्णय गर्नलाई एउटा छाती-पाता बनाउनू । एपोदको बनावटजस्तै यो पनि सिपालु शिल्पकारको काम होस् । सुन, निलो, बैजनी र रातो ऊन र सुतीको कपडाबाट यसलाई बनाउनू ।

    16यो वर्गाकार र दोब्बर पट्ट्याइएको हुनुपर्छ । यसको लमाइ र चौडाइ एक-एक बित्ताको होस् ।

    17तैँले यसमा बहुमूल्य पत्थरका चारवटा लहर गरी मणीहरू राख्‍नू । पहिलो लहरमा मानिक, पुष्पराज र बेरूज राख्‍नू ।

  • निर्ग 25:11-12
    2 पदहरू
    82%

    11यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।

    12एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।

  • 4यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।

  • 27बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।

  • 11छापमा खोप्‍ने शिल्पकारले झैँ तैँले यो दुईवटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू । ती पत्थर सुनका रत्‍न जडिने मणिघरमा जड्न लगाउनू ।

  • निर्ग 28:7-9
    3 पदहरू
    77%

    7यो गाँस्‍नलाई त्यसको दुवै छेउमा गाँसेका दुईवटा काँधे-बन्धन होऊन् ।

    8यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ ।

    9दुईवटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्‍नू ।

  • निर्ग 39:8-9
    2 पदहरू
    76%

    8तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।

    9यो वर्गाकार थियो । तिनीहरूले यसलाई दोब्बर पट्ट्याए । यो एक बित्ता लामो र एक बित्ता चौडा थियो ।

  • निर्ग 37:2-3
    2 पदहरू
    76%

    2तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।

    3तिनले दुईवटा मुन्द्रा एकातिर र दुईवटा मुन्द्रा अर्कोतिर गरी त्यसको चारवटा खुट्टामा चारवटा मुन्द्रा हाले ।

  • निर्ग 25:24-26
    3 पदहरू
    75%

    24तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।

    25त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।

    26टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।

  • 4तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।

  • 7आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू ।

  • 18तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू ।

  • 4वेदीको लागि काँसाको जालीको एउटा झिँजा बनाउनू । जालीमाथि

  • 29तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।

  • 9आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ।

  • 29ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए ।

  • 33तलको फेरोको चारैतिर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू ।

  • 12तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए ।

  • 21औंठीहरू, नत्थहरू,

  • निर्ग 26:23-24
    2 पदहरू
    72%

    23पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू ।

    24यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।

  • 5तिनले काँसाको झिँजाको चारवटा कुनामा डन्डाहरूको घर हुनलाई चारवटा मुन्द्रा ढाले ।

  • 8उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए ।

  • 27एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए ।

  • 5पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।